Monday, February 28, 2011

अस्कर पाको फिलिम हेर्न परो

अब यो The King's Speech भन्ने फिलिम हेर्नै परो नि। यो वर्षको अस्करमा बेस्ट फिलिम, डाइरेक्टर र हिरोको तीन वटा पुरस्कार पायो। त्यो फिलिम हेर्‍याछैन भन्यो भने मान्छेले फेरि नगन्ने होलान्। बजारमा पाइएला नि गोडा तीसेक रुपैयाँमा। यो सोसाइटीमा पर्नलाई के के मा हो के केमा पैसा खर्च गर्न पर्ने नि...
अस्ति ब्रायन आडम्सको शो नहेर्दा एक जना साथी धन्नै सोसाइटीबाट आउट भएनन् रे।
    • Jaw Knock Raazaa दुध सागर को बाहिरको दाजैलाई सोध्नु न कुन फिलिम कस्तो छ परस्टै भन्दिन्छ । यल्ले कतिवटा ओस्कार् जित्यो, यल्ले कुन कुन मा नोमिनेसन भो सम्पूर्ण जानकारी Free of cost. फिलिम लगे पैसो पर्ने हो । :))
      about an hour ago ·  ·  1 person
    • Sanjeev Sharma really loved your 'society series'. The great humour. सोसाइटीले सम्मान गर्ने बेला भयो अब । सोसाइटीमा 'एडजस्ट' हुन दिपकजीले गर्नु भएको मेहनतका लागि दोसल्ला त ओढाउनै पर्छ सोसाइटीका सोसलाईटहरुले ।
      43 minutes ago · 
    • Ramchandra Rajbanshi गाह्रो छ सर गाह्रो ! अस्ति ब्रायन आडम्सको शो हेरिन भनेको साथी सर्कलबाटै आउट गर्देलान कि भन्ने भाछ | समयसंगै चल्न नजान्ने रे ! शो हेर्न पा भए म पनि गती पर्थें कि भन्ने लागिराछ |
      19 minutes ago ·  ·  1 person

1 comment:

  1. http://filimisansar.blogspot.com/2011/09/blog-post_5214.html

    ReplyDelete

Please leave your comment here