Monday, April 4, 2011

छोराछोरी पढाएर काम रहेनछ

‎'छोराछोरी पढाएर काम रहनेछ। नपढाएका भए त यही हुन्थें नी, अरु बेलाँ नभए नि बा सिकिस्त भा बेलाँ हस्पिटलमा भेट्न आउँदा हुन्।' ८४ पूजा गरिसकेका ठूलाबालाई हस्पिटलको आइसियुमा एक्लै कुर्न बसेकी गाउँकी ठूली आमाले निकाल्नुभाको निश्कर्ष। ठूला बाका दुई छोरा अमेरिका र एक छोरी अष्ट्रेलियामा छन्...

मैले ठूली आमालाई छोराछोरीलाई नपढाएको भए नि त उनीहरु अरब मेलसिया वा भारततिर काम गर्न जाँदा हुन् भनेर सम्झाउन खोजें। ठूलीआमाले मरे मेरा कुराले चित्त बुझाउनुभएन। ठूली आमाले भन्नुभयो,  'अरब मलेसिया गएका मानिस २/३ वर्षमा एकपटक जसरी पनि फर्कन्छन्। अरब मलेसिया गएकाले उतै घरजम गरेर बस्दैनन्।' ठूली आमाले भन्नुभयो, 'अमेरिका, अष्ट्रेलिया पुगेकाहरु उतै घरजम गरेर बस्छन्। यताकालाई माया मार्छन्।'

अरब मलेसिया गएकाले घर पैसा पठाएको तर युरोप अमेरिका पुगेकाले यता पैसा पठाउनुको सट्टा मिल्यो भने यताको जग्गा पनि बेचेर उतै सरेको अनुभव मैले पनि गरेको छु। सायद ठूली आमालाई पनि त्यस्तै लागेको छ होला।  

No comments:

Post a Comment

Please leave your comment here