Saturday, April 9, 2011

लन्डनको धाराकै पानी अनि तितो स्यान्डवीच

लन्डनको धारामा आउने पानी पिउन हुने भएर रै त होला नि, हाइड पार्कको यो धाराँ एउटा खैरे टुटीमा मुख जोडेर पिइरहेको देखें। मैले नि अन्जुलीमा पानी थापेर दुई माना जति पिइदिएँ....कहाँ पाउन्ड पैसो खेर फाली फाली मिनरल वाटर किन्नु, अझ त्यो पनि लाइनमा बसेर...(हास्नुपर्ने कारण धेरै छन् हा हा हा....)


आज दिउसो लन्च खाने भन्दै स्यान्डवीच किन्न एउटा पसलाँ गाको १५ मिनेट जति लाइनमा बस्न परो। स्यान्डवीच भेज खाम भनेको पाउरोटीको बीचमा टमाटर, गाजर, प्याज, सागपात नभएर तितेपाती पो  हालेको रहेछ। किन्दा होस् पुर्याइएन। पछि खाँदा मात्र थाहा पाइयो...राम्रै त होला नि खैरेले खानेकुरा भन्दै खाएँ।

अनि आयुर्वेद अनुसार पनि त्यो तितेपाती खाको राम्रै मान्याछु मैले। किन कि जीवनमा नुनिलो, अमिलो, गुलियो, टर्रो र तितोको मात्रा बराबर हुनुपर्छ रे। तर हामीले खाली नुनिलो र गुलियो असाध्यै धेरै अनि अमिलो पनि आवश्यकता भन्दा अलिक धेरै खान्छौं। तर टर्रो र तितोको मात्रा एकदमै कम खाइएको हुन्छ।

आजभोलि काठमाडौंमा मानिसहरु मर्निङवाक गर्ने ठाउँमा कहिँ कहिँ हर्रो बर्रो अमला तितेपाती राखेर टर्रो न टर्रो पानी उमालेर बेचेको देखिन्छ। शरीरमा सबै स्वाद बराबर गराउने भन्दै खाएका हुन्छन् मान्छेले पैसा हालेर तितो र टर्रो पानी पनि।



    • Suraj Shrestha Nepalma jasari tal farkeko dharama khado raicha japan ma ta mathi farkeko dharama matra pani khancha ta
      28 minutes ago · 

    • Rudra Adhikari लण्डनको होस् कि नेपालको पानी पानी नै हुन्छ । फरेक यती हो यहाँको धारामा सधैं पानी आउछ र ढल पनि मिसिएको हुँदैन । यस् बारे पनि समाचार बनाउने हो कि ?
      23 minutes ago · 

No comments:

Post a Comment

Please leave your comment here