Tuesday, August 11, 2009

बुबाको कानको अपरेसन

२०६६ साउन २६ गते बुबाको कानको अपरेशन गरियो। शिक्षण अस्पतालमा। हिजो अस्पतालमा नै सुत्‌न पर्यो। आज पनि अस्पतालमा नै सुत्नुपर्छ।
त्यहाँ बस्दा थाहा लाग्यो। संसारका सबैभन्दा बढी कथा ब्यथा सुनिने ठाउँ भनेको अस्पताल होला। मानिसको क्रन्दन त्यही सुनिन्छ उपचार गर्न ल्याएका आफ्ना मानिस मरेको। त्यही फेरि मर्न लागेका मानिस खुशी भएर घर फर्केको पनि देखिन्छ।