Wednesday, July 7, 2010

म अक्टोपस हो र को प्रधानमन्त्री हुन्छ भनेर पत्ता लाउनलाई

तिमी पत्रकार केही त थाहा होला नि भन्दै विदेशाँ बस्ने केटाहर्ले नयाँ प्रधानमन्त्री को हुन्छ भन्ने सोधेर हैरानै पारे यार,मानौं म अक्टोपस हुँ जल्ले फोटो हेरेर भावी प्रधानमन्त्री चिन्न सक्छु। प्रधानमन्त्री हुने र बनाउनेलाई त अहिलेसम्म थाहा छैन नेपलाको ३४ औं प्रम को बन्ने भन्ने। बरु बिदेश बस्ने तिम्हरु यसो जर्मनी ग'र त्यो अक्टोपस भा ठाउँमा हाम्रा नेताहरु झलनाथ,प्रचण्ड,बाबुराम,रामचन्द्र,शेरबहादुर,माधव नेपालको फोटो हालेर हेरो न कल्लाई छान्दो रहेछ। फुटबलाँ जित्ने देशको खाना खाने र झण्डा वाला बाकसाँ बस्ने अक्टोपसले बा हाम्रो प्रधानमन्त्री पो पत्ता लगाइहाल्छ कि?आखिराँ हाम्रो स्वस्थानी ग्रन्थाँ पनि राजा खोज्दै हिडेको हात्तीले जल्लाई माला लाइदिओ उही राजा भाथे क्यारे।

No comments:

Post a Comment

Please leave your comment here