Friday, September 7, 2012

आइजिपीको मोलमोलाई

अछाम जिल्लाका प्रहरी प्रमुख DSP को सरुवा भएको रहेछ। 'को आउँछ होला नयाँ ?' भनेको त्यहाँका सईले भने, 'अब सरलाई थाहा छदैँछ नि, चुनाव आउँदैछ। जसले चुनावमा सहयोग गर्न सक्छु भनेर ग्यारेन्टी गर्छ, उसैलाई पठाउलान्।'
काठमाडौंमा पनि IGP को मोलमोलाई भइरहेको समाचारहरु खुब आइरहेको सुनिन्छ। अछामका सईले भने जस्तो आउँदो चुनावमा सहयोग गर्ने आश्वासन जसले दिन्छ उसैलाई IGP बनाउने खेलमा नेताहरु लागेका छैनन् होला त?
Like ·  · 
  • Bhesh R Kanel जता पनि स्वार्थले मात्रै काम हुन्छ भन्ने "Сynism" मा विश्वास गर्ने त नेपाली पहिचान नै भै सके जस्तो छ ।
  • Govinda Adhikari नेताहरू भनेर किन मानिसलाई अलमल्याउनु ? सोझै प्रचण्ड, बाबुराम र विजय गच्छदार भने भइहाल्यो नि । कांग्रेस र एमालेलाई सघाउने सर्तमा त आईजी पक्कै बनाउँदैनन् होला त अहिले !

No comments:

Post a Comment

Please leave your comment here