Sunday, August 28, 2011

हाकिमको मोबाइल आतंक

अफिस ट्याम भएपछि मेरा प्राय हाकिम साथीहरु मोबाइल आतंकमा हुन्छन्। ९ बजे अफिस खुल्ने हो भने साढे ८ बजेतिरबाट कि त  मेसेज आउन सुरु गर्छ कि फोन नै आउँछ -  'आज ढिला हुन्छ है' र 'आज आउन नसक्ने भएँ' भन्ने। कहिलेकाही उनीहरुले यस्तो मेसेज र फोन १० बजेसम्म पनि पाउँछन्।

एक जना १० बजे अफिस सुरु हुने हाकिम साथीको मोटरसाइकल पछाडि बसेर कतै जाँदै थिएँ। उनको मोबाइलमा घन्टी बज्यो, फोन पकेटबाट झिकेर मलाई उठाइदिनु भने। उनका सहकर्मीले आज अफिस आउन ढिला हुने भन्ने सूचना दिन चाहेका रहेछन्। ती हाकिम साथीका अनुसार १० बजे अफिस सुरु हुनेहरुलाई चाहिँ साढे ९ बजेदेखि त्यस्तो मेसेज र फोन पाउन सुरु गर्छन्। ११ बजेसम्म पनि यो फोन र मेसेज आउने क्रम रहन्छ।

बैंकका काउन्टरमा बस्ने जस्ता अफिस गइहाल्ने वितिकै जनतासँग प्रत्यक्ष जोडिएको काम गर्न पर्ने कार्यालयका हाकिमलाई यस्ता फोन, एसएमएस त्यति आउँदैन। तर एकाध घन्टा ढिलो भएर पनि खासै फरक नपर्ने काममा भने हाकिमहरुलाई  यस्ता जानकारी आउँछ।

यसरी अफिस टाइम सुरु हुने बेलामा हाकिमलाई अफिस ढिला हुने जानकारी दिनेले एउटा सानो काम परेर,  ट्राफिक जाम परेर, हिड्ने बेलामा मोटरसाइकलको टायर पन्चर भएर, घरमा कोही आइदिएर भन्छन्। तर ती मध्ये धेरैजसो बिहान अल्छी गरेर ८ बजे मात्र उठ्ने गरेकाले यस्तो भनेका हुन सक्छन्। ८ बजे उठेपछि फ्रेस भएर ब्रेकफास्ट खाएर ९ बजे अफिस पुग्न ढिला हुन्छ नि।

अर्को 'आज आउन नसक्ने भए' भन्नेले चाहिँ अलिक ठूलै नाटक गर्न पर्छ। कि आफू विरामी परेको कि परिवारमा कोही विरामी परेको कि आफन्तमा कोही विरामी परेको गाउँबाट कसैलाई उपचार गर्न ल्याएको आदि।

अब आज असाध्यै टाउको दुखेकालाई भोलि आराम पनि हुन सक्ने भएकाले भोलिपल्ट एकदम स्वस्थ्य देखे पनि हाकिमले हिजो विरामी पर्या मानिस आज कसरी ठीक हुनुभयो भनेर सोध्न मिलेन त। बिदाका लागि हाकिमलाई गर्ने फोन पनि बडो नाटकीय हुन्छ। अब सन्चो नभएकाले दिन नै बिदा माग्ने हो भने त्यही अनुसार  स्वरमा बोल्न परो। ओछ्यानमा सुती सुती गरेमा त्यस्ता फोन प्रभावकारी हुन्छ। स्वर अलिक विरामी विरामी आउँछ नि। अरु विरामी भएकोमा बिदा माग्न परो भने चाहिँ अलिक आत्तिएको जस्तो बहाना गरी फोन गरिएको हुन्छ। अलिक हडबडाहट स्वरमा फोन।

कोही कोही नाटक गर्न नजान्नेले चाहिँ डुबाउँछन्। ट्राफिकमा फसेकाले 'ढिला हुनेभयो हेर्नु न आज कस्को जुलुस रहेछ कस्तो जाम छ भने' भन्छन् तर शान्त ठाउँबाट। घरभित्रबाट ट्राफिक जामलाई दोष दिएर फोन गर्यो भने हाकिमको पारो तात्छ।

एसएमएस पनि थरिथरिका हुन्छन्। 'म आज ढिला हुन्छ' भन्ने धेरैले कारण खोल्दैनन्। कसैकसैले सरी वा एक्स्क्युज मीसम्म लेखेका हुन्छन्। तर पुरै दिन नै अफिस नजाने हो भने चाहिँ कारण पनि खोलेका हुन्छन्। हाकिम र तिनका मुड हेरी त्यस्ता एसएमएमा दोहोरी पनि पर्छ। जति बढी शंका भयो हाकिमले उति धेरै प्रश्न एसएमएस मार्फत सोध्छ। फोनमा पनि त्यस्तै हो कहिलेकाही सजिलै हुन्छ भन्छ भनिदिन्छ हाकिमले कहिलेकाही चाहिँ दुई चार वटा प्रश्न राख्छ।

यस्ता एसएमएस र फोन आएमा हाकिमले  - त्यो दिन उसले के काम गर्दैछ भनेर जिज्ञासा राख्नुपर्छ। ढिला आउँदा साँझ सम्म त्यो काम सकिन्छ कि सकिदैंन। नआउँनेलाई चाहिँ त्यो काम कहिलेसम्म सकिन्छ भनेर जिज्ञासा राखेमा त्यस्ता एसएमएस र फोन गर्ने अलिक हच्कन्छन् कि।

(करिब डेड वर्ष एउटा कार्यालयमा सानोतिनो हाकिम हुँदा भोगेको र अन्य मझौला हाकिमे साथीको अनुभवको आधारमा। हाकिमले पाउने दुख अनेक छन्...)

    • बनकाइँला बनकाइँला मोबाइल आतंक......hahahaha
      Friday at 12:39pm · 
    • David Rai 
      Yesto...Anushasan bihin Paripati sayad Nepal kaa Haakim maa nai Dakhin chan, jaha [kanun ]law lai Khalti ma rakhera Bolnea [speak] Garchan..Nepal kaa Hakim Bhanauda haru...Sarkari Sastha,Nigam,ra Prasasan kaa Yesta Sarkari haakim Haru Bata hami [Garib Janta haru ]lea K Kura ko Asha Rakhnea..?! Nepal ko Yo System ko network [jaalo] taala dekhi..Mathi..Mantri samma Hunea garchan..AABA KO Din Nepal Lai pani AANA Hazrea KO khacho 6. BHARSTACHAR birruddha ko Naya AAVIYAN KO LAGI>>>

No comments:

Post a Comment

Please leave your comment here