Wednesday, September 21, 2011

लेदो पाइएको रियल जुसलाई के कारबाही भयो कुन्नि

जसरी आजभोलि खाद्य पदार्थमा मिसावट भएको समाचार, अखाद्य पदार्थ खाद्य पदार्थ मिसाएको समाचार आइरहेको छ त्यस्तै समाचार करिब ५/६ अगाडि पनि खुब आएको थियो, 'रियल जुसमा लेदो, लेउ के के पाइयो' भन्ने। आजभोलि रियल जुसमा मिसावट भएको समाचार पढ्न, सुन्न, हेर्न पाइएको छैन। तर रियल जुसमा लेदो-लेउ पाइएकोमा कारबाही चाहिँ के भयो भन्ने पनि सुन्न जान्न पाइएको छैन।
सञ्चार माध्यमले कुनै पनि गलत कामको समाचार दिइसकेपछि ती गलत काम गर्नेलाई के कारबाही भयो भन्ने पनि समाचार दिनुपर्ने हो। कारबाही भएको छैन भने त्यो विषयमा पनि पाठक/ श्रोता/ दर्शकलाई जानकारी दिनुपर्ने होइन र। कि रियल जुस कम्पनीलाई कुनै कारबाही नै भएको छैन कि।

रियल जुस कम्पनीलाई केही/कति कारबाही भयो/भएन कुन्नि? त्यो विषयमा जानकारी पाए हुन्थ्यो। आजभोलि खाद्य पदार्थमा एकपछि अर्को मिसावट पाइएको बेलामा सम्झेको मात्र हो मैले। रियल जुसका लाई कुनै कारबाही भएन र आजभोलि पक्राउ गरिएकालाई पनि कारबाही हुन्न कि भनेर मैले यो लेखेको होइन। नेपालमा त कसै कसैले नलेखेको कुरा पनि बढी  बुझ्ने बानी छ। रियल जुसलाई पनि कारबाही भयो होला, नभए कारबाही हुन पर्यो र अहिले खाने कुरामा अखाद्य वस्तु मिसाएका भनेर पक्राउ परेकालाई पनि कारबाही हुन पर्यो।

    • Dinesh Raj Gyawali यति भनेसि बुझ्नुपर्नेले नबुझे हामी बुझौला नि , जति जोगी आएनि कानै चिरेको :))
      September 16 at 2:41pm ·
    • Shudarson Subedi हो दिपक जि हो सत्य तपाइले भनेको हो
      September 16 at 3:22pm ·
    • Tej Prasad Neupane Tosil kura thik
      September 16 at 3:29pm ·
    • Deepkiran Sharma kehi hunna.
      September 16 at 9:20pm ·
    • Sunita Giri keep remind them.. to corporate house, food inspectors team and as well as the public at mass....
      September 17 at 10:52am ·
    • Ballav Timalsina paisa pelepachi ............. :(
      Sunday at 8:20am ·

  • No comments:

    Post a Comment

    Please leave your comment here