Thursday, January 10, 2013

पोखरामा भेटिएका रेडियो पत्रकार

'लाइसेन्स त बोक्दै बोक्दिन, कहिलेकाहीँ कुनै ट्राफिकले ब्लु-बुक खोस्यो भने यहाँका ट्राफिक हाकिमलाई फोन गर्छु। भोलिपल्ट ट्राफिक प्रहरीले अफिसमै ब्लुबुक ल्याइदिन्छन्,' सुशासन सम्बन्धि रेडियो कार्यक्रम बनाउने एक जना रेडियो पत्रकार भेटिएका थिए पोखरामा। अजब नेपाल, गजब नेपाल...
Like ·  · 
  • Ban Dita · Friends with Narayan Shrestha and 207 others
    ahhahahahhaaahaaaaa
  • Kedar Pyakurel अजब नेपाल, गजब नेपाल.. /////
  • Jivan Panthi म पनि अचम्म पर्या छु दिपक सर । लाईसेन्स साथ मै छ, ब्लु बुक पनि साथ मै छ सबै ठीक ठीक नै छ तर पनि सधै चेकइङ मा परिरहने म आज काल लाईसेन्स को म्याद सकिएको ६ महिना हुन लाग्यो त्राफिक ले हेर्दै हेर्दैन यार ! आज भोली त त्राफिक सँग कुरा गर्ने रहर लाग्न थाल्यो भन्या !!
  • Kedar Sharma एकपटक अन्मिनमा सुनेको एउटा सत्य घटनाः एकजना अन्मिन कर्मीसित लाइसेन्स रहेनछ। पुलिसले लाइसेन्स मागेछ, उनले शान दिएर भनेछन्, "म अन्मिनमा काम गर्छु", पुलिसले भनेछ, "अनि हजुर, अन्मिनले लाइसेन्स नबोक्नू पनि भनेको छ?" ती साथी आफैँ लजाएछन्। ती पुलिसलाई सलाम।
  • Mampi Ghosh Dai the translated version is Superb...try to read it once...and ofcourse it happens here...
  • Biplav Man Singh Jo Aguwa Uhi. Bato _____.
  • Tilak Pokharel अनि त्यो पत्रकार ट्राफ़िक नियम उल्लन्घन्मा कुनै दिन कार्बाहिमा परेमा 'प्रेसमाथि ठाडो आक्रमण' भनेर पत्रकार महासन्घ नै कुर्लने होला । मलाइ त्यो चाहि झन तुजुक लाग्छ ।
  • Kedar Sharma दाङमा एमाले कार्यकर्ताहरूले प्रहरीलाई माफी मगाएको घटना पो सम्झायो त यो कुराले!
  • Babu Ram Aryal केहि बर्ष अघि म पनि एकान्तकुनामा मोटरसाईकलको चालक अनुमति पत्र बनाउन गएको थिएँ । पहिले लिखित परिक्षा हुँदो रहेछ । सम्बन्धित परिक्षार्थीको प्रवेश पत्र सँगै नागरिकताको प्रमाण पत्र चाहिँदो रहेछ । भिड थियो । एकाएक एक परिक्षार्थीको आवाज सुनियो, ए.... मलाई त नागरिकता चाहिँदैन । मैल पुलुक्क हेरें । अनि साधें, किन? उत्तर आयो ः म सँग त सूचना विभागको प्रेस पास छ, किन चाहियो नागरिकता ? मलाई दिक्क लाग्यो, सोधें कुन पत्रिकामा काम गर्नुहुन्छ ? पत्रिकामा काम गर्ने भनेर सोध्दा उनलाई होच्याएको जस्तो लाग्यो र गर्विलो बोलीले भने, म एबिसी टेलिभिजनको पत्रकार हो । अनि मलाई थप जिज्ञाशा जाग्यो र सोधें, कति समय भयो पत्रकारीता गरेको ? उनले भने, दुई बर्ष भैसक्यो । नागरिकता भन्दा ठूलो प्रेस पास हुँदो रहेछ, अनि किन चालक अनुमति पत्र चाहिएको होला (मनमनै भनें) ? मैले त नागरिकता लिएर गएको थिएँ, हल भित्र छिरें ।
  • Manoj Gharti Magar म आफ्नो लाईसेन्स र ब्लु बुक सँधै साथैमै राख्छु । त्यसैले पुलिसको चेकिङमा अहिलेसम्म लफडा भएको छैन । पोखराका केही यस्तै पत्रकारले गर्दा मलाई आजभोली पत्रकार भन्न पनि लाज लाग्छ । समाचार लेख्नका लागि बाहेक मैले हत्त न पत्त आफू पत्रकार भएको कहिल्यै बताउँदिन । आफै चिनिहाले भने फिस्स हाँस्छु । त्यसपछि पुलिसले जानुस् सर भन्छन् अनि आफ्नो बाटो लाग्छु ।
  • Paresh Jogi · 155 mutual friends
    पहिला हतार हतार प्रेसको कार्ड देखाउने अनि भन्ने म फलानो मिडियाबाट....बस कुरै सकियो । घमण्ड गर्या हैन । यस्तै भइरहेको छ । ट्राफिकले पूरा सोधखोज किन नगरेको होला ??
  • Maha Ananda Journlism profession mathiko kalo dhabba
  • Prakash Ghimire · Friends with Ekal Silwal and 132 others
    एक पटक मैले मेरो स्कुटि बाइक चितवन लान पर्ने भो अनी बिल बुक मैले अर्को बाइकको बोकेर गएछु मलाइ थाहा थियन जब सम्म थानकोट पुगे अनि थानकोटमा चेकिङ भएपछी मैले ब्लु बुक देखाए बिल बुक निकाल्दा मलाइ थाहा भयो यो त मेरो नयाँ बाइकको ब्लु बुक हो तर ति ट्राफिक दाइलाइ के त्यसको मतलब हुनु उनलाइ त कर तिरेको छ या छैन त्यसमा पो ध्यान रहेछ कर नतिरे पैसा असुली गर्ने सोच रहेछ अनि कर तिरेको देखे पछी उनले मलाइ सकुसल पठाए धन्य हो ट्रफिक दाजु के को लागी बस्छैा पैसा को लागी या चोरी र अपराध नियन्त्रणको लागी ?
  • Krishna Poudel एक जना पुलिसले भनेका थिए........... प्रहरी जनतासँग घुस माग्छ........तर पत्रकारलाइ चाँही घुस दिन आतुर हुन्छ......... पत्याएको थिइन... यो भनाइ मेल खायो त
  • Pratap Singh Chaudhari · 3 mutual friends
    rules ta follow garnu paryo ni jo sukai lay .pani
  • Poemis Kabita · 37 mutual friends
    नक्कली "पत्रकार" को बिल्ला भिरेर 10 कक्षा पढेका बेरोजगार हरु को हप्ता उठाउने ठाउ दल का कार्यालय र बिजनेस माफिया हरुको बैठक कोठा मा हात मल्दै हिड्ने 'बरिष्ठ' पत्रकार भतुवा हरु लाइ "पाडो पाए नि ब्यौती पाडी पाएनि ब्यौती!"

No comments:

Post a Comment

Please leave your comment here