Saturday, September 24, 2011

भट्टराईलाई भेट्न पाए दबाब दिनुहोला

राष्ट्रसंघमा भाग लिन गएका प्रधानमन्त्री बाबुराम भट्टराई अहिले अमेरिका न्यूयोर्कमा छन्। पहिले पहिले राजाहरु विदेश भ्रमणमा जाँदा त्यो बेलाको शाही नेपाल वायुसेवा निगमको बोइङ जहाज नै लिएर जान्थे। त्यसको कति भाडा अझै पनि वायु सेवा निगमले पाएको छैन। अरु पूर्व प्रधानमन्त्रीहरु, मन्त्रीहरु विदेश भ्रमणमा जाँदा जहाजको बिजनेस क्लासमा जान्थे, जसको भाडा सधारणतया इकोनोमी क्लासको भाडा भन्दा दोब्बर हुन्छ। तर यसपटक प्रधानमन्त्री भट्टराईले मितव्ययी यात्रा गर्ने भन्दै इकोनोमी क्लासमा यात्रा गरेका छन्।

मलाई लागेको चाहिँ इकोनोमी क्लासमा भट्टराई न्यूयोर्क जाँदै गर्दा पक्कै पनि वैदेशिक रोजगारमा गएका कोही नेपाली कामदार पनि जहाजमा भेट होला। बिजनेस क्लासमा यात्रा गर्नेसँग पो इकोनोमी क्लासमा यात्रा गर्ने साधारण नेपालीले भेट्न/गफ गर्न पाउँदैनथे। दैनिक एक हजार भन्दा धेरै नेपालीहरु रोजगारका लागि विदेश जाने गरेका छन्। खाडी देशसम्मको उडान र ट्रान्जिटमा नेपाली 'डोरीलाहुरे' (अरपतिर आउनेहरुले सुटकेश, टिभी डोरीले बाँधेर ल्याउने हुनाले आजभोलि चलेको शब्द) ले नि भट्टराईसँग गफ गर्न पाए होलान्, नपाएको भए अब फर्किँदा खेरी गफ गर्न पाउलान्।

भट्टराईसँग भेट गर्न पाउने नेपाली दाजुभाइ दिदी बहिनीलाई एउटा अनुरोध, अरप-मेलसिया तिरका नेपाली कामदारको तलब बढाउन पहल गर्न भनेर भट्टराईलाई भन्नुहोला। त्यहाँ काम गर्ने नेपाली कामदारको १० वर्षदेखि तलब बढेको छैन रे।

त्यताका सरकार र कम्पनीसँग नेपाल सरकारले एकपटक कुरा गरिदिए, प्रष्ट पारिदिए, दबाब दिए नेपाली कामदारको तलब बढ्थ्यो कि। तर डर पनि एउटा छ, प्रधानमन्त्री माओवादी पर्नुभयो, उहाँको पार्टीले जहाँ पनि आन्दोलन गर्नुहोस् भन्ने चलन छ। नेपालमा उहाँको पार्टीका मजदुरका आन्दोलनले गर्दा कतिपय उद्योग बन्द गर्न उद्योगपतिले बहाना पनि पाएका छन्।  तर त्यो सल्लाह चाहिँ तत्काल लागु नगरिहाल्ने कि अलि अलि पाएको काम पनि फुत्केला। बरु कुटनीतिक तबरबाट पारिश्रमिक बढाउन अनुरोध गर्न भट्टराईलाई दबाब दिने काम गर्नुहोला।



    • Tara Thapa Magar sujhaab raamro ho bhatraai ji ko भटराई को सुझाबमा भटराईको भनसुन लागोस ...
      September 18 at 10:10am · 

    • Shyam Dahal hahahaha
      September 18 at 10:12am · 

    • Bhojendra Basnet ramro prastab ayo ta dai...
      September 18 at 10:13am · 

    • Dipak Bhattarai हुन त तलब बढाउने भन्दा पनि नेपालमै काम खोज्दिनुहोस् भन्नु अति उत्तम हो र भन्नुपनि पर्छ। केही वर्षमा नेपालमै काम पनि पाइएला। तर तत्कालका लागि व्यावहारिक भएर भन्दा अरप मेलसियमा रहेका नेपाली कामदारको तलब बढाउन सरकारले पहल गर्नै पर्छ। एक दशकदेखि एउटै तलब मान्य हुँदैन।
      September 18 at 10:20am ·  ·  9 people

    • Manjil Sharma Kuwait government just on Friday conveyed a circular to Nepali embassy in Kuwait City that if any of foreign migrant workers, including Nepalis being there found involving in being engaged or promoting strikes or other sort of uprising, in whatsoever forms, they might get severe punishment, and face banishment! I think Kuwait government did understand possible move of Nepali workers there being influenced by Maoist labour movement back in Nepal.
      September 18 at 12:46pm · 

    • Choodamani Luitel tehi ta ni,..........
      September 18 at 6:00pm · 

No comments:

Post a Comment

Please leave your comment here