Monday, April 18, 2011

लन्डनमा ७५ पाउन्ड लुटाइयो


आज लन्डन ब्रिज भनेर चिनिने तर खासमा टावर ब्रिज हेर्न जाँदा बाटामा ७५ पाउन्ड जति एउटा खैरेलाई लुटाएपछि यो पाउन्डको नोट हेर्ने मन पनि छैन। यो फोटो चाहिँ २० पाउन्डको नोट हो। सुनेअनुसार बेलायतमा पाइने सबैभन्दा ठूलो नोट २० पाउन्ड हो रे। ५० पाउन्डको नि नोट भए पनि त्यो सितिमिति यहाँका पनि जो कोहीसँग नहुने रैछ। नेपाली करिब २ हजार तीन सय रुपैयाँ हुन्छ यो २० पाउन्डको।

उहिले स्कूलबाट शैक्षिक भ्रमणमा काठमाडौं  घुम्न आउँदा भृकुटिमण्डपमा यसरी नै हजार रुपैयाँ जति गुमाइएको थियो। त्यो क्यारेमबोर्डको स्टाइकर यता उता पारेर के के खेलाएर लुटेका थिए भन्न परो। लोभले लाभ लाभले बिलाप भन्छन्। आज लन्डनमा पनि त्यस्तै सलाईको बट्टा मुनि सानो गेडो राखेर खेलाउने चटकीलाई त्यसरी नै पैसा लुटाइयो। कस्तो केटाकेटी बानी हो के मेरो...

ए यहाँ पनि भृकुटीमण्डपमा झैं ठग्ने रहेछ भन्ने लागिगाथ्यो त्यो सलाईको बट्टा यताउता पारेको देख्ने ठाउँमा पुग्ने वितिकै। के ग्रह लाग्यारच कुन्नि। एकछिन हेर्दाहेर्दै धेरै जनाले आफ्नै आँखा अगाडि पैसा भकाभक लिएको देखें। ती सबै नेपालमा जस्तै यसैका साथी हुन् भन्ने पनि लागिराथ्यो। तर पनि के भो भो आँफूलाई पक्का भयो त्यही सलाईको खोल मुनि गेडा राखेको छ भनेर अनि सुरुमा पाँच पाउन्ड थापें। त्यसमा परेन। 

लु अचम्म भन्दै फेरि १० पाउन्ड थापें। त्यसमा पनि परेन। लउ भएन भनेर २० पाउन्ड थापें। कहाँ पर्दथ्यो र। लउ अब कि जोगी भइयो कि यसलाई लुटिन्छ भनेर फेरि ४० पाउन्ड राखें। कहाँ पर्दथ्यो र। तर कस्तो खेल्न मन लागेको फेरि जान्दा जान्दै पनि। खैरेले मोहनी लगाए झैं। लुटाइयो आज खैरेलाई ७५ पाउन्ड। त्यो खैरे बेलायती भने होइन है।

यो फोटो महंगो छ है साथीभाइ ७५ पाउन्डको हो। नेपाली करिब आठ हजार ६ सय २५ को। यही फोटो खिच्न जाँदा त हो नि बाटामा त्यसरी लुटिएको। लोभले लाभ लाभले बिलाप भन्छन्।



4 comments:

  1. mero pani tesari nai lutiyeko cha paisa , jamal ma, ani khai kati samma thulo paisa huncha chai tha chaina, ma sanga 50 pound ko note chai cha, tesaile 20 pound bhanda thulo hunna bhanne chai galat ho

    ReplyDelete
  2. ha ha ha... Once hamro ni lutaiyeko thiyo Jawalakhel mahotsav ma, tanerai lagepa6i ke garne... khelna thaliyo, 1000 chat...

    ReplyDelete
  3. ma ta kheldina testo kahile pani.

    ReplyDelete
  4. once upon a time dai malai pani testai vako thyo, ra dherai nepali lai vako chha testai, london bridge, jublee bridge ra teshko aspas ma dherai chhan tesh taa peshawar haru.............

    ReplyDelete

Please leave your comment here