Monday, April 25, 2011

किराको होटल


लन्डनको चर्चहरु घुम्दै गर्दा एउटा चर्च पछाडिको बगैंचामा देखेको दृश्य। किराको लागि भन्दै साना साना पाइप भित्र बाँस र झारपात राखिदिएको छ। सात वटा पाइपलाई तला बनाएर मिलाएर राखेको र त्यसको छेउमा लेखेको छ किराको होटल। गोराले अनेक जानेका..



यो सानो बँगैचामा पहिलेको चिहान रहेछ। करिब दुई सय वर्ष पहिले यहाँ चिहान पनि रहेछ। अहिले चियान माथि लेखेका स्मारकहरुलाई एउटा कुनामा थुपारिएको छ र बँगैचा बनाइएको छ। 

त्यसका साथै बँगैचाको एकातिरको एउटा भित्तामा बिभिन्न समयमा आफ्नो ज्यान फालेर अरुको ज्यान बचाएकाहरुको विषयमा लेखिएको छ।

No comments:

Post a Comment

Please leave your comment here