Monday, April 25, 2011

लन्डनका फोनका बुथ नगरवधुका प्रचार थलो

लन्डनको जताततै बाटामा इन्टरनेट लेखेर राखेको बुथ देखेपछि होटलको प्रतिदिनको १५ पाउन्ड जति तिर्न पर्ने इन्टरनेट के चलाउनु भनेर एउटा बुथमा छिर्या। के को इन्टरनेट हुनु। एउटा फोन मात्र तुर्लुङ्ग झुण्डाएको देखियो। अझ त्यो फोन माथि त फोन नम्बरसहित नगरवधुका अश्लिल तस्विर पो छन् त। इन्टरनेट भनेर बोर्ड राखेको टेलिफोन बुथ त नगरबधुको विज्ञापन गर्ने थलो पो भारछन् यहाँ। अब बेलायतका गोराले अँग्रेजी बुझेका छैनन् भनेर कसरी भन्नु। नभए किन फोन बुथलाई इन्टरनेट लेखेर राखेका... ठगे भनेर नि कसरी भन्नु.. कुरा बुझिएन भनेर आफ्नै वुद्धिलाई कमजोर भन्दियो हाइसन्चो।

हिल्टन होटलको कोठामा राखेको सूचना २४ घन्टाको इन्टरनेट चलाए १५ पाउन्ड रे। धत् कस्तरी ठग्न खोजेको हो। यति मंहगो इन्टरनेट चलाउन सकिन्न।



1 comment:

  1. Haha manche dherai padhyo bhane alikati fuskincha bhane jhai desh pani dherai bikasit bhayo bhane testai huncha. Internet sasto ta Internet cafe haruma huncha. Per hour £1 or so. Hilton hotel haru ta u know wat they call 'swaang bhandha bhwaang thulo', trying to b to much posh. Look at the heiress Paris Hilton huh.

    ReplyDelete

Please leave your comment here