Monday, July 25, 2011

थकाली भान्साघरमा खोई त थकाली ?

'थकाली'हरुले त कपिराइट लगाउन संघर्ष नगरी नहुने भएको रहेछ नि यो देशमा। शुक्रबार बिहान काठमाडौं बाहिरबाट काठमाडौंसम्म थकालीकहाँ खाना खाने भन्दै ४ वटा जति थकाली लेखेको भान्छा घरमा गइयो। कहीँ 'डन'हरुले चलाएको थकाली रहेछ, कहिँ बाहुनले चलाएको थकाली भेटियो। थकालीहरुले 'थकाली भान्छा घर' लेखेकाहरुसँग थकालीको प्रमाणपत्र माग्दिउन्, हामी उपभोक्ता नठगिउम्...


काठमाडौं विश्वविद्यालय धुलिखेलमा यसपटकको बजेटमा सहकारीमा दिइएको प्राथमिकता सम्बन्धि साझा सवाल रेकर्डिङ सकेपछि खाना खाने कुरा भयो। खाना त खाने तर कहाँ खाने भन्नेमा साथीहरुबीच छलफल हुँदा धेरैले 'थकाली' कहाँ गएर भात खाने कुरा गरे।

थकालीहरु खाना मिठो बनाउन निकै चर्चित छन्। थकालीकहाँ गोलभेंडामा टिमुर हालेको अचारको स्वाद कतिपयको जिब्रोमा गडेको हुन्छ। थकाली भान्साघरमा जिम्मुले झानेको दाल र गुन्द्रुकको अचार पनि पाइन्छ। अझ जान्नेहरुले त टिमुरको छोपको अचार र घिउ पनि माग्छन्। थकालीहरुले जहिले पनि दाल भात तातो बनाएर दिने गर्छन् र सरसफाइमा पनि उनीहरुको 'होटल' अरुको भन्दा राम्रै हुन्छ।

थकालीकोमा भात खाने भनेपछि बनेपा बजार आइयो। बनेपा बजारमा थकाली भान्छा घर लेखेको ब्यानर भएको एउटा होटलमा गइयो। तर खाना अर्डर गरेर एकछिन त्यहाँ बस्दै गर्दा हामीसँगै कार्यक्रममा गएका चिरन्जिवी नेपालले  सफाइमा शंका व्यक्त गरे। उनले सोधिपनि हाले, 'यो नाम मात्रको थकाली हो कि काम पनि थकाली हो?'

होटलमा पैसा बुझ्ने साहुदेखि काम गर्नेहरु कोही पनि थकाली जस्तो देखिएका थिएनन्। नेपालको जवाफ होटलका कर्मचारी कसैले दिएन। तर हामी नजिकैको टेबलमा खाना कुरिरहेका एकजनाले भने, 'यो नाम मात्रको थकाली हो।'

त्यसपछि त्यहाँ खाने मन भएन। लउ अर्को थकाली खोजौं भन्दै बाहिर निस्केको एक जना स्थानीयले सुनाए, 'यो त बनेपाका डनहरुले चलाएको पो हो कहाँको थकाली हुनु। नाम मात्र थकाली भनेर ठगेका हुन्।' ए डनहरुले पनि थकालीको नाममा चलाएका रहेछन् भन्दै हामी त्यहाँबाट हिड्यौं। वास्तविकता चाहिँ के हो कुन्नि?

काठमाडौं नै गएर कुनै थकालीकोमा खाना खाऔंला भनेर बाटामा थकालीको विषयमा चर्चा गर्दै आइयो।थकालीको नाममा भात खुवाउने होटल मध्ये कतिपयमा थकाली नहुने गरेको चर्चा सुनियो। मलाई पनि एक महिना अगाडि चितवन जाँदाको सम्झना भयो। पृथ्वीराजमार्गमा थकाली भान्छाघर भनेर लेखेको होटलमा गएको त चिनेको मानिस पो साहु देखिए। उनी नेवार हुन्। मैले किन थकालीको नाम राखेको भनेर किन सोधिरहन मन लागेन, उत्तर थाहै थियो। खानामा पनि कुनै थकाली स्वाद थिएन।

अरु साथीहरुले पनि कसैले बुटवल जाँदाको, कसैले विराटनगर जाँदाको अनुभव सुनाए। थकालकीको नाममा झुक्किएका अरु पनि रहेछन्। काठमाडौं आएपछि बानेश्वरमा थकाली रेष्टुराँमा खाना खान छिरियो। तर खानाको परिस्थित हेर्दा त्यो पनि थकाली होइन रहेछ जस्तो लाग्यो। बुझ्दै गर्दा थाहा लाग्यो होटल साहु त थकाली नै रहेछन् तर तीन वर्षदेखि जापानमा बस्दै आएका। अहिले बाहुन होटल म्यानेजरले थकालीको नाममा चलाइरहेका रहेछन्। थकालीको नामोनिसान कोही रहेनछ।

हुन त थकाली भान्साघर अरुले खोल्नै नपाउने भन्ने केही छैन होला तर पनि थकाली नाममा खोजिसकेपछि सफाईको गुणस्तर र खानाको मिठासमा पनि थकाली स्वाद त आउनु पर्‍यो नि हैन र ?

    • Kiran Neupane i Deepak sir, Hamile, Chinese, Thai, Indian, Mexican jasto khana pani Banauna paune, Aaphnai deshko Thakali Khana Banauna kina napaune.? Baru Gunastharko kura Bhane Sambedanshil chha.
      Saturday at 10:15am · 
    • Tara Thapa Magar ज जसले बनाए नि खानामा थकाली आइटम छुटाउन भएन र गुणस्तर नि घटाउन भएन कुरो एउटै हो बरु थकालीसाहु र नानीहरुलाई कपिराइट गरेकोमा ननिको लाग्ला .......
      Saturday at 10:29am ·  ·  1 person
    • Rupa Pandey आज सम्म लेखेका सबै कुराले धेरै थोरै राम्रो लागेकै थियो । तर यो कुरा भने साह्रै चित्त बुझेन मलाई , तेसो भए एउटा देशको खानेकुरा अरुले बनाउन नपाउने त , सबै कुरामा जातियताको भावनाले फुट ल्याउन खोजिरहेका बेला तपाईं जस्तो पत्रकारले येस्तो भन्न हुदैनथियो की ? संस्क्रिती त आदान प्रदान गरेको पो राम्रो त , थकालिका खाना थारुले पनि खान, खुवाउन लागून , अनी थारुका खाना हिमालका शेर्पाहरुले पनि..... अनी पो त नेपालीपन आदान प्रदान अनी समिप्यता
      Saturday at 10:44am ·  ·  3 people
    • Gyawali Ramesh महँगो थकाली भन्दा सस्तो लुम्बिनी तन्दुरी नै जाति / धेरै खोज्नु पनि नपर्ने पाइला पाइला मा खुलेको छन्
      Saturday at 11:01am ·  ·  2 people
    • Dhruba Lingden ‎@ rupa g, i agree with your opinion but problems are those they have lack of variety of dishes. Even they don't know how many items contain in a set of meal which are served. i m victimized so many times,...
      Saturday at 11:18am · 
    • Rupa Pandey Dhurba ji , that is different issue needed to be presented in different ways not in the way mentioning like" Bahun, Madhesi, Dalit, ........ I think presentation matters in different ways...
      Saturday at 11:25am ·  ·  2 people
    • Shyam Khadka थकाली भनेर बासी भात ख्वाउनेको को बिगबिगी छ आजकाल..................
      Saturday at 11:34am ·  ·  1 person
    • Yuvraj Acharya थका लि होलान् नि तिनी हरू। ग्राहक लाई थकाएर पैसा लिने
      Saturday at 12:20pm ·  ·  2 people
    • Manish Gautam ekdam thik kura garnu bhayo sir, thyakkai man ko kura lekhi dinu bhayo
      Saturday at 12:52pm ·  ·  1 person
    • विष्णु प्याकुरेल नाम थकालीको पेस्ट गरेर मान्छे भने ठगाली होलान् के ।
      Saturday at 12:59pm ·  ·  1 person
    • Kavi-The Poet Shrestha भक्तपुरकेा जुजु धैा पनि त हिजेा अाज पसलेकै फि्जमा तयार हुंदेा रहेछ नि मित्र ।
      Saturday at 1:31pm ·  ·  2 people
    • Prakash Khatiwada Upadhaya कतिको " कपी राईट " गर्नुहुन्छ ? । थारुको घरअांगन, मुसहरको मुसा मार्ने कौशलता,वाहुनको अाध्यामिकता,क्षेत्रीको शुरवीरता,गुरुगंको घरवनौट ,थकालीको भान्सा , राईको खुकरी नाच , मगरको लिडेढिपी कतिको हो बन्धु कतिको ?
      Saturday at 5:55pm ·  ·  1 person
    • Basanta Maharjan जजस्को पहिचान जे जे हो त्यही पहिचान खुलाउँदा हुन्थ्यो नि । थकाली भोजनालय भनेर पसिन्छ, त्यहाँ थकालीको कुनै पहिचान नै पाइन्न । नेवारी रेष्टुरेन्ट भनेर लेखिएको साइनबोर्ड त पाइन्छ काठमाडठौंमा तर सबै ठाउँमा नेवार खाजाको स्वाद पाइन्न । थकाली भन्छाघर भनेर अरु जातिले पनि खोल्न पाइन्छ, नेवारी रेष्टुरेन्ट भनेर अरु जातिले पनि खोल्न पाइन्छ तर नाउ अनुसारको स्वाद पनि दिनु पदर्‍यो नि । जातिको नाउँ दिएपछि त्यहाँ त्यस जातिको पहिचान त दिनै पर्छ होइन भने कुनै अर्को नाम राख्दा पनि हुन्छ नि , किन धोखा दिने ग्राहकर्लर्ाइ ? मलेखुको माछा खाने भनेर काठमाडौंदेखि मलेखु जान्छौं हामी तर खुवाएर पठाइन्छ जनकपुरको । अनि गीन गाउन मन लाग्छ यस्तै रहेछ यहाँ को चलन यो ....
      Saturday at 6:26pm ·  ·  1 person
    • Prakash Koirala maile pani deepak dai lai thakali ko aagadi nai dekheko thiya kuraa testo po racha
      Saturday at 7:37pm · 
    • Chakra Karki Thakali Bhanchha ghar vaneka sabai gair Thakalile chalayaka 6an.yo sarai dukhako kura vo?
      Saturday at 7:41pm · 
    • Anita Devi Harek jaatma Mukhiya, Thakali hunchhan hola, tyasaile Thakali shabdako TRADE MARK copyright garna garho hola. Aba hamile bujhne Thakali Bhanchha Ghar chahi Sherchan, Gauchan, Bhattachan, Tulachan.... Pannachan, Lalchan, Jwarchan, Hirachan... Bhanchha Ghar bhanne naambaata sanchalan hunu paryo jasto chha.
      Saturday at 9:02pm · 
    • Narendra Devkota naam anusar ko kam kaha bha chha ra Dipak Dai Nepal ma? Jasko haat chhaina usko naam Hasta Bahadur bhanne thaha chhaina?

No comments:

Post a Comment

Please leave your comment here