Friday, February 25, 2011

संविधान नलेखिन्जेल जागिर आउने भएसी कसैले संविधान लेख्ला त

'सभासदहरुको जस्तो हुनु नि जागिर नि। सर्वोच्च अदालतले नै फैसला गर्दिएछ त जहिलेसम्म संविधान लेखिदैंन तबसम्म तिमीहरुको जागिर पक्का भन्दै। आफ्नो त यो प्रोजेक्टको जागिर प्रोजेक्ट थपिने हो कि होइन भनेर वर्षेनी टेन्सन हुन्छ यार' बिहान चिया पसलाँ एउटा साथीले भन्या, अदालतको फैसला पढ्यारहेछ संविधान नलेखिन्जेल संविधानसभा भंग हुँदैन भन्ने।
अब संविधान नलेखिन्जेल जागिर रहिरहने भएपछि कसैले बेलाँ संविधान लेख्न बस्ला त। आफ्नै खुट्टामा बन्चरो हान्ने नेपाली नि कोही होला र ?
सम्मानित अदालतले अब सविधानसभाका केही सदस्यहरुको मृत्यु हुन गएमा संविधान लेख्ने काम नसकिएन्जेल त्यसमा तिनकै सन्तानले काम गर्न पाउने पनि फैसला गर्दिएको भए अझ राम्रो हुन्थ्यो भन्ने तपाइलाई लाइराछ रे हो



    • Subas Pokharel ‎"आफ्नो जागिर आँफै बचाउँ ~ आफ्नो म्याद आफैं थपौं"! मुलुक, जनता, आदि आदि सबैका बारेमा पछी बिचार गरौँला! यत्तिमा "सहमति र सहकार्य" ग्यारेन्टी छ!
      about an hour ago ·  ·  1 person

    • RaJsh Luitel के गर्नु आफ्नो त सरकारी जागिर खाने खप्परमै लेखिदिएको रैनछ,नत्र त पक्कै पनी गत सिजनमा प्रत्यक्षमा नभएपनी मनोनितमा त परिन्थ्यो होला !!
      40 minutes ago · 

    • Biplav Man Singh Sambidhan sava vanga nahunu ra sadasyaharu ko sadasyahata rahanu dui vinna kura hun. Myad thapera ni Sambidhan banauna nasakne Nalayek haruko thamma chunab gareara naya savasad lyaunu par6a vanne janata sirjana garnus Dipak ji.
      38 minutes ago · 

    • Jaw Knock Raazaa छोड्दिनुस् यार खाउन । हाम्रा भोट् हाल्ने जनाटकओ नि क्यै भर नाइ । भोली फेरी अर्काथरिलाई जिताइदेलान फेरी आपत । चिरन्जिबी माइला, खुम बादुर, बुद्दिमान तामाङ, डि बि लामा लाई भोट् हाल्दिन्छन जनता भन्ने जन्तुले सञ्चै अनी क्यार्नु ? नखाकाले खाउन । जो आए नि त्यो भन्दा अर्थोक धन्दा क्यै छैन । आखिर त्यो संबिधान बने नि हुने क्यै नाइ । बरु संबिधान बन्छ भनो आस गरो बस्यो । :))
      7 minutes ago ·  ·  1 person

No comments:

Post a Comment

Please leave your comment here