Thursday, July 29, 2010

चोर पाल्न व्यस्त साथी

एक साथीको घराँ अस्ति चोर पसेछन। हल्ला भएसी भाग्न खोज्दा एक जनाको खुट्टा भाँचिएछ। त्यल्ले अरु तीन जना चोर पक्राउन सहयोग पनि गरेछ। तर प्रहरीले कागज गरेर कि उनीहरुलाई छोड्दिन नभए खुट्टा भाँचिएको चोरको उपचार गर्न र अरु चोरलाई खुवाउने व्यवस्था गर्न भनेपछि साथी हैरान छ। ती चोरका कोही आफन्त भेट्याइएन रे। तिनका उपचार र खानामा खर्च गर्न पुलिससँग पैसा छैन रे। विचरा साथी चोरको उपचार र खानामा व्यस्त छ। नेपाल न हो...  

No comments:

Post a Comment

Please leave your comment here