Tuesday, September 27, 2011

गाउँकाले राहत लिन कहाँ जाने हो ?

मेरो घर नवलपरासीको पहाडी भेग डेढगाउँबाट फोन आयो, 'प्रधानमन्त्री हुने बितिकै बाबुराम भट्टराईले चामलमा ५ रुपैयाँ, चिनीमा ३ रुपैयाँ दालमा कति रुपैयाँ हो, राहत दिने भनेका थिए। तर गाउँका पसलमा भाउ घटेको छैन, सदरमुकाम जान एक/डेड दिन लाग्छ, अनि विकासे मलको भाउ पोहोर भन्दा किलैमा १०/१२ रुपैयाँ धेरै छ। त्यो राहत कहाँ कुन पसलमा पाइन हो बुझ्दिन परो' रे। 'राहतको घोषणा कागजमा र काठमाडौं तथा शहरकालाई मात्र त होइनहोला' भन्दैछन्।

पत्रकार भएको नाताले गाउँलेले के के सोध्छन् सोध्छन्, कहिलेकाहीँ पत्रिकामा छापदिन भनेर के के पठाउँछन्। जे जे गरे पनि आफूले अहिलेसम्म न गाउँलेले पठाएका समाचार, विचारलाई नै छाप्न सकिएको छ, न गाउँमा राहत कहिले पुग्छ भनेर थाहा दिन पाइएको छ। कहिलेकाही गाउँलेले पठाएका पाठकपत्र र कविता भने कुनै कुनै पत्रिकाले छापिदिएका छन्।

जुन सरकार आए पनि राहत बाँड्ने त भन्छ तर कहाँ पाइन्छ त्यो भनेर स्पष्ट भन्दैन किन हो कुन्नि। राहत/सुपथ मुल्यको पसल खोलीहाले पनि शहरमा मात्र खोलिन्छ। गाउँका, दुर्गम क्षेत्रका जनताले कसरी त्यसको फाइदा लिने ? राहत त वास्तवमा उनीहरुसम्म पो पुग्नपरेको छ। कि चामल, दाल, चिनमा पाँच/सात रुपैयाँ किलोको राहत लिन पनि हजार पन्ध्रसय रुपैयाँ खर्च गरेर सदरमुकाम, शहर वा राजधानी नै आउनुपर्ने हो ?


  • View all 2 shares

    • Santosh Bhattarai येस्तै खालको फोन मलाई पनि आएको थियो ; प्रजात्रंत आउने बितिक्कै सबै गरिबहरु लाई १ हल गोरु र १० कटठा जग्गा दिने भनेका थिए रे , अस्ति ४ वर्ष मलेसियामा काम गरेर छोरा छोरिले सारै गनगन गरेर एउटा कम्बल ल्याउदा किनेको भन्दा बढी कर तिर्नु पर्यो भन्दै दुखेसो गर्दै थिए ।
      September 20 at 10:42am ·  ·  1 person

    • Nabaraj Mishra Bhattarai ko kuro Bhttarailai thaha hola bhanera sodheko hola.
      September 20 at 10:45am · 

    • Nabaraj Mishra Bhattarai ko kuro Bhttarailai thaha hola bhanera sodheko hola.
      September 20 at 10:46am · 

    • Nabaraj Mishra Bhattarai ko kuro Bhttarailai thaha hola bhanera sodheko hola.
      September 20 at 10:46am · 

    • Tara Thapa Magar लौ लौ बुझम सबैले .............., दबाब दिम .....कता कता हो
      September 20 at 11:10am · 

    • Santosh Kumar Rauniyar hahahaha
      September 20 at 11:44am · 

    • Dilip Thapa पहाडमा होइन काठमाडौमा पनि राहत मागेमा बाबुरामसँग माग भन्ने चलन छ ।
      September 20 at 11:56am ·  ·  1 person

    • Krishna Paudel राहत नारा पो हो , किन मागेर पाइन्थ्यो । अर्जुनदृष्टि खनाल, राहतराम भट्राई !
      September 20 at 4:56pm ·  ·  2 people

    • Adhikari Hari गुट का कार्यकर्ताले चाही अबश्य राहत भेटे होलान भन्ने हाम्रो अनुमान ,
      September 20 at 5:32pm ·  ·  1 person

    • Govinda Ghimire हामिलाe पनि तेसतै लाeराच ।
      September 20 at 6:31pm ·  ·  2 people

    • Kedar Pyakurel yo kura thik ho @ vattarai !! !! !! !!
      September 20 at 6:55pm ·  ·  1 person

    • Ranu Rana bhattarai bhattarai vayera hola ni ta dai
      September 20 at 8:25pm · 

No comments:

Post a Comment

Please leave your comment here