Friday, October 8, 2010

खसीलाई हैन खसीले खाने भो

दशै‌मा खसी आफूले खाने होइन खसीले पो आफूलाई खाला जस्तो भो त। रातरातभर कराउँछ सुत्न दिँदैन। दिनाँ तीनचोटी घाँस खुवाउन चराउन लान पर्ने, दुई मुठा घाँसको व्यवस्था। बेलाँ पानी खुवाउनुपर्ने। छत फोहर पारेर बिजोग छ। डर त छतट हामफालेर मर्छ कि भन्ने भो। दुई फिट अग्लो छतको पर्खाल माथि अगाडिका दुई खुट्टा उचालेर हैरान पारेपछि एकजना ...धराले बस्न पर्याछ। (हाँस्नुपर्ने कारण धेरै छन् हा हा हा....)

1 comment:

  1. सिंगै खसी नै खुइल्याउने आँट गरेछि, त्यति त सहनु परो नि !

    ReplyDelete

Please leave your comment here