Tuesday, April 19, 2011

कहाँ राखेको होला मोबाइल


मान्छेले यो फोटो अश्लिल भनेर कुरा काट्ने हो कि। लन्डनका बाटामा देख्या कुरा हो के रे, काटे काटुन्। गाउँको हाम्रो दुकानाँ आउने महिलाले ब्लाउज भित्र पैसा राखेर ल्याएका हुन्थे। केटाकेटीमा पसलमा बस्दा लाग्थ्यो, कहाँ राखेर ल्याएको होला पैसा। नवलपरासीको गर्मीमा हाम्रो पसलाँ आउने महिलाले ब्लाउज भित्रबाट झिकेर दिएको पैसा पसिनाले भिजेर गन्हाएको पनि  हुन्थ्यो। तर दुकानदार परियो। पसिनाले भिजेर गन्हायोको पैसा भनेर नलिन कुरा भएन।


पछि हुर्कदै गएपछि थाहा भयो त्यहाँ राखेको पैसा पसिनाले भिजे पनि अन्त राखे भन्दा निकै सुरक्षित भने हुने रहेछ। पसलाँ कहिलेकाही केही महिलाले पटुकामा राखेको पैसा हरायो भन्दै निकैबेर टकटकाउँथे। तिन्ले किन ब्लाउज भित्र राखेनन् होला भन्ने लाग्थ्यो।

यहाँका कोही कोही महिलाले चाहिँ मोबाइल राख्दा रैछन्... मैले खिच्या फोटो चाहिँ होइन है।

1 comment:

  1. Please do not take picture without her permission. It is her right.

    ReplyDelete

Please leave your comment here