Thursday, August 25, 2011

सार्वजनिक गाडीमा कानै खाने गीत

कान जचाउन जान लाग्या म त ! चक्रपथ परिक्रमावाला बसमा धोबिघाटदेखि सामाखुशीसम्म आइपुग्दा ड्राइभरले यति ठूलो स्वरमा हिन्दी गीत बजाए कि कानको जाली फुटे झैं मान्याछु। हैन ! सार्वजनिक यातायातमा ड्राइभरहरु आफूलाई मन लागेको गीत किन कानै खाने गरी घन्काउने हुन् ? मानिसहरु कुन मुडमा हिडेका हुन्छन् ...

कुनै पनि देश सभ्य हुनलाई सबैभन्दा आवश्यक पर्ने कुरा नागरिक चेतना नै होला। सबैले आफ्नो कामका कारण कतै अरुलाई असजिलो परेको त छैन भन्ने सम्झेर मात्र काम गरिदिने हो भने कति सभ्य हुँदो हो समाज। विकसित देशका सार्वजनिक यातायातमा कहिँ पनि ठूला ठूला स्वरमा गीत घन्काउने गरे झैं मान्दिन।

सार्वजनिक यातायातमा अनेक थरिका मानिस हिंडेका हुन्छन्। कोही भर्खरै कसैको मृत्युको दुखद समाचार सुनेर बस चढेका होलान्। कोही दिनभरको कामको थकानपछि घर जाने बेला शान्तिसँग जान पाइयोस् भनेर गाडी चढेका होलान्। ठूल ठूला लाउड स्पिकरमा गीत बजाउँदा तिनको हालत के होला। कम्तिमा यस्तो कुरा त गुरुजीहरुले पनि याद गरिदिए हुने।

मानिसहरुमा चिडचिडाहट आउनुमा यस्तो म्युजिक पनि दोष हुँदो हो कि। ठूला स्वरमा गीत नै मन पर्ने त क्लबमा पनि जालान्, घरैमा पनि छिमेकीलाई असजिलो नहुने गरी बजाउँदा हुन्। सार्वजनिक यातायातमा हाम्रो पनि ठूलठूलो स्वरमा बोल्ने बानी छ। मेरा क्रियाकलापले अरु कसैलाई असजिलो भएको छ कि छैन भनेर विचार गरेर मात्र काम गर्न कहिलेहोला हामीले सिक्ने ?



    • Krishna Abiral eakdam sahi kura....
      Monday at 6:37pm · 

    • Dahal Raghu ति सबै पसुहरु हुन , मान्छे हैनन दीपक जि .....
      Monday at 7:09pm · 

    • Ram Chandra Khadka a ho ho yar
      Monday at 7:24pm · 

    • Surya Sedai Pressure horn ko fela parnubha ko bhe' toriko ful dekhnuhunthyo!
      Monday at 7:27pm · 

    • Ram Chandra Khadka hahahahahahahhahaha
      Monday at 7:28pm · 

    • Raju Dahal बिचरा, दिपक जी
      Monday at 7:32pm · 

    • Pagal Basti दाजु तिनिहरु सँग त्यो भन्दा बढि आस गर्नु नै हाम्रो मुर्खता। जो सार्बजनिक बसको ड्राइभर हुन्छ त्यो सँग त्यो भन्दा बढि आस गर्नु भन्दा कपास बोके बेस होला भन्ने मेरो निजी बिचार
      Monday at 7:45pm · 

    • Krishna Dhungana यो मैले पनि भोगि रा'को समस्या हो।
      Monday at 7:52pm ·  ·  2 people

    • Tara Thapa Magar तेही चर्को हिन्दी आवाजले कान ठिक भो कि त..........
      Tuesday at 2:44am · 

    • Meg Thada bajaununai ta galat haina tara charko chahi hoina .sarbajanik tham ma aafulaini testai banaunu parne raich kya !
      23 hours ago · 

No comments:

Post a Comment

Please leave your comment here