Monday, July 11, 2011

बजेट त माओवादीलाई मात्र आउँछ कि के हो

म केटाकेटी हुँदा गाउँमा एउटा आहान खुब चलेको थियो। बिदेशबाट (त्यतिबेला भारतबाट) बाउ आएकोमा केटाकेदीहरु खुब खुशी भए रे। आमालाई भने रे बा आए बा आए। आमाले तिनलाई भनिन् रे- 'बा आउन त आए तिमीहरुलाई के आए र बा मलाई पो आए त।'

आजको कान्तिपुर पत्रिका हेर्दा यो वर्षको बजेट पनि त्यस्तै हुन्छ जस्तो लाग्यो। बजेट आयो त आयो माओवादीमा लागेकालाई पो आयो त भन्या जस्तो हुने भयो। माओवादीमा लागेर हराएका र मारिएकाहरुका आफन्तहरुलाई अहिलेको बजेटबाट १०/१० लाख रुपैयाँ दिने तयारी भइरहेको छ रे। तयारी भन्दा पनि माओवादीहरुले अर्थमन्त्री भरतमोहन अधिकारीलाई दबाब दिइरहेका छन् रे। यदि त्यसो भएमा सशस्त्र द्वन्द्वका बेला वेपत्ता भएका र माओवादीका तर्फबाट मरेका १३ हजार परिवारले १०/१० लाख रुपैयाँ पाउँछन्।

माओवादीलाई तेत्रो रकम दिइए सरकारलाई कर्मचारीको तलब बढाउन पनि असजिलो पर्न सक्छ भनेर पत्रिकाले लेखेको छ। सरकारी कर्मचारीहरुको तीन वर्षदेखि तलब नबढेकाले यसपटक ३० प्रतिशत तलब बढाउने तयारी भइरहेको छ। यदी माओवादीलाई दिंदा कर्मचारीको तलब ज्यादै कम बढ्यो भने त  यसपालीको बजेट आयो तलाई के आयो र माओवादीलाई पो आयो भने झैं हुने भयो।

करिब १३ अर्ब रुपैया द्वन्द्वका पीडितलाई मात्र बाँडन् भन्दा बरु माओवादीका सेनाहरुको व्यवस्थापनमा खर्च गरे जाति हुन्थ्यो कि। स्वेच्छाले घर जाने माओवादी सेनालाई १०/१० लाख रुपैयाँ दिने हो भने व्यवस्थापन गर्न सजिलो हुन्थ्यो होला।

1 comment:

Please leave your comment here