Sunday, August 26, 2012

'हामीले हतियार उठाए देशको हालत के हुन्छ ?'

'स्वायत्त मधेश प्रदेश नभए ४२ प्रतिशत मधेशीले हतियार उठाए यो देशको हालत के हुन्छ?'-मधेशी नेता।
'जातीय पहिचाहन सहितको संघीय राज्य नभए ३७ प्रतिशत जनजातिहरुले हतियार उठाए यो देशको हालत के हुन्छ?'- जातीय नेता।
'२५ प्रतिशत रहेका बाहुन क्षेत्रीलाई वेवास्ता गरेर जातीय राज्य दिदाँ तिनले हतियार उठाए के होला?'- बाहुन क्षेत्री नेता।
एकिकृत माओवादी फुटाएकाहरुले हतियार उठाउने धम्की त दिनदिनै सुनिन्छ। फेरि हतियार उठाउने धम्कीमा अयोग्य लडाकुहरुको त झन् प्याटेन्ट राइट लाग्ने नै भयो।
युनिटी कम्पनीवालाहरुले पनि अस्ति नै हतियार उठाउने धम्की दिएका थिए।
अस्ति बाग्मती किनारका सुकुम्बासीहरुले पनि भन्दै थिए- 'हाम्रो विषयमा राज्यले कुनै ध्यान दिएको छैन। हामी देशभरका सुकुम्बासीले हतियार उठाए यो देशको हालत के होला?'
आज फेरि एकु हुल युवा आए र भने - 'सरकारले इपिएस प्रणाली अन्तरगत कोरिया पठाउने भनेर भाषा सिकेर जाँच दिदाँ पास भएका १५ हजार छौं। तर सरकारी उदासिनाताले ती मध्ये ५ हजार जना मात्र कोरिया जाने भए। हामी १० हजारको भविष्य के हो ? माओवादीका सात हजारले हतियार उठाउँदा त देशको हालत यस्तो भयो। हामी १० हजार युवाले हतियार उठाए के हुन्छ ?'

कसैले कुखुरा काट्दा पनि डराउने म जस्तो काँतरले अझ क-कस्को हतियार उठाउने धम्की खाँन पर्ने हो बाँचुन्जेल र कुन दिन सातो जाने हो....

    • Gyawali Ramesh एउटा सिंगै कथा जत्रो Status देखेर मेरो सातो गयो- अब त ब्लग नि किन चाइयो र सप्पै येतई ओकले पछी ?
      August 20 at 2:25pm ·  · 3

    • Yadav Thapaliya Tapai pani aba euta hatiyar uthaunus ra bhanidinus.........yi hatiyar ko dhamki dine narapichas hutihara atatayi lai chhadina...........ek ek gari chhinalchhu.

    • Lok Nath Bastola Ke bhanam ra ke lekham khai ao desh?
      August 20 at 2:28pm via mobile · 

    • Binod Neupane यी सबैका नुन देखी सुन दीने ठुल्दाइ ले यीन्का हात भाचे के हुन्छ पो भन्छ भैरे ?
      August 20 at 2:34pm ·  · 1

    • Amritnath Timalsina gambhir bisaya bhayakale thorai comment rahe6an maile ek thape hai

    • Raman Dhakal कुखुरा काट्दा पनि डराउने हा हा हा हा दिपकजी कति सजिलो र सस्तो छ हतियार उठाउन हाम्रो देसमा

    • कुखुरा काट्दा डराए पनि तारेको कुखुरा त खानुहुन्छ होला नि? हा हा हा

    • Db Kalel · Friends with Meghraj Rasaili and 360 others
      k hi hudaina.............? gare ra ta hera////////////tyasma6 maja.

    • Khagen M. Kerung Yakthungba मलाई जागिर मिलाईदे नत्र मैले हतियार उठाएभने यो देश मा के हुन्छ? अब यो मात्र सुन्न बाँकी छ हामी बाँचेका मानिसहरुले।

    • Rameshwor Karki Dekheko siko garne hun. hijo maobadile hatiyarko balma faida gareko dekhera yasto bhan6n . yo aakhir dhamki matra ho garna chahi kehi sakdainan.

    • Keshab Poudel Nepal is suffering from the lack of sensible people. Nobody think positively to make Nepal prosperous but everybody is looking opportunity to take undue advantage from the country using even illegal means. Now weapon has become slowly a means of threatening to one another which is creating very serious problem in the security of the country.

No comments:

Post a Comment

Please leave your comment here