Thursday, April 21, 2011

लन्डनको मसाज परी


काठमाडौंमा ठमेलको गल्लीपिच्छे दुई तिनवटा मसाजका बोर्ड टाँसेका देखेको र त्यसमा के के हुन्छन् भनेर पत्रिकामा पढिरहेको मलाई लन्डनाँ नि घुम्दै जाँदा एउटा यामानको सुपरमार्केटमा एउटी कुइरेनी केटी आएर मसाज गर्ने हो भनेर सोधेर जीउ नै शिरिङ्ग गराइदिइ। 


कति पैसा हो भनेर सोधें। उनले जति दिए नि हुन्छ भनि। ओ हो अफर त खतरै रैछ भन्ने लाग्यो। अनि अरुले कति दिन्छन् त भनेर उनलाई सोधें। उनले धेरैले १० पाउन्ड दिने गरेको बताइन्। 

अनि कस्तो मसाज हो भनेर सोधें। उनले यो माथिको फोटो भएको पसलमा पुर्याइन्। सुपरमार्केटको हरेक तलाको बीचमा भाको खाली ठाउँमा एउटा ठूलो चारपाटे बाकस बनाएर बसेका रहेछन्। त्यहाँ गएपछि टाउको, घाँटी र काँधको मसाज गरिदिने रैछन् १० मिनेट। वरिपरिबाट मानिसहरु हिडिरहेका थिए।

ए भैगो बहिनी भनेर हिड्न थाल्या बेलाँ एउटा फोटो त खिचीहालम् भनेर खिचेको फोटो हो यो। मसाज एन्जल्स रे जीउ मालिस गर्दिने परीहरुले गर्दै गरेको काम। नेपालाँ ठमेलका मसाज पार्लरहरु यस्तै पारदर्शी बनाउन मिल्दैन होला त। 

2 comments:

  1. कुरा बुझियो ... नेपालको जस्तै होला भनेर सर जानुभा'थ्यो होला ...
    हिस्स बुढी हरिया दाँत भो ।

    ReplyDelete
  2. हा हा हा ूूूू बबाल भा रै छ बुढालाइ हैनत ?

    ReplyDelete

Please leave your comment here