Friday, August 5, 2011

सपथ हुन्छ हुन्नमा बित्यो साता

के के न माओवादीका नयाँ मन्त्रीले सपथ खाँदा र नखाँदामा सेना समायोजना र संविधानमा ठूलै फरक पर्ने झैं गरी जताततै मानिसले त्यही मात्र गफ गरिरेहका छन्। माओवादीका नयाँ मन्त्रीले सपथ हुन्छ। हुन्न। आजै हुन्छ। आज हुँदैन। नहुने पक्का भयो। सपथ हुने पक्का छ। सपथको समय तोकिसकियो। होइन एमालेले अवरोध गर्यो। सपथ ग्रहण भइसक्यो। अगिल्लो साता यस्तैमा बित्यो।

गत वैशाख २२ गते माओवादीबाट मन्त्रीमा सिफारिस गरिएकाहरु मध्ये जयपुरी घर्ती मगर सहितका मन्त्रीहरुले मन्त्रिपरिषदमा महिला सहभागिता ३३%  नभएको र आफ्नो पार्टीले पनि सो अनुसार सिफारिस नगरेको भन्दै सपथ लिएका थिएनन्। त्यसपछिका समय माओवादी पार्टी भित्रको अन्तरविरोध मिलाउनै समय खर्च भयो। यस अगाडि कहिले माधव नेपाल सरकारको विरोधमा समय खर्च भयो। कहिले प्रधानसेनापति बिबादमा समय खर्च भयो। खास काम स‌विधान निर्माण भए पनि समय खाली सरकारमै केन्द्रीत भएको छ।

स‌विधानको मस्यौदा जारी गर्ने भनेको भदौ १४ को दिन आउन एक महिना पनि नहुँदा हरेक साता हाम्रो समय यसरी नै बितेको छ। अब नयाँ साता के मा बित्ने हो ?



    • Jaw Knock Raazaa यस्तै हो दाजु,कुकुर ब्याए नि के तुहिए नि के ! :))
      August 1 at 3:44pm ·  ·  10 people

    • Bishnu Thapa dipak dai sapath ga khuwaune re ni ta ? maile ta aja testai kura padheko news paper ma
      August 1 at 3:46pm · 

    • Ramchandra Rajbanshi २८ दिन बाँकी छ भनेर के के न हुन्छ भनेर भन्न खोज्या होला, केहि हुँदैन | घाम पुर्वबाटै उदांउछ, बागमती तलतिरै बग्छ , धरहरा आफ्नै ठाउंमा उभिएको हुन्छ | चिन्ता नगरौं, केहि हुँदैन | आखिर पशुपतिनाथ जो छन् गौशालामा !
      August 1 at 3:52pm ·  ·  4 people

    • युबराज गौतम मैले नी नाम नै उच्चारण गर्न गाह्रो हुने साथीको भनाइलाइ नै सहमति दिएँ |
      August 1 at 3:55pm · 

    • Ram Radha Ghimire पुर्वाग्राही भावमा अमुक गन्तब्यको यात्रा येस्तै हो
      August 1 at 4:01pm · 

    • Gyanendra Khadka शपथ खाएर के गर्नु । शपथ खाएदेखि नै कतिखेर राजिनामा दिनुपर्ने चिन्ताले मन्त्रीहरुलाई सताउँछ । अव हाम्रा देशका पर्धानमन्त्रीले गोजीमा सधै शपथपत्र र मन्त्रीहरुले राजिनामा पत्र बोकिरहे भयो ।
      August 1 at 4:03pm ·  ·  3 people

    • Bishwanath Acharya a sir 28 din hoina yi rajnitik dal le 28 barsa ma pani banaudainan sambidhan
      August 1 at 4:40pm · 

    • Deeplata Upadhyaya S_Patra ,R_Patra Bokni bag ko go jo chatya jasto6..
      August 1 at 4:44pm · 

    • Prakash Raj Pandey यो हाम्रो प्राचीन देशमा शताब्दी शताब्दी यसै बितेका छन्, यो तिन महीना बित्नुमा आश्चर्य नै के छ र
      August 1 at 9:00pm · 

    • Sunita Giri good point...
      Tuesday at 10:39am · 

    • विष्णु प्याकुरेल हो नी , खाली वाहियातको नाटकमै भदो १४ कटाउँने मेसो मात्रै हो यो अरू केही होइन ।
      Tuesday at 11:45am ·  ·  1 person

No comments:

Post a Comment

Please leave your comment here