Friday, August 12, 2011

खानेमुखलाई जुँगाले छेक्दैन, भ्रष्टाचारीलाई हुलाकले रोक्दैन

'अलिअलि पनि घुस खान नमिल्ने भएकाले भ्रष्टाचारी कर्मचारीको हुलाकमा सरुवा भयो भने छटपटिएर सुक्छ,' भन्थे एकजना। तर जान्नेले हुलाकमा पनि खाँदा रहेछन्, दुईटा किताब, दुईवटा थैली र सानो एउटा कपडाको  एउटा पार्सल साथीलाई पठाउन पर्यो भनेर राम्ररी प्याक गरेर हुलाक कार्यालय गएको थिएँ।  कर्मचारीले 'खोल्नुस्' भने। 'हैन दाइ भर्खरै तेत्रो दुःख गरेर पोको पारेर ल्याएको अब कहाँ प्याकिङ खोलेर भद्रगोल पार्ने' भनें। तर प्याकिङ नखोल्नलाई त मिलाउन पर्ने रहेछ।


नेपालको चिनो पठाउने लागेकी एकजना विदेशी त पड्केरी हिड्न थालेकी थिइन् पार्सल खोल्न नमानेर। यसो कर्मचारीलाई मिलाए चाहिँ मिल्ने रछ। अब कसले प्याक गरेर लगेको पार्सल खोलेर हुलाक कार्यालयमा जताततै देखाएर फेरि प्याक गर्ने झन्झट बेहोरोस्। बरु अलिकति मिलाउनै सजिलो।

हुलाक कार्यालयले एउटा एक्स रे होस् कि स्क्यान मेसिन नकिनेर पार्सल पठाउन पुगेका जतिलाई कि त पार्सल खोल्नुस् कि मिलाउनुहोस् भन्दारचन्। खानेमुखलाई जुँगाले छेक्दैन, भ्रष्टाचारीलाई हुलाकले रोक्दैन।

No comments:

Post a Comment

Please leave your comment here