Wednesday, July 21, 2010

प्रचण्डको चान्स बढी(?)

छिन छिनमै समिकरण परिवर्तन भइरहेका छन्, र त छिनछिन मै अब के हुन्छ भन्ने अनुमान गर्न रमाइलो हुन्छ। तत्कालको अवस्थामा चाहिँ एकिकृत माओवादीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्ने संभावना बढेर गएको छ। कानुनी मान्यताअनुसार सुरु भइसकेको प्रधानमन्त्रीको चुनाव प्रक्रिया नयाँ प्रधानमन्त्री चयन नभइन्जेल सकिदैंन। यसमा जो जोले उम्मेदावरी दिएका हुन् ती तीले मात्र अर्को चुनावमा भागलिन पाउँछन्।
पार्टीको निर्णयअनुसार ४०१ सभासदको हस्ताक्षर संकलन गर्न नसकेका कारण एमाले अध्यक्ष खनालको उम्मेदवारी प्रस्तावक प्रधानमन्त्री माधव कुमार नेपालले आज फिर्ता लिएमा चुनावको मैदानमा काँग्रेसका रामचन्द्र पौडेल र एकिकृत माओवादीका प्रचण्ड मात्र हुनेछन्।
आजको मतदानमा कसैले पनि आवश्यक ३०० पुर्‍याउन सक्नेछैनन्। आज बहुमत नपुगे पर्सी प्रमको निर्वाचन गर्ने सहमति दलहरुले गरिसकेकाले फेरि हुने प्रधानमन्त्रीको निर्वाचनमा यी दुई मात्र  प्रतिश्पर्धी हुनेछन्।
त्यो समय ११४ सभासद भएका काँग्रेसका पौडेललाई भन्दा २३७ सभासद भएका प्रचण्डलाई प्रधानमन्त्रीमा चयन हुन सजिलो हुनेछ।
दुई तिहाईको बहुमत नभई सरकारमा नजाने भनेको एमालेले अब बहुमतकै लागि रामचन्द्र पौडेललाई साथ दिने नैतिक मान्यता रहने छैन। यदी एमालेले आज झलनाथको उम्मेदवारी फिर्ता लिएमा अबको प्रधानमन्त्री भनेका प्रचण्ड हुन्।
तर रात रहे अरगाख पलाए भन्छन्। 

No comments:

Post a Comment

Please leave your comment here