Wednesday, February 16, 2011

बत्ती आयो कि नानीहरु टिभी भित्रै छिर्न खोज्छन्


'बत्ती आयो भने नानीहरु टिभी भित्रै छिर्छन् कि जस्तो गर्छन्' पहिले पहिले कसैले यस्तो भन्दा कस्तो बच्चा फकाउन पनि नजान्ने बाउ आमा रछन् भन्या जस्तो लाग्थ्यो।

आफ्नै छोरीहरुले त्यस्तो गर्न थालेसी थाहा भो, केटाकेटीलाई फकाउन कति गार्ह्रो हुँदो रहेछ। नहेर भनेर राम्रो मुखले भनुम् सम्झाम् हाँसेर टार्दिन्छन्। किताब किनेर ल्याइदियो, एउटा कुनामा थन्क्याइदिन्छन। सँगै गफ गरेर भुलाउँ भन्यो ध्यानै दिन्नन्। अलि ठूलो स्वरले हप्कायो भने आँखाभरी आँशु पारेर पिलपिल गर्छन्। खै के गर्ने गर्ने   ? ...नमरी स्वर्ग देखिन्न साथीभाइ।

लोडसेडिङले गर्दा टिभी हेर्न नपाउने हुँदा यसपटक नानीहरुको पढाई अलि राम्रो हुन्छ कि भनेको त, हिजोदेखि परेको पानीले होला फेरि वत्ती आउन थाल्यो बेला न कुबेला।

No comments:

Post a Comment

Please leave your comment here