Tuesday, April 5, 2011

एमाले प्रधानमन्त्रीको फ्याक्ट्री ?

हैन के सोच्या हो एमालेले, झलनाथ पछि फेरि एमालेकै प्रधानमन्त्री हुने र त्यस्को नेतृत्व के पी ओलीले गर्ने भनेछन् त माधव नेपालले। अनि के पी ओलीले फेरि म तत्काल प्रधानमन्त्री हुन्न भनेछन्। कागतालीले एमालेका दुई प्रधानमन्त्री भए भन्दैमा एमालेले आफूलाई त प्रधानमन्त्रीको फ्याक्ट्री नै सोच्या छ कि के हो ? यस्तै चालले एमालेका अरु एक जना प्रधानमन्त्री थपिउन् अनि अर्को चुनावाँ कति सिट आउँछ, थाहा हुन्छ...

  • इकान्तिपुरमा आको एमालेको प्रधानमन्त्री फ्याक्टी सम्बन्धि समाचार :

    एमाले नेता केपी शर्मा ओलीले आफू प्रधानमन्त्रीको आकांक्षी भएको बताएका छन् । ओलीले भने, 'शान्ति र संविधानलाई निष्कर्षमा पुर्‍याउनेबेलामा अब को प्रधानमन्त्री बन्ने भन्ने चर्चा अल्झनु हुँदैन ।'


    मंगलबार बिहान रेडियो कान्तिपुरको नियमित कार्यक्रम 'द हेडलाइनस'मा कुरा गर्दै ओलीले पार्टी बरिष्ठ नेता माधवकुमार नेपालले अबको प्रधानमन्त्रीका रुपमा आफूलाई प्रस्ताव गरेकोमा असन्तुष्टिसमेत जनाए ।


    सोमबार जनकपुरमा एमालेसम्बद्ध लोकतान्त्रिक मधेसी संगठनको कार्यक्रममा एमाले बरिष्ठ नेता नेपालले अब मन्त्रिमण्डल फेरबदल हुँदा ओली प्रधानमन्त्री हुने बताएका थिए । 'एमालेभित्र प्रधानमन्त्री बन्न लायकका नेता धेरै छन्, एमालेको पालो सकिएपछिमात्र अरु दलको पालो आउँछ,' उनले भनेका थिए ।

    Dipak BasnetPankaj DeujaDeepak Sharma and 7 others like this.

    • Adhikari Hari फेरी एमाले रोलान है यसो भण्डा खेरि सर
      38 minutes ago · 

    • Jaw Knock Raazaa ओली को नाम मा एकताली हास्दियो ले जा । पर्दानमन्तरी हुन्न भनेछन ! दुई चार दिन अघी बाबुराम नि हुन्न भन्थे ! :))
      25 minutes ago · 

No comments:

Post a Comment

Please leave your comment here