Monday, August 1, 2011

रेष्टुरेन्टमा ग्राहक तान्ने शैली


आइतबार साँझ टि्वटरे साथीहरुसँग भेटेको रेष्टुरेन्टको ऐनामा देखेको विज्ञापन। प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पसको छ‌ेउमा रक्तसञ्चार केन्द्रले भाडामा दिएको सटरमा चलाएको रेष्टुरेन्ट हो कि क्याफेमा यस्तो विज्ञापन छ।

साउनमा खिर खानपर्छ भन्ने यिनले जेठमा सातु,  असार १५ मा दहि चिउरा, भदौमा तिजको दर, असोजमा दशैंताका चिउरा- मासु वा मासु- भात, कात्तिक तिहारमा सेलरोटी, पुसमा चाम्रे हो कि लट्टे, माघमा  फुरौला र तिलको लड्डुको विज्ञापन गर्दा हुन्।

(अरु कुन कुन महिना र चाडपर्वमा के के कुरा खाने चलन छ। जानकारी पाउन पाए भोलिपर्सी अरुलाई नि काम लाग्थ्यो। म यसमा थप्दै जाने थिएँ र कपिराइट अधिकार तपाइलाई दिदैं आभारी हुने थिएँ।)



    • Adhikari Hari ब्यापारीदिमाग .........
      11 hours ago ·  ·  2 people

    • Neerazen Bista Dami. Khusi lago. Marketing ramro cha pasal ko...
      10 hours ago · 

    • Manoj Smart yo rr 6eu ko raktsanchar building ko cafe ma tanseko 6........... haha like this
      10 hours ago ·  ·  1 person

    • Tara Thapa Magar बेस्कन खाएर बिल नतिरी हिडे भैगो नि, " साउन महिनामा खाको खिरको पैसा लिने दिने चलन छैन नि त" भनेर ..........
      10 hours ago ·  ·  3 people

    • Srbjit B Mgr ‎1 kilo khayar 2 kilo chherna gari tara sir hahahaha..
      9 hours ago · 

1 comment:

  1. aru ta thaha bhayena.... RESULT aaune mahina bhane BAAU ko Danna Gaali Khaane chalan chha hamro kaa !! :D ..

    ReplyDelete

Please leave your comment here