Monday, May 28, 2012

संविधानसभा भंग पछिको बाटो


कहिलेकाहीँ स्थिति कसैको पनि काबुमा हुँदैन र कसैले नचिताएको कुरा हुन जान्छ। संविधानसभा भंग पनि नेपालमा त्यस्तै हुन गयो। हुनुपर्ने /नहुनेपर्ने जे जे भए पनि समयले कसैलाई पर्खदैंन। त्यसैले फेरि भविष्यलाई कसरी लाने भन्ने योजनामा लागिहाल्नुपर्छ। संविधानसभा भंग भएपनि  अब हामी समक्ष दुई वटा बाटा छन्।
मिलेर जाने र अर्को  नमिलेर जाने।
अब मिलेर जाने हो भने प्रधानमन्त्री वा राष्ट्रपतिको अगुवाईमा सर्वदलीय छलफल हुनुपर्छ। छलफलपछि प्रधानमन्त्री बाबुराम भट्टराईले राजिनामा दिनुपर्छ। प्रमुख दलहरुकै सहभागितामा नयाँ सहमतिको सरकार बन्नुपर्छ र त्यो भट्टराईकै  कै नेतृत्वमा भए पनि हुन्छ नभए अरु कसैको। र, त्यसले सहमतिको आधारमा संविधानसभा निर्वाचनको नयाँ मिति (यही मिति मंसिर ७ गते बिहीबार पनि हुनसक्छ) घोषणा गरी चुनाव गराउनुपर्छ।
नयाँ चुनावका लागि निर्वाचन सम्बन्धी कानूनहरु बनाउनुपर्नेछ। नभए नयाँ मतदाताले मतदान गर्न पाउँदैनन्। कति सदस्यीय संविधानसभा निर्माण गर्ने र त्यसले संविधान निर्माणका लागि कति लामो समय पाउने भन्ने विषयमा छलफल हुनुपर्नेछ।
चुनावले जनतालाई बलियो बनाउँछ। मतदाताहरु पक्कै सचेत छन् र आउने चुनावमा केही नेताहरुलाई छानीछानी पराजित गर्नेछन्। बरु सबैको ध्यान निर्वाचन निष्पक्ष गराउने र निर्धक्क भएर मत खसाउन सक्ने वातावरण निर्माण गर्नेतर्फ हुनुपर्छ।
तर डर त नेताहरु नमिलेर जालान्, राष्ट्रपति र प्रधानमन्त्रीबीच शक्ति संघर्ष होला। चुनावको घोषणा गर्ने तर जातीय वा क्षेत्रीय नाममा साम्प्रदायिक हिंसा फैलाएर देशको कुभलो चिताउनेको मनोकामना पुरा गरिदेलान् भन्ने छ।

यिनीहरुलाई नजिकबाट चिनेर पनि मेरो त ब्लडप्रेसर बढाउने मात्रै काम भयो।

 ·  ·  · 21 hours ago · 
  • 1 share
    • Bhim Neupane यतिवेलाको अवस्था माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको सरकारले तत्कालीन प्रधानसेनापति बर्खास्त गर्ने निर्णय गर्दाको स्थितिसँग मिल्दो देखिन्छ।
      तर उक्त निर्णय गरेको मन्त्रिपरिषद्को बैठक सत्ता-सहयात्री दलले बहिष्कार गर्दा सरकार प्रष्ट रुपमा अल्पमतमा परेको थियो।
      यसपटक मध्यरातसम्मको स्थिति हेर्दा सरकार अल्पमतमा देखिन्न।
      तथापी सत्तासहयात्री दलले यसपटक पनि मन्त्रिपरिषदको बैठक बहिष्कार गरेका छन् भने निर्णयमा असहमति जनाएका छन्।
      जानकारहरुका अनुसार अब सरकारले संविधानसभाको चुनाव घोषणा गर्न मिल्ने वा नमिल्ने भन्ने विषयमा कानुनी विवाद उत्पन्न हुनसक्छ।
      किन कि अन्तरिम संविधानमा त्यो प्रवन्ध छैन।
      सर्वोच्च अदालतले दिएको आदेशमा टेकेर सरकारले उक्त निर्णय लिएको जनाएको छ।
      तर संविधानसभाको बैठक नै बस्न नपाई त्यसको म्याद सकिएकाले सरकारी घोषणा कानुनी विवादको घेरामा पर्ने देखिएको हो.....BBC Nepali..
      21 hours ago ·  ·  1
    • Rastrabadi Nepali संबिधान बन्न नदिने यो मदेसी फटाहा -र माओवादी नै हो भन्ने प्रस्त छ , तिनीहरुका माग हेर्नुस् अनी आँफै कुरा बुज्नुस् न ? के यो देशमा मदेसी मात्रा बस्छन ? किन एक मदेश एक्-प्रदेस ?किन एकल जातिबाद ? के यो भुमी सबै को साझा होइन ? के सबै जातिको नेपाल मा मिश्रित बसोबास छैन ? हेर्नुस् संबिधान बन्न नदिने डाँका हरु मदिसे र माओवादी नै हो ? त्यस्तो मिल्नै नसकिने माग राक्ने अनी चाहियो कि चाहियो भनेर कसरी बन्छ संबिधान ? भोली पनि यस्तै माग हो भने फेरी पनि बन्दैन संबिधान ? हेर्दाइ जानुस् ,सबैलाई मिल्ने गुरा गरे सजिलै बन्छ । नेपाल सबै को साझा देश हो ?सबै जाती को बहु पहिचान हुनुपर्छ। बाबुराम को सरकार ले नैतीकता र कनुनी हैसियत दुबै गुमाएको ले रजिनामा दिएर राष्ट्रिय सहमती को नयाँ अन्तरिम सरकार तुरुन्त गठन गर । अनी ,तो सरकार मार्फत नयाँ संबिधान निर्माण को बाटो खोल । बाबुराम ले रजिनाम नदिये राष्ट्रपती मार्फत घोक्रे ट्यक लगाएर आम -सहमतिको सरकार बनाउ ।
      21 hours ago ·  ·  4
    • Bishnu Pathak · Friends with Om Sharma and 7 others
      mero des chi chichi
      21 hours ago via mobile · 
    • Vishnu Pyakurel YAHI HO SATYA.
      21 hours ago · 
    • Bhim Neupane ४ बर्षमा नबनेको संबिधान फिरी बन्ला नबन्ला के भरोसा ! अनि सधै संबिधान नै बनाइ रहने ?अनि कति बेकार मा खर्च गर्ने , सहमति भएका कुरा छोडेर फेरी कुन दल दल मा फस्ने , बरु संसद र स्थानीय तहको एकै पटक
      चुनाव गराउनु अनि नया संसदले बाकी काम पुरा गर्दा राम्रो होला , नया जनादेस पनि एकै खर्चले सबै काम पनि ..
      21 hours ago ·  ·  3
    • Nepali Hari सहि कुरा ,
      21 hours ago ·  ·  1
    • Rupa Binod Koirala i completely agree with bhim ji,,,,,
      21 hours ago ·  ·  1
    • Santosh Khadka Nepali अब कुन दलको के हैशियत ? जसले धेरै छक्क पन्जा जान्दछ उही ठुलो दल या जसले धेरै आन्दोलन गर्न सक्छ उही या अरु के आधार .... यदि नया सरकार बन्यो भन्यो पनि त्यो सरकारलाई check and balance गर्ने निकाय बब्यबस्थापिका खै?यस्तै यस्तै अनुत्तरित प्रश्न नेपाली राजनीतिको आकासा मा मडारिरहने भए ....
      20 hours ago · 
    • Kamal Bhatta Yo sarkar le poltical ethics birseko le,election sampanna garne AADHAR gumayeko
      19 hours ago · 
    • Gp Bhattarai Khurukka president le army liyera 601 lai ahile samma ko 9 kharb ko bharastachar ma jakne ani 10 years president le chalaye huncha, arko election ni testai ho maoist le gun liyera ballet ma basne hun, ani party le uthaune neta yinai hun, mailai man naparera vote nadiye ni 1 jana kharab neta le nai jitcha, yo nepal ko niyeti ho,
      18 hours ago via mobile ·  ·  1
    • Kusum Bhattarai निर्वाचनमा नजाने हो भने कांग्रेस र एमालेले ज्ञानेन्द्रलाई नेता मानेर राजतन्त्र फर्काउन खोजेको स्पस्ट हुन्छ। यो देशमा २५० बर्षादेखीको सामन्तबाद त कांग्रेस र एमालेमा पो सरेको रहेछ। अब यिनिलाई परास्त गरेपछी मात्र सही रुपमा राजतन्त्रको अन्त्य हुन्छ। राजनीतिमा एक माघले जाडो जादैन। कांग्रेस र एमाले को धराताल भसिएको स्पस्ट देखिदैछ,
      अग्रगामी एजेन्डा माओवादीकै साथमा
      पराजयको भाग कांग्रेस एमालेको हातमा
      16 hours ago ·  ·  2
    • Sunita Giri यिनीहरुलाई नजिकबाट चिनेर पनि मेरो त ब्लडप्रेसर मात्रै बढाउने काम भयो। that's the reason I choose not to understand the politics and its talk.
      14 hours ago ·  ·  1
    • Keshab Khanal ‎....... सहमतिको सरकार बन्नुपर्छ..../
      14 hours ago · 
    • यस्तो बेला तपाईं Sunita Giriजी पन्छिनु मिल्दैन ! कुन राजनीतिक पार्टीको मान्छेले प्रस्तुत गरेको बिचार ठीक छ भन्ने तपाईं जस्तो ब्यक्तित्वले आफ्नो दृटिकोण यो बहस मा पोख्नु पर्छ ! तपाईं जस्तो ब्यक्तीहरुले चुप लागेकोले त दलाल हरुले अशिक्षित जनता एबम फुर्शद भएका फेशबूक पत्रकारहरुलाई सदुप्रयोग गरिरहेका छन ! धन्यवाद @kusum Bhattaraiजी तपाईं को बिचार लाई सलाम छ! "कांग्रेस र एमाले को धराताल भसिएको स्पस्ट देखिदैछ,
      अग्रगामी एजेन्डा माओवादीकै साथमा
      पराजयको भाग कांग्रेस एमालेको हातमा"
      14 hours ago ·  ·  1
    • Sunita Giri Thank you Prakash je for your opinion, but my question is all the people are so much in to politics and all the journalists are feeding all the crap to the mass and look around how is our country's situation ? and where it stands ? I would like to cover the other aspect of society to change this society not the politics, specially when 97% of news cover is only and only political base and 97% people are trying to understand it. show me the result of it !
      14 hours ago ·  ·  1
    • Best of luck Sunita jee !
      13 hours ago ·  ·  1
    • Gp Bhattarai Uml n congress ko kasari dharatal bhasiyo??? Hijo samma samanta bad ra barga hin samaj ko byakhya didai hidne maoist aaja kina jatiya rajya ko lagi pachi pareko? Kina jatiya lai nakarna sakdaina??? Kina singo nepal ma geographical state huna sakdaina??? Yo kurama maoist kina jana sakdaina?? Bemati kun kura ma cha??? Jatiya rajya nabanayera singo nepal ko constitution banaye hudaina cast lai chodera? Satta liptata ko sanga cha??? Madhesi le ratraghati kam garda maoist government le kina support garcha?? Satta liptata le hoina?? 250 years ko samanta bad ko kura ma hijo cantonment bata bahirida ladaku ko paisa aadha kina khosiyo?? Aaja ladaku ko samaj ma haisiyet chaina prachanda ko 10 karod ko mahal, 16 lakh ko ring n 10 lakh ko bed n 150 lakh ko pajero kaha bata aayo??? Aaja jatiya bikhandan ma hudaina bhanda dharatal ko kura aaucha. Nepal ma 1 jat ko single rajya kina huna sakdaina vougolik adhar ma rajya kina huna sakdaina?? Jat bhat ko kura kasle nikalyo?
      12 hours ago via mobile · 
    • Mahendra Poudel dipak dai yo link hernus hai
      8 hours ago · 
    • Banjade Ganesh Prasad होइन हो! दिपक सर्,चुनाब घोष्णा गर्न अझै ६ महिना लाग्छ । कुरा मिल्न अर्को ६ महिना लाग्छ, अनि चुनाब प्रचार-प्रचार गर्न फेरी पनि अर्को ३ महिना लाग्छ भने हजुर किन यती चाडो यो कुरा हामी जनताका अगाडी भन्नु भयो मलाई त लाग्छ यो चुनाब पनि नभै कतै समालिया जस्तो हुन्छ कि ? हे हे हे हे
      6 hours ago · 
    • यसको पछाडी दल र तिनका नेताहरुको सरासर १००% दोष छ, र तेश्मापनि माओबादीको ९९% दोष छ | माओबादीले नेपालमा के गर्न खोजेको, माओबादी कुन बिदेशी शक्तिले संचालन गरेको पार्टी हो ? एसको छिनो-फानो नगरी अब नेपाली जनता बस्नु हुदैन | यो रक्त पिपासुहरुको पार्टी हो, यो देश द्रोहीहरुको पार्टी हो, यो नेपाल आमालाई बेच्न खोज्ने कपुत हरुको पार्टी हो, यो सत्य सबै नेपाली नागरिकले हेक्का राखून आजको दिनमा | चरम पाखण्डी र धुर्तहरुले भरिएयको यो पार्टीले हाम्रो पयारो देश नेपाललाइ धुजा-धुजा, तहसनहस, छिया-छिया पारेर दुश्मनको पोल्टोमा सुम्पिन खोज्दै छ, खबरदार नेपालली जनताहरु |
      4 hours ago via mobile · 

No comments:

Post a Comment

Please leave your comment here