Saturday, June 5, 2010

भक्तमानले सबै कुरा भन्लान् त ?

क्या दिन आए यार मान्छे अपहरण मागेर फिरौति लिनका लाइ नै पार्टी गठन हुन थालेछ। नेपाल हिन्दु जनता पार्टीले आफ्लाई अपहरण गरेको भक्तमान श्रेष्ठले बताएछन्। अपहरण गर्नेको वास्तविकता लुकाउन यो नयाँ पार्टीको जन्म गराइएको हो कि?

अरु कुराँ झगडा गरेपनि भक्तमान घर आएपछि सरकारवाला दल र माओवादीलाको मत एउटा कुरा मिलेछ। उनी फिरौति तिरेरै आएको दुइटैले बताइराका छन्। तर अलि अलि फरक पनि छन् यिन्का धारणा। सरकारवालाले माओवादी र केही आपराधिकको संलग्नतामा अपहरण भएको र पैसा बुझाएर छुटेको बताछन्। माओवादीले त एक करोड रुपैयाँ दिएरै छुटेको बताइरहेको छ। खोइ के खोइ के..

सबैकुरा प्रष्ट भन्दा भक्तमानलाई तत्काल अप्ठेरो पर्ने भए पनि उनले सबै कुरा पारदर्शी रुपमा भनिदिए भविष्यमा हुनसक्ने यस्तो संभावित घटनालाई रोक्न सहयोग पुग्थ्यो र अहिले पनि दोषिले सजाय पाउँथे कि। तर के गर्छन् कुन्नि...। देशाँ सरकार कम्जोर भाका बेलाँ सबै कुरा भन्न भक्तमान बा डराउने पो हुन् कि...

Friday, June 4, 2010

खोई कहिले हो नयाँ सरकार नयाँ संविधान

यस्तै चाललले हो भने माधव काम्रेडले राजिनामा दिन ३ महिना जति लगाउलान् जस्तो छ। अनि नयाँ सरकार, राष्ट्रिय सहमतिको सर्कार भनेपछि सबैलाई मन्त्रालयमा चित्त बुझाउनै परो त्यो बनाउन अरु ६ महिना लाग्ला। बाँकी तीन महिनाँ संविधान लेखेर सक्लान् त ? नसके नि के भो र हाम्ले फेरि समय थप्न पर्छ भनेर अनसन,धर्ना दिइहाल्छम के रे। फेरि एक वर्ष त थप्लान् त्यहाँ भन्दा धेरै त नथप्लान् नि....

पदक पार भोज खुवाउनेको के हाल होला?

सर्कार्ले फेरि अर्को विभुषण फिर्ता पाउँछ कि के हो? आजको 'नागरिक'मा सिंहको राशिफल यस्तो छ:भाग्योदयको योग रहेको हुँदा सरकारबाट मान सम्मान पद प्रतिष्ठा प्राप्तिको योग देखिन्छ। अब मेरो राशि सिंह नै हो। मैले पाएँ भने फिर्ता दिइहाल्छु। फिर्ता दिइएने भने त पुरै प्रतिगामीको सूचिमा परिने डरछ। क्या बोर भा होला है यसपटक पदक पाकालाई,दिन दिनै जसो कसै न कसैले फिर्ता गर्या गरैछन् हुँदा हुँदा अदालतले पनि वितरणमा रोक्न भन्दिओ। अझ कोही कोहीले त पदक पाएपछि भोज पनि खुवाथे होलान् अब तिन्ले के गर्लान्? ...(हास्नुपर्ने कारण धेरै छन् हा हा हा...)

Thursday, June 3, 2010

'अफिसमै झुपु झुपु'

'नखाइन्जेल लोत्र्यान खाएपछि सोत्र्यान'भन्ने ग्रुप पनि एउटा खोले हुन्थ्यो नि। अनेक अनेक नामका फेसबुक ग्रुप खुलेका छन्। असाध्यै गर्मी बढेर हो कि के हो 'अफिसमै झुपु झुपु' नामको ग्रुपको पनि खाँचो महसुस गरिरहेको छु। (हास्नुपर्ने कारण धेरै छन् हा हा हा...)

दुब्लाउन पैसा

अफिस आका एक जनाले तीन महिनाँ ४५ हजार तिरेर १४ किलो घटाको कुरा गरे। गाउँका साइली घर्तीनी भाउजुले शहरका मान्छे दुब्लाउन महिनाको ३ सय देखि ४० हजार रुप्पेसम्म खर्च गरेर दौड्ने उफ्रने,फलामका डल्ला उचाल्ने गर्छन् भन्दिन पर्छ;मुर्च्छै पर्छिन् होला। पोहर दशैंमा घर जाँदा लउन शहराँ मोटाउने ओखति पाइन्न भनेर सोध्याथिन्।

विदेशी सेना नहुल....

बैदेशिक हस्तक्षेप रोक्न सक्ने कुरा नि त्यस्तै त्यस्तै रहेछ। जापान जस्तो शक्तिशाली देशका प्रधानमन्त्री युकिओ हातोमायाले त आफ्नै भुमि अकिनावा टापुबाट अम्रिकी सेना हटाउन नसकेर ९ महिनैमा राजिनामा दिन पर्दोरहेछ। बल-बुद्धि धेरै भाका देशले थिच्ने रैछन्। एकचोटी विचार गरो है नेताहरु अरु जे सुकै गरे नि विदेशी सेनाँ चाहिँ देशाँ नहुल। जापान जस्तो देशका प्रधानमन्त्रीले त सैनिकलाई हटाउन नसक्दा रैछन् तिम्हर्ले एकपटक हुलेउ भने त तिम्रा बलबुताले हटाउन सक्दैनउ झैं माने मैले...

अलिकति हिड्न पाइयो अराजकताले गर्दा...

कस्तो अराजक बनाइदिए देश। बसुन्धाराट रिङरोड हुँदै सानेपा अफिस आउँदै थिए। बाफल तिर आएसी माइक्रो रोकियो। कुरो बुझ्दै जाँदा थाहा लाग्यो। कलकी नजिक बा ४ ख ११९० नम्बरको ट्रकले नम्बरप्लेट लेख्ने ठाउँमा स्टिकरमा नम्बर लेखेर टाँसेको भन्दै बुद्धिमान नाम गरेका ट्राफिक प्रहरीले पैसा मागे रे।

पैसा दिन नमानेसी चालकसँगट बिलबुक लिएर गइदिएछन्। उन्ले ट्रक बीचबाटाँ तेर्साइदिए। ट्राफिक हाकिम बिलबुक फिर्ता दिन त तयार भएछन्। तर चालक गाडी रोकेको ठाउँमै बिलबुक दिएमात्र गाडी चलाउने भन्दै अड्डी कसेर बसेका थिए। कति लामो समय जाम भो कुन्नी म त हिडेर बल्खु खसी बजार नजिक आएर अर्को गाडी चढी अफिस आइपुगे।

तर ठीकै छ। अलिकति भए पनि हिड्न पाइयो....

Wednesday, June 2, 2010

अहिल्यैट दबाब दिए पो हुन्थ्यो र...

मुलाई त सबभन्दा कम्जोरी हामीमै छ झैं लाउछ। संविधानसभाको म्याद थपेको साता दिनसम्म संविधानसभासँग सम्बन्धित सिन्को भाँचिएको छैन। अहिले चाहिँ चुप लार बस्ने। महिना डेड महिना बाँकी भएसी बेलाँ संविधान बनाउन पर्छ भनेर सभाध्यक्षलाई ज्ञापनपत्र दिने अनि लास्ट दिनाँ घर धर्ना देको कत्ति चित्त बुझेन। अहिलेटै दबाब देपो हुन्छ र। खोई नयाँ कार्यतालिका योजना भनेर भोलिट संविधानसभा घेरेपो उन्हरुले पनि बेलाँ काम गर्छन्। लास्ट आओराँ गर करार के के न काम गरे जस्तो नगरम्न हउ...

जेन्टलमेन एग्रिमेन्ट

प्रचण्डलाई थर्काको कुरा गरे एक माउवादी नेताले। पार्टीलाई प्रतिक्रान्तिकारीले जहिले नि पछारे,खोइ त माधव नेपालको राजिनामा भनेर प्रचण्डलाई सोध्या रे। प्रचण्डले केपी ओलीसँग जेन्टलमेन्ट एग्रिमेन्ट भाको हो,पर्सीसम्म राजिनामा आउँछ भने रे। अनि उन्ले-जेन्टलमेनसँग र राजिनामा दिने जेन्टलमेन भए पो जेन्टलमेन एग्रिमेन्ट फलो हुन्छ भन्देछन। खोइ नेताहर्का भित्री कुरा; को जेन्टलमेन को अनजेन्टलमेन...

Tuesday, June 1, 2010

प्रचण्डको डेराँ बन्दुक पड्किएसी....

प्रचण्डको डेराँ मंगलबार दिउसो २ बजेतिर बन्दुक पड्कएछन् नि। मैले प्रचण्डलाई पहिल्यै भनेको यो बन्दुकको वरिपरि बस्न हुन्न भनेर... माने पो। उन्कै एक सेनाले लिएको बन्दुक भुइमा खसेर पड्कदाँ भित्ता र टिनमा अलिकति खत पनि लाछ रे। धन्न मान्छेलाई लाएन छ र पो... यस्तै बन्दुक खसेर कुनै‍ दिन मान्छेलाई लाओ भने राम राम... काम्रेड बन्दुक छोड्दिम भनेर कसैले भने नि माने पो...

पत्रकारलाई बैंकको ऋण छैन...

पत्रकार्ले विशेषगरी आर्थिक पत्रकारले था'नपार नलेखेका त होइनन् होला।  नेपालका सबैजसो बैंकले संगठित रुपमा एउटा निर्णय गर्यारैछन्-पत्रकारलाई काठमाडौंआँ घर जग्गा किन्न ऋण नदिने। सायद अन्य शहराका पत्रकारको हकमा पनि त्यस्तै निर्णय भा होला।

 किन हो भनेर एउटा बैंङ्करलाई सोधेको नेपालाँ जागिर र तलब दुबै भर नभाको पेशाको कोटीमा छ रे पत्रकारिता...पत्रकार्ले थाहा पाइ पाइ पनि आफ्नै उछितो के काट्नु भनेर नलेख्या होलान्। नत्र तिनै बैंकको सँधै जसो गुणगान गार मात्र  बस्ने पत्रकारहरुले आफूहरु माथि संगठित हमला गर्ने बैंकलाई के छोड्थे होलान् र?

कटवाललाई पदक नदेर हाम्लाई दिन्छ त?

रुक्माङ्गत कटवाललाई गणतन्त्र दिवसमा यो सर्कार्ले पदक देकोमा रिसाउनेहरुदेखि कत्ति चित्त बुझ्याछैन। कटवाल प्रकरणले नै माधव सरकार बनेको भन्ने कस्तो नबुझेको। प्रचण्डले कटवाल हटाउन नखोज्या भए माधव नेपालको प्रधानमन्त्री बन्ने सपना त पहिलेजस्तै भ्रुण हत्या हुन्थ्यो नि। आफ्नो सरकार बनाउन विर्यदान गर्ने हिरोलाई पदक नदिएर तिमी-हाम्लाई दिन्छ त ?कुरै नबुझी विरोध यार (हास्नुपर्ने कारण धेरै छन् हा हा हा...)