Friday, November 14, 2008

एस एल सी उतिर्णलाई सम्मान

कालीटाइम्स संवाददाता
डेढगाउँ, नवलपरासी

वीजया दशमीको उपलक्ष्यमा नवलपरासी वुङ्दी काली काठमाडौं सम्पर्क समितिले डेढगाउँमा दोहोरी गीत प्रतियोगिता र एस एल सी उतिर्णलाई सम्मान गर्‍यो। डेढगाउँ, मिथकुरम, रकुवा र रुचाङका माध्यमिक विद्यालयबाट यस वर्ष एस एल सी उतिर्ण भएकाहरुलाई सम्मान गरिएको थियो।
दोहोरी प्रतियोगितामा मिथुकमको किशोर वस्यालको टोली प्रथम भएको थियो भने नरम गाविसको भुमिसरा रिजालीको टोली दोस्रो भएको थियो। कार्यक्रममा दोहोरी गायक घिरिङ सुन्धराका यामु शर्मा, मिथुकरमका बाबुराम अधिकारी र तनहुँ खाल्टेकी तोलाचन ठकुरी, डेढगाउँका ज्योति प्रकाशले गीत गाउनुभएको थियो।
सोही कार्यक्रममा सम्पर्क समितिले प्रकाशन गरेको टेलिफोन डायरीको सार्वजनिक सहित विक्रि वितरण सुरु गरिएको थियो।