Saturday, September 20, 2008

युवा दिवसमा अर्न्तक्रिया

नवौं अन्तराष्ट्रिय युवा दिवसको उपलक्ष्यमा पछौटेपन उन्मूलन समान (बेस) पाल्पाले यही महिना डेढगाउँ उच्च मा.वि.मा अन्तरक्रिया सम्पन्न गरेको छ । उक्त अन्तरक्रिया कार्यक्रममा डेढगाउँ, मिथुकरम र रकुवाका साथी समूहका भाइ बहिनीहरुको उपस्थिति थियो ।
अर्न्तक्रियाको विषयवस्तु वर्तमान अवस्थामा युवा युवतीका समस्या र अब बन्ने संविधानमा युवाहरुका लागि उठाउनु पर्ने सवालहरु विषय रहेको थियो । अर्न्तरक्रियामा सहभागी व्यक्तिहरुलाई बेस पाल्पाका सामाजिक परिचालक भीम बहादुर थापाले हार्दिक स्वागत गर्दै अन्तरिम संविधान २०६३ तथा संविधान सभा सदस्य निर्वाचन तथा वर्तमान समसामयिक विषयवस्तुमा सामान्य जानकारी दिनु भएको थियो ।
अर्न्तक्रिया कार्यक्रममा सहभागी भएका व्यक्तिहरुलाई दर्ुइ समूहमा विभाजन गरी प्रत्येक समूहमा छलफल गरी निष्कर्षा आएका कुराहरु टिपोट गरी प्रस्तुत गरिएको थियो ।
अर्न्तक्रियामा व्यवहारिक र गुणस्तरीय शिक्षा नहुनु सीपमूलक तालिम नदिइनु युवा अधिकारका सम्बन्धमा उचित नितिनियमको व्यवस्था नहुनु, अपाङ्ग तथा महिलाहरुका लागि रोजगार मूलक तालिमको व्यवस्था नहुनु, गाउँघरमा प्रयाप्त स्वास्थ्य संस्था र औषधोपचार नहुनु, समाजमा विसङ्गति, विकृति बढ्दै जानु, भेदभाव जस्ता समस्याहरु उल्लेख गरिएको थियो ।
युवाहरुको हक अधिकारको सुनिश्चित गरी उचित निति नियमको व्यवस्था गर्नु पर्ने, व्यवहारिक निःशुल्क र गुणस्तरीय शिक्षाको व्यवस्था गरी रोजगारीको ग्यारेन्टी गर्नु पर्ने, युवाहरुलाई, विदेश भित्रिन नदिइ देशभित्रै उचित परिचालन गर्नुपर्ने, ठाउँठाउँमा युवा सूचना केन्द्र स्थापना गर्नुपर्ने, अपाङ्ग, दलित, जनजातिका लागि विशेष कार्यक्रम ल्याउनु पर्ने, ठाउँ-ठाउँमा प्रयाप्त अस्पतालहरुको स्थापना गरी निःशुल्क स्वास्थ्य सुविधा उपलब्ध गराउनुपर्ने जस्ता सवालहरु अब बन्ने संविधानमा उल्लेख गर्नुपर्ने निचोड निकालिएको थियो ।