Saturday, September 10, 2011

विदेशमा सभासद देख्नासाथ फर्काइदिम्न साथी हो !

अस्ति नै विभिन्न जिल्लामा जस्तै देश बाहिर पनि सभासद पुगे त्यहाँका नेपालीहरु मिलेर ती सभासदलाई 'तुरुन्त देश फर्किहाल्नुहोस र संविधान बनाइहाल्नुहोस्' भनेर दबाब दिने अभियान चलाउने कुरा भाथ्यो। तर विदेशबाट दबाब पाएका कारण कोही सभासद अहिलेसम्म फर्केर आए झैं मानेको छैन। कहिँ पढ्न पनि पाइएको छैन।

संविधानसभाको म्याद थपेको ३ महिनामा केही नभएर फेरि ३ महिना म्याद थपेको बेलामा एमालेका माधव नेपाल, नेपाली काँग्रेसका रामशरण महत र गगन थापा, एकिकृत नेकपा माओवादीका खिमलाल देवकोटा, मधेशी जनअधिकार फोरमका उपेन्द्र यादव जापानतिर गएका थिए एक साता अगाडि। जापानमा भएका साथीहरुलाई तिनको सातो लिएर छिटो संविधान बनाउन जाओ भनेर नेपाल फर्काइदेओन भनेको कसैले सुनेन क्यारे। अब त उनीहरु आँफै कार्यक्रम सकेर फर्किन लागिसके। तर गैर आवासीय नेपाली संघ जापानी च्याप्टरको फेसबुक पेजमा भने स्टाटसलाई कपी पेस्ट गरेका रहेछन्।

यता नेपालमा भने पाल्पासहित केही जिल्लामा अहिले पनि सभासदहरु पुगे तुरुन्त संविधान निर्माणमा जानुहोस् भनेर काठमाडौं फिर्ता पठाइन्छ भनेर पत्रिकामा पढेको थिएँ।

जापनमा रहेका नेपालीले झैं नगरी अन्य देशमा रहेका नेपालीहरुले त्यो देशमा कोही पनि नेपाली सभासद आउनासाथ संविधान बनाउन दबाब दिदैं तुरुन्त नेपाल फर्काइदिनुहोस मित्रहरु, देशको माया छ भने। त्यसो भए संविधान बनाउन तिनलाई अलिक दबाब पर्दथ्यो होला, नत्र त अहिले थपेको बेलामा पनि संविधान नबन्ने पक्का छ। भनेर के गर्नु र विदेशमा बसेका साथीहरु पनि विभिन्न दलमा बाँडिएका छन् क्यारे। आफ्ना पार्टीका सभासदहरु आउँदा दबाब दिनुको साटो उल्टो फुलको गुच्छा दिएर स्वागत गर्ने होलान्।

आफू विदेश जान पाएन अनि त्यही रिसमा अरुलाई फर्काइदेओ भनेर लेखेको भनेर कसैले भने पनि सहनै परो, देशको जो माया छ आफूलाई...



    • Gyawali Ramesh तिनीहरु येहा भाको बेला कतिनै संबिधान लेखिए जस्तो, जाउन बरु दैब संयोग केइ परेर फर्केर नआऊन्
      September 4 at 10:42am ·  ·  6 people

    • Jaw Knock Raazaa सालेहरुलाई लुट को धन फुपुको सराद्दे छ ! होइन यस्ता मन्द बुद्दिलाई बिदेशाँ क्यार्न बोलाम्चन क्या ! लात्ताले देर पिउन को जागिर लाउनी खालका लाई ! :))
      September 4 at 10:43am ·  ·  2 people

    • Ramchandra Rajbanshi हो भन्या, यी ६०१ लाई संधैंलाई बाहिर पठाउने उपाय चाहिं के होला ?
      September 4 at 10:49am ·  ·  1 person

    • Binod Dhungel Risko jhok ma kasaile ved padhdaina bhaneko yahi ho.........
      September 4 at 10:50am · 

    • Nirajan Sinkhada Niran बरु नेताजती सबै कहिल्यै नफर्किनेगरी बिदेश तिर गए यो देशको भलो हुन्थ्यो भन्ने हामलाइ लाइराछ
      September 4 at 10:50am ·  ·  2 people

    • Dipak Bhattarai मन त मलाई पनि विदेश गएका नेपाली नेता जतिलाई उता भएका नेपालीहरु मिलेर यता नफर्काउने जाँजोपाँजो मिलाउनुहोस् भन्ने हो। तर मानव अधिकारवादीहरुले मेरै सातो खान्छन् कि भनेर डराएर। के गर्नु छाति ढुकुरको जस्तो छ।
      September 4 at 10:53am ·  ·  4 people

    • Dipak Bhattarai जापानमा रहेका मित्र Binod Bhattarai को सल्लाह पनि सुन्ने हो कि मित्र हो! अरुलाई यतै राखेर भर्खरै मासु पसल खोलेका गगन थापालाई सम्म सातो लिएर पठाइदिउँ कि भन्दै हुनुहुन्छ। कुनै राय उहाँलाई भए यहाँ लेख्दिम् है।
      September 4 at 11:02am ·  ·  2 people

    • Jiwan Bhattarai Afu kunai partyma navaera tyahi uhile hajurbale banaidya thotro gharmai basiraa bhae ni kamgresko yo yuva neto Gagan Thapa bhanne jasta neta haru vae vane chai mulukaan kehi hun6 hai keta ho vanera yahan khadima gaf dine mero nakaima kalo potera gagan pani japan hinde6n ! Lau kherai gae6n ! Aru ta pahile dekhikai chinaru hun lawalashkar laera videsh tira janti janema !
      September 4 at 11:37am · 

    • Jiwan Bhattarai Philipins ka marcos jastai lash pani desh bhitrina napaune gari khedauna pae tai baru dhukka hunthyo ki !
      September 4 at 11:45am ·  ·  1 person

    • Ran Saru हाम्रा गांमका ठिटाहरु कोरिया जानलाई जांच देको सबै फेल भएछन र यस पटक कोही पनि कोरिया जान नपाउने भनेका छन । यी नेताहरु के जापानी भाषाको जांचां पास भएरै होला जापान जान लाको ।
      September 4 at 11:47am ·  ·  3 people

    • Suraj Shrestha ma japan ko southma pare natra sale harlai lat hanera pathauthiye k garnu tai ni time milyo bhane heram tiniharulai
      September 4 at 1:47pm ·  ·  2 people

    • Hari Ram Paudel ‎@ Ran Saru ji यिनीहरु रातो पासपोर्ट बोकेर जापान गएका हुन्, यिनीहरुलाइ न भाषा पास गर्न पर्छ न अरु कुनै झन्झटिलो प्रक्रिया...रातो पासपोर्टको कमाल नै त्यहि हो...किन्ने हो भने यिनीहरु फर्के पछि सम्पर्क गरौ है सर ......
      September 4 at 2:09pm ·  ·  1 person

    • Ran Saru त्यसो चांही नगरौ होला अत्तियारले समात्यो भने लाख भन्दा तलको धारौटीको कुरा हुदैन । जानि जानि मामा घर पनि जानु भएन । यस्तै फेसबुकमा लेखेर सन्तोष मान्न बाध्य छु । अरु के गरौं ?
      September 4 at 5:13pm · 

    • Tara Thapa Magar जापानकै एयरपोर्ट बटा फिर्ता गरे दिए कसो होला ..........
      September 5 at 3:26pm · 

    • Ran Saru एयर पोर्टमा पनि नटेक्दै प्लेन आकासबाटै फर्काउन पर्छ ।
      September 5 at 4:38pm via  · 

    • Suraj Shrestha bichara desma ta janata le 601 bat dukha paye abe ti 2-6 jana la sathma udeko lai feri kina dukha dinu ra
      September 5 at 5:24pm · 

    • Ran Saru udeko ude bhay bhane sorah sarad ma yad garnu parla
      September 6 at 12:57pm · 

    • Dinesh Acharya ‎-नयाँ नेपाल बनाउने वाबुरामका सारथीहरुलाई सुन्ने हो भने हासेर मर्नु हुन्छ । अर्थमन्त्री बर्षामान पुनलाई गभर्नरले बि्रफीङ गर्दा माइक्रोइकोनोमी भनेछ । उनले तत्कालै सोधे- 'यो 'माइक्रोइकोनोमी' भनेको के हो ? उता खेलकुद मन्त्री कमला रोकाले साफ गेम कहां हुदैछ ? भनेर पत्रकारले सोधेको प्रश्नमा, 'दक्षीण एशियामै हुन्छ नि !' भन्ने जवाफ दिएलगत्तै आफ्नो भाषणमा भनिछिन- 'हाम्रो जीवनमा खेलकुदको निकै महत्व छ किनभने हामी आमाको पेटदेखि नै खेल्दै आइरहेका छौं ।' दिपक भट्टराईले पायो भने अल्ली फन्नी बनाउथे की !
      September 6 at 1:05pm ·  ·  1 person

    • Kamred Km Hulaki जनता लाई केही दिन नपर्ने भएसी यिनले संबिधान चाँही दीइहाल्छन भन्ने हामीलाई लाईराछ। तेसैले; चिन्ता नगरौं।
      Thursday at 10:09am · 

No comments:

Post a Comment

Please leave your comment here