Monday, November 14, 2011

कुन दिन जहाजै बेचेर हरायो भन्छन्

नेपाल वायुसेवा निगम (Nepal Airlines) को ४ करोड रुपैयाँ पर्ने Flight Away Kit केही महिना अगाडिदेखि हराएको छ। निगमको बोइङको ३० लाख रुपैयाँ पर्ने दुइटा पाङ्ग्रा केही साता अगाडि कसले झिकेको हो पत्तो छैन। र, केही दिन अगाडि ८० लाख पर्ने ल्यान्डिङ गियर भन्सारबाटै चोरी भएछ।
यो समाचर पढेपछि मलाई त डर लागिरहेको छ कुन दिन वायुसेवा निगमका तस्करहरुले जहाज दिल्ली वा हङकङ पुगेका बेला उतै बेच्छन् र यता आएर जहाजै हरायो भन्छन्।

तर यो कुरा तत्काल भन्न चाहिँ भएको छैन। अहिले नागरिक उड्ययन मन्त्री माओवादी पार्टी कै लोकेन्द्र विष्ट मगर हुनुहुन्छ। माओवादीकै पूर्व मन्त्री खड्गबहादुर विकले बनाएका कार्यकारी अध्यक्षमा कवि मनरुप नेप्च्युन   हुनुहुन्छ। हामीले यसो भनेमा प्रधानमन्त्री बाबुराम भट्टराईको सिको गर्दै माओवादी नेताहरुले 'निगम विरोधको खेती गरेर डलरको बाली भित्र्याउने जुन सानो समूह छ, त्यसले हल्ला गर्नुलाई हामीले अन्यथा मान्नु हुँदैन, डलर पाएरै निगमको विरोध गरे' भन्न सक्नुहुन्छ।

माल्दिभ्सबाट फर्केका प्रधानमन्त्री भट्टराईले ज्यानमुद्दामा सर्वस्वसहित जन्मकैदको सजाय पाएका माओवादी सभासद बालकृष्ण ढुंगेललाई आममाफी दिने सरकारी निर्णयको विरोध गर्नेलाई  'द्वन्द्वको खेती गरेर डलरको बाली भित्र्याउने जुन सानो समूह छ, त्यसले हल्ला गर्नुलाई हामीले अन्यथा मान्नु हुँदैन' भनेका छन्।


  • 4 shares

    • Tara Thapa Magar समसायिक विसंगतिलै दह्रो झापड ...........
      Yesterday at 11:57am · 

    • Jaw Knock Raazaa भैचालो आइरन्च दाजु । पाङ्ग्रा त गूडेर कतै गो होला फर्केर आम्च ! :)))
      Yesterday at 12:00pm · 

    • Bharat Regmi PM Bhattarai raati airport aayechan tesile usailai sodhnu parala kasle choryo bhanera.
      Yesterday at 12:02pm · 

    • Saurav Dhakal रसियन यान त हरायो जाबो जहाज हराए के अचम्म पर्नु ..
      Yesterday at 12:03pm · 

    • Keshav Raj Pathak Hahahahahahahahahahahahaha hora vanya dada, hahaha hanso po lagyo hahahahahahahahaha,
      Yesterday at 12:04pm · 

    • Pallav Paudel hasna parne karan dherai chhan daju
      Yesterday at 12:12pm · 

    • Ram Radha Ghimire hahahaahahahaahaha
      Yesterday at 12:42pm · 

    • Tufan Neupane ye fataha jati bhattrai nai huda rahe6an.... gayeb pani aafai parne ra dosh pani aafai lagaune ? dai chai kun prakarko bhattrai ma parnu vo kuinni ?
      Yesterday at 12:45pm · 

    • Anuj Shrestha दिपक सरको सिस्नो पानीले गैंडा जस्ता नेता र प्रशासनका हाकिमहरुलाई के छुन्थ्यो!!
      Yesterday at 1:10pm · 

    • Peshal Joshi Vai rakheko chori lai dekhyer talab khane haru ta khusi holan hai?
      Yesterday at 4:34pm · 

    • Banjade Ganesh Prasad दिपक सरको कुरा पनि हामीले अन्यथा मान्नु हुँदैन'।
      Yesterday at 4:57pm ·  ·  1

    • Rajendra Aryal RA ni k saro khattam bhako ho. het.
      Yesterday at 6:07pm · 

    • Deepkiran Sharma Kursi ko tatole tinko gidi pagliyeko aajkal.
      Yesterday at 7:14pm · 

No comments:

Post a Comment

Please leave your comment here