Sunday, April 10, 2011

नेपाली पारा / बेलायती चलन...

एकजोडी खरायो दिन्छु भनेर दुईटा पोथी पोथी खरायो दिएर फर्किएको बेलायती सम्पादकले थेम्स नदीको किनारमा भेट हुनासाथ खरायो कस्ता भए भनेर सोध्दै थियो। तिमीले दिएका दुईटा खरायो मात्र हैन पछि थपेको एउटा खरायो पनि स्त्रिलिङ्गी परेछन्। तिनबाट प्रजनन् प्रक्रिया भएन बरु लेस्बियन हुने डर भयो त्यसैले तिनलाई मासाहारीको जिम्मा लगाएर अहिले कुखुरा पालेको छु भनिदिएको सम्पादक जी आँखामा चिप्रा आइन्जेल हाँसिरहे...

बेन विलियम्स साझा सवालको पुराना सम्पादक हुन्। एक वर्ष पहिले नेपालबाट बेलायत फर्किएका उनी अहिले बिबिसी मै काम गर्दा रहेछन्। लन्डनमा बिबिसीको कार्यालयमा भेट हुनासाथ 'आज सँगै लन्च खाम भने।' ल आजको लन्चको पैसा बच्ने भो भनेर मख्ख परियो। (नेपाली पारा..)

लन्च खाने बेला भएपछि हामी बसिरहेको बिबिसी कार्यालयको कोठामा आइपुगे। हातमा एउटा पारदर्शी प्लास्टिकको डिब्बा थियो भित्र पास्ता र मासु बाहिरबाटै देखिएको। के को मासु खुवाउने भयो आज खैरले भन्ने लागिरह्यो। बिबिसी अफिस बुस हाउसबाट बाहिर निस्किएर अलिकति हिडेंपछि त एउटा स्यान्डवीत पाइने पसलमा लगे र - ल तिमीहरुले खानेकुरा किनो' भनेर पो छाडिदिएँ। एउटा स्यान्डविच र एउटा कोक किनें। (बेलायती चलन...)

अनि थेम्स नदिको किनारमा लगेर खाइयो आ आफ्नो लन्च पाकेट।

2 comments:

  1. आज पैसो छैन तिमि खुवाऊ नेपाल आ बेला मा तिरम्ला भन्नुभएन त ?? (नेपाली पारा):)

    ReplyDelete
  2. नत्र भने आज म संग पैसो छैन, उधारो खाता खोलेर खाम भन्या भे पनि त हुन्थो नि..!! नेपाली पारा

    ReplyDelete

Please leave your comment here