Friday, November 14, 2008
सहकारी संस्थाको रकम हिनामीना, दर्ता खारेज
रकुवा, नवल परासी
गाउँले आफै मिलेर सहकारी खोली त्यसबाट गरीबी हटाउनुपर्नेमा रकुवामा भने गैर सरकारी संस्थाको सहयोगमा खुलेको सहकारी संस्था पनि लथालिङ्ग भएको छ। रकुवामा केही वर्ष अगाडि खुलेको कालीगण्डकी सहकारीको रकम त हिनामिना भएको छदैंछ, संस्थाको दर्ता खारेजी पनि भइसकेको पत्ता लागेको छ।
१३ वर्ष अगाडी एक्सन एड नेपालले गरीब निवारण कार्यक्रम अर्न्तगत रकुवाका अति न्यून आय भएकाहरुको समूह बनाई पशुपालन गर्न केही रुँपैया अनुदान दिएको थियो।
पछि, हिमालयन सामुदायिक विकास मञ्च हिकोडेफले सो रकम लथालिङ्ग नहोस् र गरीव जनताले सहकारी मार्फत उपभोग्य वस्तु सरल, सहज रुपले पाउन् भन्ने उद्देश्यका साथ रकुवामा काली गण्डकी बहुउद्देशीय सहकारी संस्थाको गठन तथा दर्ता गर्नमा सहयोग गर्यो।
तर, हिकोडेफ यस क्षेत्रबाट बाहिरिए पछि सहकारीका जिम्मेवार व्यक्तिहरुले नै सहकारी प्रति ध्यान नदिंदा र हिसाब किताब पारदर्शी नगर्दा काली गण्डकी सहकारी संस्थाको रकम र नाम निसाना दुबै हराएको छ।
संस्था दर्ता भएकै वर्षदेखि सहकारीको साधारण सभा र बैठक भएका छैनन्। यसबाहेक सहरकारीको आय-व्ययको विवरण र संस्थाको गतिविधी अहिलेसम्म सार्वजनीक गरिएको छैन।
जिल्ला सहकारी कार्यालय नवलपरासीले रकुवाको कालीगण्डकी सहकारी संस्था दर्ता भए पनि त्यस्ले वार्षिक प्रतिवेदन नबुझाएकाले संस्था खारेज भइसकेको र रकुवामा अन्य कुनै पनि सहकारी संस्था दर्ता नभएको जानकारी दिएको छ।
जिल्ला सहकारी कार्यालयका नायव सुब्बा विमल आचार्यले सेयर सदस्यहरुको सहमति बेगर सहकारी संस्था बन्द गरिएको भए सेयर सदस्यहरुले कार्यसमितिका पदाधिकारी विरुद्ध स्थानीय प्रशासनमा उजुरी दिन सक्ने बताउनुभयो। संस्था बन्द भए पनि कार्यसमितिका पदाधिकारीहरुले सहकारीका सबै सेयर सदस्यहरुलाई जम्मा भएको रकम वितरण गर्नुपर्ने जानकारी आचार्यले दिनुभयो।
सहकारीका संस्थाको पदाधिकारीमा रहेर काम गरेका धर्म थापा, राजेन्द्र पराजुली, दुर्गा विरकट्टा, मेघनाथ पाण्डे लगायतकाहरुले भने यस बारेमा प्रष्ट पार्न चाहनुभएन। उता, संस्था गठन र दर्ता गर्ने समयमा योगदान गरेकी हिकोडेफकी तत्कालिन कर्मचारी कमला ठाडाले भने रकुवाका केही टाठाबाठाले रकम हिनामीना गरी संस्था डुबाएको बताउनुभयो। गरिव एवं न्यून आयस्रोत भएका सोझा गाउँलेको लागि स्थापना भएको सहकारी संस्थाको रकम हिनामीना पार्नेलाई सबै मिलेर खोज्नुपर्ने होइन?
बुलीङटारमै पक्की पुल बन्नेमा बुलीङबासी विश्वस्त
बुलीङटार, नवलपरासी
कालीटाइम्स मासिकमा डेढगाउँमा पुल बन्ने समाचार आइरहे पनि बुलीङटारबासी भने पक्की पुल बुलीङटार मै बन्छ भन्नेमा अझै विश्वस्त छन्। डेढगाउँमा पक्कि पुल बन्ने भयो भन्ने खवर पटक पटक पुगेपछि बुलीङटार र तनहुँको राम्जाकोट गाविसका बासीन्दाहरुले सामुहिक भेला गरी छलफल गरेका छन्।
गत महिना अर्खलाको कोखेटारमा भएको भेलाले पुल बुलीङ मै पार्नका लागि रुपटारको ऋषीराम गिरीको नेतृत्वमा एक प्रतिनिधिमण्डल पनि बनाएको छ। सो प्रतिनिधिमण्डल राजधानी गई माओवादी सभाषद चिनक कुर्मी सहितका व्यक्तिहरुलाई भेट गरी पुल बुलीङ मै पार्नका लागि अनुरोध गरेको थियो।
दशैं अगाडि राजधानी गएको टोलीले पुल डेढगाउँमा नभई बुलीङ नजिकैको डाडाँगाउँमा बनाउने खवर ल्याएपछि बुलीङबासीले खुसीयालीका साथ दशैं तिहार मनाए।
फोन सहित सोलर प्यानल हरायो
रकुवा
गाउँ विकास समितिको लगानीमा रकुवा गा.वि.स.ले नेपाल टेलिकम तनहुँ मार्फत आठ वर्ष अगाडि जोडेको भी एच एफ फोन कहाँ पुग्यो, अहिले धेरैलाई जानकारी छैन ।
रकुवा ६ का मेघनाथ पाण्डेको घरमा सोलार प्यानल र फोन सेट जोडी उहाँले ०६५-५२९३७४ नम्बरको फोन संचालन गर्नुभएको थियो। त्यति वेला अहिले जस्तो सी डिए एम ए फोन र मोवाईल नभएकाले तनहुँको घिरिङ्ग सुन्धारा गजरकोट, पाल्पाको वाकामलाङ्ग साथै नवलपरासीको रुचाङ्ग, नरम र डेढगाउँबासीले पनि त्यस फोनबाट फाइदा लिएका थिए। स्वदेश तथा विदेशमा वस्ने आफन्तलाई फोन गर्न आउनेको भिड हुन्थ्यो।
फोन गर्न पाल्पाको रामपुर, तनहुँको भिमाद र नवलपरासीको कावासोती जान नपर्ने हुँदा समय र पैसाको भार कम भएको भन्दै गाउँलेहरुले प्रति मिनेट ८० देखी १६० रुपैयाँसम्म शुल्क तिरेर विदेशमा फोन गर्दथे।
तर, टेलिकमलाई तिर्नु पर्ने शुल्क समयमै नवुझाँउदा रकुवाको फोन लाइन काटियो र अहिले पनि त्यो नम्बरमा फोन गर्दा फोन मात्र जान्छ, कसैले उठाउँदैन।
अहिले आएर केही व्यक्तिले उक्त फोनको कुरा गरे पनि फोन सेट, सोलार प्यानल र अन्य सामाग्री कहाँ कसरी छ भन्ने विषयमा गाविस कार्यालयले समेत सोधखोज गरेको पाइएको छैन। सार्वजनिक सम्पत्तिको रक्षा गर्नु सबै नागरिकको कर्तव्य भएकाले सम्वन्धित पक्षले यस्ता विषयमा ध्यान दिनु जरुरी छ।
घटुवारेको कथा- बालीघाटमा पुल देख्ने धोको
बालीघाट
दशैंको टिकापछि बालीघाट पुग्दा पनि काली नदीको भेल तेज नै थियो। चाडबाडको बेला नहुँदो हो त नाङेटारका हेम बहादुर कुमाल डुँगा लिएर काली नदिको बढ्दो भेलसँग पौठेजोरी खेल्ने थिएनन्। हुन त दशैंको पूर्णिमा सम्म कुमालको घरमा टिका टालो गर्न आउने आफन्तहरुको भिड नै थियो। तर, कुमाल भने दशैंका लागि भन्दै सप्तमी देखि खोलेको घाटमा सिमलको डुँगा लिएर बटुवाहरुलाई वारपार गराइरहेका थिए।
एकाविहानै, चार बटुको जाँड पिएर हेमबहादुर काली तिरमा आइपुग्दा चार पाँच जना बटुवाहरु घटुवारे कुरेर बसिरहेका थिए। हेमबहादुरले उर्लदों नदीमा एक्लै डुँगा हाल्ने साहस गरेनन्। उनीसँगै बालीघाटमा डुँगा चलाउने ठेक्का पाएका आँपटारीका रुमलाल पुलामी दशैं मै व्यस्त थिए। हेमबहादुरले डुँगा चलाउन पौडी खेल्न गएका तिरन्दीका एक युवाको सहयोग मागे र दुई जना भएर चार जना मात्र बटुवा राखी बालीघाटमा डुँगा ठेले।
नाङेटार पट्टिबाट डेढगाउँ तर्फ डुँगा तार्दा त्यति अप्ठेरो थिएन। तर, डेढगाउँबाट तार्दा भने छाल डुँगामा पसेको प्रष्ट देखिन्थ्यो। त्यसैले पनि हेमबहादुर भन्दै थिए, "एक पटकमा चार जना भन्दा धेरै जना डुँगामा चढ्न मिल्दैन।" हेमबहादुरले हिउँदमा एकपटकमा १२ जनासम्म बटुवा यही डुँगाबाट तार्छन्।
हेमबहादुर र रुमलालले दुई वर्षका लागि २८ हजार रुपैया तिरेर पोहोर बालीघाटमा डुँगा चलाउने ठेक्का पारेका हुन्। उनीहरुले दिएको पैसा डेढगाउँको रानीबेल स्कूल र तनहुँ गड्यौंली स्कूललाई चौध चौध हजार रुपैया बाँडिन्छ। डुँगा बनाउनका लागि अग्लो सीमल खोज्नुपर्ने र त्यसलाई करिब १५ हजार रुपैया खर्च गरेर खोप्नु पर्ने हेमबहादुर बताउँछन्। "डुँगा बनाउनमा दरै जातिको सहयोग लिनुपर्छ हामी कुमालको ढङ्गै पुग्दैन" हेमबहादुर भने। डुँगा चलाउने ठेक्का डेढगाउँलेले नलिएर सँधै तनहुँकाले मात्र लिने गरेकोमा हेमवहादुरलाई अचम्म लागेकोछ।
एक पटक बनाइएको डुँगा २ वर्षभन्दा बढी खप्दैन । दुई वर्ष अघिसम्म एकै पटकमा ३० जना सम्म पनि बसेर तर्न मिल्ने डुँगा बालीघाटमा थियो।
डुँगा तारे वापत स्थानीय गाउँलेको एक परिवारले वर्षको एकपटक ठेकदारलाई तीन पाथी धान वा दुई पाथी कोदो, मकै अथवा गहुँ दिनुपर्छ। पैसा दिने भए वर्षको एकपटक एक सय पचास रुपैया तिर्नुपर्छ। बाली नतिर्ने बटुवालाई तारे वापत घटुवारेले वर्षमा दश रुपैया र हिउँदमा पाँच रुपैया लिने गर्छन्।
हुन त हेमबहादुरको जीविकोपार्जनको मेसो नै यही डुँगा हो। तर, उनलाई जति सक्दो छिटो बालीघाटमा पुल बनेर डुँगा चलाउन नपरे हुन्थ्यो भन्ने छ। रकुवाको साँघुरीघाटमा पुल बनेकोमा चित्त नबुझाएका हेमबहादुर भन्छन्, "पुलको लागि भनेर टुकराज सिग्देललाई सांसद बनाइयो, प्रचार पनि भयो, तर ठाउँमा बोल्ने मान्छे नभए पछि हामी कुमालले भनेका ठाउँमा पुल बनेन।"
एस एल सी उतिर्णलाई सम्मान
डेढगाउँ, नवलपरासी
वीजया दशमीको उपलक्ष्यमा नवलपरासी वुङ्दी काली काठमाडौं सम्पर्क समितिले डेढगाउँमा दोहोरी गीत प्रतियोगिता र एस एल सी उतिर्णलाई सम्मान गर्यो। डेढगाउँ, मिथकुरम, रकुवा र रुचाङका माध्यमिक विद्यालयबाट यस वर्ष एस एल सी उतिर्ण भएकाहरुलाई सम्मान गरिएको थियो।
दोहोरी प्रतियोगितामा मिथुकमको किशोर वस्यालको टोली प्रथम भएको थियो भने नरम गाविसको भुमिसरा रिजालीको टोली दोस्रो भएको थियो। कार्यक्रममा दोहोरी गायक घिरिङ सुन्धराका यामु शर्मा, मिथुकरमका बाबुराम अधिकारी र तनहुँ खाल्टेकी तोलाचन ठकुरी, डेढगाउँका ज्योति प्रकाशले गीत गाउनुभएको थियो।
सोही कार्यक्रममा सम्पर्क समितिले प्रकाशन गरेको टेलिफोन डायरीको सार्वजनिक सहित विक्रि वितरण सुरु गरिएको थियो।
साधारण सभा सम्पन्न
डेढगाउँ
डेढगाउँ वहुउद्देश्यिय सहकारी संस्थाको पाँचौ साधारणसभाले गम्मर सिंह खम्चाहाको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको छ। नव निर्वाचित संचालक समितिमा ९ जना पदाधिकारी रहेका छन्। साधारण सभाले संचालक समिति बाहेक आगामी ३ वर्षका लागि लेखा र ऋण उप समितिको पनि सर्वसम्मतिले चयन गरेको छ।
लेखा समितिको संयोजकमा अम्मर बहादुर दराई र ऋण उपसमितिको संयोजकमा सिद्धिपूर्णी दराई हुनुहुन्छ। असोजको दोस्रो साता डेढगाउँ उच्च माध्यमिक विद्यालयमा भएको साधारण सभाले विगतमा गरीब समुहको सदस्य रहेको तर विविध कारणले सहकारीको सदस्यता प्राप्त नगरेका ब्यक्तिलाई सदस्यता दिने निर्णय गरेको छ। यसैगरी विगतमा एक घरका १ जनालाई मात्र संस्थाको सदस्यता दिइने भए पनि अब छुट्टा भिन्न भएको अवस्थामा फरक फरक व्यक्तिलाई साधारण सदस्यता दिइने निर्णय पनि साधारण सभाले गरेको छ।
लोपोन्मुख दरै जाति सँग एक छिन
मानव सभ्यताको उद्गम नदीको किनारमा हुन्छ । सालीग्रामका लागि प्रख्यात काली गण्डकीको किनारमा आदिवासी कुमाल, दरै, बोटे जातिका व्यक्तिहरुको परापूर्व काल देखि बासस्थान रँहदै आएको छ।
दरै जाति नेपालको पश्चिमाञ्चल क्षेत्रमा विशेष गरी सेती, मादी र काली नदिको किनारमा बास बस्छन्। तनहुँको मादी किनारमा बसोबास गर्ने दर्राईहरु माछाको खोजिमा नै काली नदि किनारमा पुगेका हुन् । काली किनार डेढगाउँ, पीपलटार, रामपुर, पुट्टार जस्ता स्थानमा दरै जातिको बाहुल्यता रहेको छ ।
डेढगाउँमा दरैको बसोबास कहिले देखि सुरु भयो भन्ने एकिन नभए अहिलेको सबैभन्दा पाको पुस्ताका अनुसार उन्का जीजुबाजेहरु तनहुँबाट डेढगाउँ आइपुगेका हुन् । एक पुस्ता र अर्को पुस्ता बीचको फरक २५ वर्षराख्दा दरैहरु डेढगाउँ आएको २ सय वर्षभन्दा बढी भएको देखिन्छ।
डेढगाउँमा अहिले पूर्वथर, पश्चिमथर र मुखीयाथरमा गरेर ५५ घरभन्दा बढी दरैहरु रहेका छन् र दरैको जनसंख्या चार सयको हारहारीमा छ। ५० वर्षअगाडि सम्म पनि डेढगाउँ फाटमा दरै बाहेक अन्य जातिको बसोबास थिएन।
"हामी युवक हुँदा यता त सब झाडी थियो" घर वरीपरि औंलाले देखाउँदै पश्चिमथरका बद्रिमान दरैले भन्नुभयो। काली टाइम्समा दरै जातिका बारेमा केही लेख्ने उद्देश्यले दशैँको भोलीपल्ट हामी पश्चिमथर पुगेका थियौँ। दरैको दशैँ सकिएकै थिएन। खोजेकै मान्छे भेट्न केही बेर कुर्नुपर्यो। उमेरले सत्तरी काटी सकेका बद्रीमानसँगको वार्ताको सुरु नै दशैंबाट भयो।
"हाम्रो जातलाई चाडबाड नै धेरै लाग्छ, त्यसैले पछाडि परियो" बद्रीमानले आफूले सुनेका, भोगका र देखेका कुरा हामीलाई सुनाउन थाल्नुभयो। बेला बेलामा हामीले कुनै कुरा बुझ्न नसके प्रश्न सोध्दै जाने गर्थ्यौं।
डेढगाउँलाई पहिले ३२ से र रकुवालाई ५ सय भनिन्थ्यो। डेढगाउँमा दरैहरुको ३२ घर भएकाले ३२ से भनिएको हो। बद्रीमानका अनुसार उहाँले थाहा पाउँदा सम्म डेढगाउँ फाँटमा काईडाँडे मुखीया र तिम्सीना परिवार मात्र हुनुहुन्थ्यो। अरु सब रकुवा र डेढगाउँकै कोटथर, बाहुनथरमा बस्नुहुन्थ्यो।
दरैहरु गाई बस्तु पाल्ने र माछा मार्ने काममा विशेष रुचि दिन्थे। उतिबेला डेढगाउँमा नहर नभएकाले घैया र मकै उनीहरुले उब्जाउ गर्थे। दरै जातिले मलका लागि गाई बस्तु पाल्थे। दूध घ्यू मा दरै जातिको रुचि थिएन। अलि अलि भएको घ्यू त्रिवेणी, बुटवल पुर्याएर बेच्ने र नुन, तेल, कपडा लिएर आउँथे दरैहरु।
दुई साताको लागि सामल बोकेर, बाख्रा, सुठो, अदुवा सहपुर सम्म लगेर बेचेको अनुभव बद्रीमानले सुनाउनुभयो। तीहारे औंशी र माघे सक्रान्ति दरै जातिको मुख्य पर्व हो। चाडबाडमा चेलीबेटी बोलाउने र पीतृलाई खुवाउने दरैहरुको विशेषता रहेको छ। दरै जातिले बनाउने मुना (जाँड), जाँडलाई महिनौं, वर्षौ राखेर बनाइने मनुवा अहिले पनि यस क्षेत्रमा निकै प्रचलित छ।
अतिथि सत्कारमा असाध्यै ध्यान दिने दराईहरु कोही पाहुना आए भने मुना र माछा- मासु खुवाउन पाउँदा खुशी हुन्छन्।
आफ्नै जातमा प्राय भागी विवाह गर्ने परम्परा दरै जातिमा रहेको छ। मागेर विवाह असाध्यै कम हुन्छ। विवाह भइसकेपछि छोरीलाई माइतिमा बोलाएर टिका दिने चलन यस जातिमा रहेको छ। यो जातिको आफ्नै पुजारी छैनन्। मर्दा पर्दा बाहुन ल्याएर चोखिने चलन दरै जातिको रहेको छ। दरै जातिमा विशेष गरी लोग्ने मानिसले पटुका वाँध्ने र महिलाले गुन्यु चोलो लगाउने चलन छ।
आफ्नै मातृभाषा भएका दरैहरु नाचगानमा रुचि राख्छन्। असोज देखि माघसम्म हरेक साँझ झाम्रेमा रम्न रुचाउने दरैहरु माघ देखि जेठसम्म कौरामा झुम्थे। "पुराना पुस्ताका दरैहरुले अध्ययनमा उति सारो रुचि राखेनन्, विहान देखि राति सम्म मुना खाएर बस्नेले के को पर्ढाईमा अगाडि बढ्थे र?" बद्रीमानले भन्नुभयो, "विगतमा राम्रो खेत बारी दरै जातिको भए पनि बाहुन, क्षेत्री, नेवारले जब्बरजस्ति गरेरै भए पनि किन्थे।"
डेढगाउँमा चरनको अभाव दरै जातिको लागि पीरको कुरा हो । विगतमा गैंडीया देखि बालीघाट सम्म चरन भए पनि अहिले मानिस भरिए पछि अप्ठेरो परेको बद्रीमानले अनुभव सुनाउनुभयो।
विगतमा डेढगाउँमा तिरो उठाउने काममा दरै जिम्वाल र मुखीया हुने भए पनि तिन्को लेखा पढी नहुँदा लेखापढी गर्ने बाहुन क्षेत्रीले आफूहरुलाई ठगेको अनुभव बद्रीमानले सुनाउनुभयो।
तर, विगतको जस्तो अवस्था अहिले भने छैन, डेढगाउँमै पनि १० जना भन्दा धेरै दरैहरुले एस एल सी उतिर्ण गरिसकेका छन्। "अब हामीलाई कसैले हेप्न सक्दैन" जुद्धबहादुर दरैले भन्नुभयो, "दरै भाषा र जातिको संरक्षणका लागि अब दरैको युवा पुस्ता नै सक्रिय हुनुपर्छ।"
पाठक पत्र
समान योग्यता भएकाहरुले उही समयमा एउटै काम गरेपछि सबैले बराबरी ज्याला पाउनु सामान्य सामाजिक न्याय हो। तर, नयाँ नेपालमा पनि विभेदको अन्त्य हुने कुनै लक्षण देखिएको छैन। हामी सरह नै आई ए पास भएकाहरुले उही कक्षालाई उति नै पीरियड स्कूलमा पढाउँदा मासिक नौ हजार रुपैया तलब बुझ्छन् भने म लगायत केही सहकर्मीहरुले मासिक एक हजार सात सय रुपैयामा काम गरिरहेका छौं।
२०६३ माघ देखि डेढगाउँ उच्च मा. वी मा प्राथमिक कक्षामा अध्यापन गर्ने मलाई सुरुमा महिनाको एक हजार दुइ सय रुपैया दिइन्थ्यो। बीचमा अरु शिक्षकको तलब बढ्दा तीन सय रुपैया बढाएर पन्ध्र सय पुर्याइयो।
अहिले नयाँ बजेट आउँदा अर्थमन्त्री बाबुराम भट्टर्राईले माथि देखि तल सम्म सबै कर्मचारीलाई महंगी एउटै हुन्छ भन्दै दुई देखि तीन हजार रुपैया सम्म बढाउनुभयो। तर हामी जस्ता स्थानीय स्रोतबाट अध्यापन गराइरहेका शिक्षक शिक्षिकाको लागि भने विद्यालयले भने महिनाको दुई सय रुपैया मात्र बढायो।
विगतमा गाविसले एक वर्षमा पाउने अनुदान १० लाख रुपैया मात्र भएकोमा अहिले बढेर ३० लाख रुपैया सम्म पुगेको छ। त्यस अनुपातमा स्थानीय स्रोतबाट अध्यापन गर्ने हामी शिक्षकको तलबमा पनि समयानुकल वृद्धिको माग गर्नु नाजायज हो जस्तो लाग्दैन। सम्वन्धित पक्षको यस तर्फ ध्यान जाओस्।
संगीत ओझा
शिक्षक, डेढगाउँ उच्च माध्यमिक विद्यालय
हाम्रा समस्या र समाधान
नेतृत्वकर्ताले समाज विकासका लागि स्रोतसम्म पहुँच पुर्याउनु, सेवाग्राहीलाई प्रोत्साहित गर्नु र उचित व्यवस्थापनमा ध्यान दिनु आवश्यक हुन्छ। जुन समाजका अग्रजले यी तथ्य माथि ध्यान पुर्याउँछन् त्यस क्षेत्र वा समाजका बासिन्दाले समय अनुसारको सुविधा प्राप्त गर्दछन्।
जुन समाजले पाउनु पर्ने ठाउँबाट उचित सेवा र सुविधा पाउँछ, त्यही ठाउँका बासिन्दा समृद्धि बन्दै जान्छन्। सम्पन्नता प्रतिष्ठाको मापदण्ड पनि हो। आफ्नो र समाजको प्रतिष्ठाको लागि निरन्तर प्रयत्न गर्ने व्यक्ति नै सचेत व्यक्ति हो।
सुगम नवलपरासी जिल्लाको उत्तर पूर्वी भाग विकट पहाडी धरातल भएको क्षेत्र हो। तीन दशक अगाडि पाल्पा जिल्लाबाट नवलपरासीमा गाभिएको यो क्षेत्र समय अनुसारको विकास पूर्वाधारबाट वञ्चित छ। हालसम्म पूर्वाधार विकासका लागि जे जति प्रयत्न भएका छन्, ती प्रयासहरु स्थानीय बासिन्दाले अनुभूति गर्ने तरिकाबाट भएको देखिदैंन। फिनेडाको सहयोगमा उपलब्ध खानेपानीका धाराहरु र एक्सन एड नेपालको एकिकृत सामुदायिक सेवाका अतिरिक्त जनताका मन छुने सेवा र सुविधा कतैबाट पनि उपलब्ध भएका छैनन्।
निकै कष्टका साथ निर्माण भएका टेक्टर चल्ने मौसमी बाटाहरको स्थिति चिन्ताजनक छ। यी बाटाहरुले त समस्या थपेका हुन् कि हल गरेका हुन् जस्तो भान परेको छ। अनिश्चित जोखिम र खर्च समेत बढाएको छ ।
यसैले निर्माण भएका मुख्य मार्गहरुको स्तरीकरण, ग्रामिण विद्युतिकरण, थप प्राथमिक स्वास्थ्य केन्द्र, उन्नत कृषि तथा पशुपालन, भू- क्षय नियन्त्रण लगायत जनताको जीवनस्तर उकास्ने कार्यक्रम भरपर्दो र दीर्घकालिन रुपमा सञ्चालन नुहँदा यस क्षेत्रका बासिन्दाको जीवनस्तरमा अझै पनि ठूलो भिन्नता आउन सकेको छैन।
हाम्रा समस्याहरु केन्द्रसम्म अवगत गराउन र समाधानका लागि प्रयत्न नभएको पनि होइन। हाम्रो सर्वपक्षीय प्रयत्नबाटै यस क्षेत्रको पूर्वाधार विकासका लागि गैडाकोट देखि काली तिर हुँदै मुक्तिनाथसम्म मोटरमार्ग र दलदले देखि खैरनीटार जोड्ने मार्ग बीच काली गण्डकीमा पक्की पुल निर्माण जस्ता ज्यादै महत्वपूर्ण योजना परेका छन्। यी योजनाहरुको शिघ्र निर्माण र गुणस्तरका लागि हामी अझै खट्नु पनि आवश्यक छ।
सोचेजस्तो सेवा पाउन नसकिए पनि दूर संचारका लागि फोन सुविधा र सुरक्षा निकायको सेवा हामी कहाँ उपलब्ध भएको छ। उपलब्ध सेवाको स्तरीकृत र निरन्तरता एउटा पक्ष हो भने बाँकी सुविधाका लागि प्रयत्न अर्को पक्ष हो।
हाम्रा क्षेत्र विकट छ। वस्तिहरु छरिएको छ। सामाजिक सेवामा लागिरहने अगुवाहरुको पनि निजी समस्या हुनसक्दछ। देशमा अझै पनि राजनीतिक स्थिरता छैन। स्थानीय निकाय अपाङ्ग छन्। यस्तो अवस्थामा हाम्रा सवाललाई कसरी अगाडि लिएर जान सक्दछौ, भन्ने विषयमा सल्लाह र सहमतिको आवश्यकता अहिलेको टड्कारो विषय हो।
यतिबेला हामीले दुई वटा प्रमुख सबालमा ध्यान केन्द्रित गर्नुपर्ने देखिन्छ। विकास निर्माण र त्यस्को अनुगमनका हामीले पहिलो ध्यान दिनुपर्ने छ भने भोलि बन्ने संविधानमा राज्य पुनसंरचना हुँदा लिन पर्ने र सकिने फाइदाको विषयमा पनि छलफल हुन जरुरी छ।
विकास निर्माण र भौतिक संरचना
२१ औं शताब्दिमा पनि समयमा मट्टीतेल नपाउँदा र किन्न नसक्ने हुँदा धेरैका घर आँगन अन्धकार छाएको छ। केही हुनेखानले सोलार वत्ति राखे पनि त्यो धेरैलाई इर्श्या बढाउने माध्यम बनेको छ। नवलपरासी जिल्लाका पहाडी क्षेत्र बाहेक अन्यत्र सबै विद्युतिकरणको उज्यालो छ। यो पहाडी क्षेत्रको विद्युतिकरण हामी सबैको चासोको विषय हुँदा सामुहिक प्रयत्न पहिलो प्राथमिकता हो।
यस्तै स्वास्थ्य, सिंचाई, शिक्षा जस्ता समस्याका लागि पनि तत्काल केही नगरी नहुने स्थिति छ। विकास निर्माणका लागि राज्यबाट भएको लगानी र स्रोत साधनको उचित व्यवस्था तथा अनुगमन प्रभावकारी नहुँदा गुनासा, असन्तोष र द्वन्द्व समेत बढेको छ।
स्रोतसम्म पहुँच र पुनसंरचनामा ध्यान
राज्यबाट अधिकतम सेवा पाउन स्रोतसम्म पहुँच पुग्नैपर्छ। सेवादायी निकायहरु अपायक वा धेरै टाढा भएका व्यय भार र समयाभावको कारण स्रोतमा पहुँच कम पुग्दछ। जुन क्षेत्रका बासिन्दाको आर्थिक स्थिति नाजुक छ, त्यही क्षेत्रका बासिन्दाले धेरै खर्च गरेर राज्यबाट पाउनुपर्ने सामान्य सेवा लिनुपर्दा गरिबी माथि झन् मार पर्दछ। नयाँ बन्ने संविधानमा क्षेत्रगत प्रशासानिक वा राजनीतिक संरचना बन्दा न्यूनतम सेवा नजिकैबाट उपलब्ध हुन सक्ने गरी इलाका प्रशासन कार्यालय, मालपोत, कृषि सिचाई, प्राविधिक, स्वास्थ्य र शिक्षा जस्ता संरचनामा पहाडी क्षेत्र भित्रै व्यवस्था हुनुपर्ने मागका लागि हाम्रा साझा प्रयास हुनुपर्छ।
तनुहँको काली गण्डकीको गण्डकी बेशी र पूर्वी पाल्पाको छिमेकी बासिन्दाहरु बीच समेत अव बन्ने नया संरचना र हाम्रो सुविधाको विषयमा छलफल हुनुपर्छ।
राज्यको सेवा र सुविधा पुर्याउने निकायबाट हामी जति टाढा हुन्छौं, त्यति नै राज्यबाट उपलब्ध हुने सेवा र सुविधा पाउन पछि परिन्छ। हामी अगाडि जानु छ भने हामी पछाडि पर्यौं कि पार्यौं भनेर मात्र हुँदैन, त्यस्को कारण तर्फ ध्यान दिई समयमै सजग, सतर्क र सक्रीय हुन पनि आवश्यक छ। अत्यन्त महत्वपूर्ण यो समयमा हामी सबैको साझा हीत र सवालका लागि साझा प्रयत्न गरौं। हाम्रा राजनीति वा अन्य केही अन्तरविरोध र गुनासा भए थाति राखौं। आफ्नो क्षेत्रको गौरव र सम्वृद्धिका लागि जुटौं।
होमनाथ भट्टराई
भाइटीका २०६५
Saturday, September 20, 2008
हुलाकको स्थिती जर्जर
डेढगाउ, नवलपरासी
हाल देश भरकै हुलाक सेवा जर्जर भइराखेको अवस्थाको प्रभाव डेढगाउमा पनि परेको छ । रकुवा इलाका हुलाका कार्यालय डेढगाउमा प्राय: सुनसान र खाली देखीन्छ ।
एक खरदार र दुइ हल्करा दरवन्दी पाएको यस हुलाकमा २०६३ सालबाट तत्कालिन खरदार हरि पनेरु सरुवा भएर गएपछि हालसम्म पनि कुनै खरदारले पाइला टेकेका छैनन् भने कार्यालयको प्रशासनिक काम देखी चिठ्ठी रजिष्टर, गाउ-गाउमा पत्र डेलिभरी समेतका सम्पूर्ण काम एकजना हल्करा भिमप्रसाद घर्तीले गर्नुपरेको छ।
दुइ मध्य एकले २०६२ सालबाटै अवकास पाइसकेपछि हाल उक्त हुलाकमा एक हल्करामा सिमित हुन पुगेको हो। कार्यालयमा अर्का दुइजना हुलाकी करारमा नियुक्ती छन्। तर उनीहरु पनि निरक्षर भएको कारण सेवा चुस्त हुन सकेको छैन।
"मेरो व्यथा जिल्लामा सुनाउदा ल ल मा त्र भन्छन्" भन्दै दुखेसो पोख्नु हुन्छ भिमप्रसाद घर्ती । जिल्लाकै विकट गा वि सको हुलाकमा टिकट आइपुग्न महिनौ लाग्दा गाउलेको हप्काइ समेत खानु पर्दा निकै दुःख र निराशा लाग्ने कुरा व्यक्त गर्दै भिमप्रसाद अघि भन्छन् "यो स्थिति कहिलेसम्म रहने होला?’
सिलाई कटाइ तालिम सम्पन्न
डेढगाउ, नवलपरासी
पछौटेपन उन्मूलन समाज (वेस) पाल्पाले डेढगाउमा तीन महिने निःशुल्क सिलाइकटाइ तालिम सम्पन्न गरेको छ। वेस पाल्पाको नवलपरासी जिल्लाको सेवाक्षेत्रका ९ वटा गा.वि.स. का एक एक जना युवतीहरुलाई वेरोजगरी समस्या हल गर्ने उद्देश्यले उक्त तालिम सञ्चालन गरिएको हो।
उक्त तालिममा सहभागी ९ जना युवतीहरु मध्ये डेढगाउ, रकुवा र मिधुकरम गा.वि.स. का प्रशिक्षार्थीहरुलाई खाजा खर्च बापत मासिक रू ५००।- का दरले र अन्य ६ गा.वि.स. का सहभागीहरुलाई कोठा तथा खाजा, खाना खर्तबापत मासि रू १५००।- का दरले सुविधा उपलब्ध गराइएको थियो।
साथै तालिममा सहभागी सबैलाई संस्थाका तर्फाट एक/एक वटा उषा सिलाइ मेशिन समेत निशुल्क उपलब्ध गराइएको थियो। तीन महिने सिलाइ कटाइ तालिममा सहभागीहरुले पेटीकोट, खापावाला कट्टु गेम कट्टु, मेक्सी, कुर्ता, सुरुवाल, सर्ट, ब्लाउज, चोलो र जागे गरी एघार वटा विषयमा तालिम दिइएको कुरा प्रशिक्षक धर्म मालीले बताउनुभयो।
उक्त तालिमको समापन समारोह गाउ बाल संरक्षण समिति डेढगाउका संयोजक छविलाल ओझाको अध्यक्षता, डेढगाउ उच्च मा.वि.का प्राचार्य राम बहादुर श्रेष्ठको प्रमुख आतिथ्य तथा विभिन्न संघसंस्थाका प्रमुख पार्टी प्रतिनिधि, बालक्लब प्रतिनिधि लगायत आमा समूहले प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।
समापन समारोहमा विभिन्न वक्ताहरुले प्रशिक्षार्थीहरुले वेस पाल्पाको सहयोगमा आफूले प्राप्त गरेको सीपलाई व्यवहारमा उतारी वेरोजगारी लगानीलाई खेर जान नदिन पनि आव्हान गर्नु भयो ।
तालिममा मेशिन खरीद गर्दा रु.४९९५०/- प्रशिक्षकहलाई तलव भत्ता रु.२४०००/- र प्रशिक्षार्थी भत्ता रु.३१५००/- गरी जम्मा रु.१०५४५०/- एकलाख पाचहजार चारसय पचास रुपैया खर्च भएको स"स्थाकी सामाजिक परिचालक श्रीमती टीकामाया लामिछानेले बताउनु भयो ।
तालिममा लाग्ने सम्पूर्ण खर्च बेस पाल्पाले व्यहोर्ने भनी उद्घाटन समारोहमा व्यक्त गरिएता पनि मसलन्द खर्च बापत लागेको रकम रु.२०७४/- दुई हजार चौरहत्तर रुपैया प्रशिक्षार्थीहरुबाट उठाउने परेको प्रशिक्षक धर्म मालीले बताउनु भयो ।
आयुर्वेदमा चाप बढ्यो
उज्ज्वल ओझा
डेढगाउ, नवलपरासी
डेढगाउ आयुर्वेद औषधालय, नवलपरासीमा आथिक यो वर्ष विगत वर्षको तुलनामा बिरामीहरुको चाप बढेको छ । यो एक वर्ष बिचमा कुल १७६१ जना गाउवासीहरुले आफ्नो स्वास्थ्य जाच गरेका छन् । संस्थामा ग्यास्टीक रोगबाट ७०० बढी र अन्य विभिन्न रोगबाट बाकीहरुले स्वास्थ्य जाच गराएका छन् । कुल बिरामीहरुमा ७०% बढि महिलाले आफ्नो स्वास्थ्य जाच गराएका डेढगाउ आयुर्वेद औषधालयका कविराज मुकेश कुमारसिंह बताउनु हुन्छ।
यस्तै एक वर्ष बीचमा आयुर्वेद औषधालयले सुत्केरी, जेष्ठ नागरिकलाई जिल्ला स्वास्थ्य कार्यालयले उपलब्ध गराएको औषधी आयुर्वेद औषधी) १०० बढिलाई वितरण गरेको रेकर्ड पाइन्छ भने आयुर्वेदकै नेतृत्वमा धामी झाक्री कार्यक्रम अर्न्तत यस आयुर्वेद कार्यालयका तर्फबाट जिवनाथ कुवर र तुलसीराम लम्साल डेढगाउ लाई धामीझाक्री दुइदिने गोष्ठीमा कावासोती पढाउने काम पनि गर्यो।
यस्तै स्थानीय रुपमा उपलब्ध जडीबुटीहरु जस्तैः असुरो, सिमली, वेलपत्र जस्ता उपलब्ध जडिबुटीहरुलाई स्थानीय स्तरमै चूर्ण बनाइ वितरण पनि गरेको कुरा कार्यालय सहायक रामु चालिसे बताउनु हुन्छ भने सरकारी र गैह्र सरकारी स्तरबाट गरि विभिन्न स्वास्थ्य सम्बन्धी कार्यक्रमहरुमा पनि विगत १ वर्षा आयुर्वेद कार्यालयले स्वास्थ्य सहयोगीको भूमिका निभाएको थियो ।
यस्तै गत वर्षै आयुर्वेद कार्यालयले स्कूल हेल्थ कार्यक्रम अर्न्तगत डेढगाउ उच्च मा.वि. डेढगाउका कक्षा ८ र ९ का विद्यार्थीहरुलाई स्वास्थ्य र आयुर्वेद सम्बन्धी जानकारीका साथै स्वास्थय जाच गराएको कुरा पनि कविराज सिंहले बताउनु भयो ।
नवलपरासीको उत्तर पश्चीमी विकट गा.वि.स.हरु डेढगाउ, रुचाङ, मिथुकरम, रकुवा, भारतीपुर र व्याघानलाई सेवा क्षेत्र भित्र काम गरि राखेको उक्त आर्युवेदमा तनहुको र पाल्पाका केहि गा.वि.स. भित्रका जनसाधारणहरुले पनि स्वास्थ्य सेवा लिने गरेको बताइन्छ भने २०६४ मंसीरमा एकमुष्ठ १९ कार्टुन औषधी आर्युवेद विभागबाट प्राप्त भएपछि यो समाचार तयार पार्दासम्म थप औषधी आउन सकेको छैन । यसको बारेमा जिल्ला आर्युवेद स्वास्थय केन्द्र अरुण खोला नवलपरासीमा पटक-पटक जानकारी गराउदा जिल्ला आयुवेद स्वास्थ्य केन्द्रबाट निर्मित औषधी ३०-३५पन उपलब्ध भएको तर केन्द्रबाट औषधी आउन नसक्दा बिरामीहरुलाई औषधी बिना फर्काउनु पर्ने बाध्यता रहेको कविराज सिंह बताउनु हुन्छ।
यस्तै आयुर्वेद विभागद्धारा लगभग २८ लाख ७५ हजार खर्चमा निर्माण गरिएको डेढगाउ आयुर्वेद भवनको सुविधा सम्पन्न उपलब्ध भएको तर केन्द्रबाट औषधी आउन नसक्दा बिरामीहरुलाई पाच कोठामा औपचारीक रुपबाट कार्यालय सञ्चालन गर्न अप्ठ्यारो परेको छ ।
ठेकदार मणिभद्र पण्डीत -गितानगर-चितवन) निवासीले डेढगाउका सुदर्शन श्रेष्ठलाई दिनुपर्ने केहि रकम नदिएको कारण देखाइ निज सुदर्शन श्रेष्ठले आयुर्वेद भवनको एक कोठामा सामान सहित चावी लगाएर आफ्नो व्यापारिक सिलसिलामा डेढगाउ बाहिर भएको अवस्था र उक्त कुरा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र प्रमुखले भरतपुर भवन डिभिजन कार्यालयलाई पत्र लेखी पठाउदा समेत वास्ता नभएको अवस्थाले गर्दा हालसम्म पनि भवन फरछ्यौट हुन नसकेको उक्त भवनको केहि झ्याल, वायरीङ्ग लगायत केहि रकम समेत अलपत्र परेको कुरा कार्यालयका कविराज मुकेश कुमार सिंह बताउनु हुन्छ ।
युवा दिवसमा अर्न्तक्रिया
अर्न्तक्रियाको विषयवस्तु वर्तमान अवस्थामा युवा युवतीका समस्या र अब बन्ने संविधानमा युवाहरुका लागि उठाउनु पर्ने सवालहरु विषय रहेको थियो । अर्न्तरक्रियामा सहभागी व्यक्तिहरुलाई बेस पाल्पाका सामाजिक परिचालक भीम बहादुर थापाले हार्दिक स्वागत गर्दै अन्तरिम संविधान २०६३ तथा संविधान सभा सदस्य निर्वाचन तथा वर्तमान समसामयिक विषयवस्तुमा सामान्य जानकारी दिनु भएको थियो ।
अर्न्तक्रिया कार्यक्रममा सहभागी भएका व्यक्तिहरुलाई दर्ुइ समूहमा विभाजन गरी प्रत्येक समूहमा छलफल गरी निष्कर्षा आएका कुराहरु टिपोट गरी प्रस्तुत गरिएको थियो ।
अर्न्तक्रियामा व्यवहारिक र गुणस्तरीय शिक्षा नहुनु सीपमूलक तालिम नदिइनु युवा अधिकारका सम्बन्धमा उचित नितिनियमको व्यवस्था नहुनु, अपाङ्ग तथा महिलाहरुका लागि रोजगार मूलक तालिमको व्यवस्था नहुनु, गाउँघरमा प्रयाप्त स्वास्थ्य संस्था र औषधोपचार नहुनु, समाजमा विसङ्गति, विकृति बढ्दै जानु, भेदभाव जस्ता समस्याहरु उल्लेख गरिएको थियो ।
युवाहरुको हक अधिकारको सुनिश्चित गरी उचित निति नियमको व्यवस्था गर्नु पर्ने, व्यवहारिक निःशुल्क र गुणस्तरीय शिक्षाको व्यवस्था गरी रोजगारीको ग्यारेन्टी गर्नु पर्ने, युवाहरुलाई, विदेश भित्रिन नदिइ देशभित्रै उचित परिचालन गर्नुपर्ने, ठाउँठाउँमा युवा सूचना केन्द्र स्थापना गर्नुपर्ने, अपाङ्ग, दलित, जनजातिका लागि विशेष कार्यक्रम ल्याउनु पर्ने, ठाउँ-ठाउँमा प्रयाप्त अस्पतालहरुको स्थापना गरी निःशुल्क स्वास्थ्य सुविधा उपलब्ध गराउनुपर्ने जस्ता सवालहरु अब बन्ने संविधानमा उल्लेख गर्नुपर्ने निचोड निकालिएको थियो ।
जनताद्वारा नै सम्पन्न हुने भयो मोटर बाटो
पछि आर्थिक वर्ष२०६४-०६५ को वजेट -रु.२५०,०००) उक्त बाटोमा पर्ने निधो भए पछि पुन डोजर हाल्ने कुरा सम्पूर्ण जनतामा खुसी छाएको थियो ।
तर २०६४ सालमा बाटोका इन्जिनियर ल्याएर र्सर्वेक्षण गर्दा वडा नं. ५ र ६ को बीच भाग तिर पर्ने भोर्ले भिर खण्डमा निकै बलियो पहाड भएको कुरा थाहा हुन आएपछि कतै डोजरले उक्त पहाड फोर्न नसक्ने पो हो कि भन्ने शंकामा सबै जनता परे पछि मोटर बाटोको समितिको बैठक बसी जनताद्वारा नै बाटो खन्ने निर्णय गरेको हो । उक्त निर्णय भए पछि वडा नं. ४ र ५ का जनताद्वारा नै सो बाटो खन्न सुरु गरियो । हाल जौवारी हुँदै मिथुकरम देउराली र डेढगाउँ जोडिएको मोटर बाटोको देउराली खण्डमा जोडिएको छ ।
तर भोर्ले खण्डमा भएको पहाडको केही भाग भनि बाँकी नै रहेकोले बाटो सुचारु भैसकेको छैन । तर पनि उक्त पहाडलाई केही दिनमा नै फोरेर निर्माण पुरा गर्ने बाटोमा संलग्न जनताहरुले दावी गरेका छन् ।
अध्यारो भयो गाउँ घर
सुन्धारा, तनहुँ
गत ३ महिना देखि गाउँमा मटितेल नपाउँदा डेढगाउँ, रकुवा घिरिङ्ग सुन्धारा गा.वि.स. वरिपरीका जनजीवन कण्टकर भएको छ । राती अबेरसम्म बत्ती बालेर पढ्ने विद्यार्थीहरुको अध्ययनमा यसले गम्भीर असर पारेको छ भने किसानहरु राती अवेर सम्म घरायसी काम गर्न सकेका छैनन् । मटितेल पाइन छाडेपछि सक्नेले घरमा सोलार राखेका छन् भने न्यन आय हुनेहरु सेल बेट्रीबाट चल्ने टकीमारा किनेर उज्यालो पादै छन् ।
स्थानीय पसलहरुमा प्रतिलिटर रु.८० देखि १०० मट्टतिेलको भाउ भए पनि मट्टीतेल भने पाइएको छैन। गाउँमा चल्ने डिजेल राइस एवं तेल मिलहरु पनि डिजेलको अभावमा बन्द रहेकोले परम्परागत ढिकी जाँतो नै प्रयोग बढ्दो छ ।
बैदेशिक रोजगार आंशु-हांसो दुवै
सन्धारा, तनहुँ
विदेश गई पैसा कमाउने उद्येश्यले नवलपरासी, पाल्पा, तनहुँ सहितका विभिन्न गाउँबाट खाडी मुलुक कतार, साउदी अरब, दुवई, वहर्राईन, कुवेत, ओमन र मलेसिया जानेको संख्या बढ्दो छ । वेराजगार युवाहरु महङ्गो व्याजदरमा ऋण लिएर र घर जग्गा धितो राखेर रोजगार दिने कम्पनी, एजेन्ट र आफन्तले पठाएको भिषाबाट विदेशीने गरेका छन् ।गएका मध्ये धेरैले थोरै तिनो कमाएर ल्याउन सके पनि कतिपयले आफू गएको ऋण समेत तिर्न नसकी थप ऋणको भार सहित फर्कि भएको घर जग्गा साहुलाई नै दिन्छन् भने कयौको विदेशमा मृत्यू भै परिवारको विचल्ली पनि भएको छ ।यस्तैमा विदेशमा गै मृत्यू ह’नेहरुमा रकूवा-३ खैरेनीका लाल बहादुर विष्ट -मलेशिया) स’न्धारा-९ कोल्डांडाका टेक बहादुर थापा -साउदी) सुन्धारा-१ गडौलीटार रेख बहादुर कुमाल -साउदी) का मृत्यू भएपछि श्रीमती र सन्तान सहारा विहिन भएका छन् । यसै गरी गत भदौमा साउदी अरब गएका सुन्धारा-१ गडौलीटारका ओम बहादुर कुमाल गएको ५ महिना भै मृत्यू भएपछि श्रीमती रञ्जु र ३ सन्तानको विचल्ली भएको हो ।विदेश गै पैसा कमाउने र परिवारलाई सुख सयल गरी पाल्ने आशाले गएको घरम"लीको परदेशमै मृत्यू भएपछि उनी गएको ऋण समेत तिर्न रञ्जुलाई समस्या परेको छ ।विदेश पुगेर पनि मेडिकल फेल हन, कम्पनी टुट्ने, भने अनुसारको तलब र काम नपाउनु, छिट्टै करार सकिई स्वदेश र्फकनू परेकाले पनि कयौ नेपाली यूवा थप ऋण र समस्या बोकेर र्फकन्छन् ।
Tuesday, July 29, 2008
पहाडी भेगको समस्या समाधान नगरी नवल परासी क्षेत्र नम्बर २ को विकास हुन्न
काठमाडौं ।
नवलपरासी क्षेत्र नम्बर दुइबाट संविधान सभा निर्वाचनमा विजयी संविधान सभा सदस्यहरुलाई नवलपरासी बुङ्गदी काली काठमाडौं सर्म्पर्क समितिले गत साउन ११ गते एक कार्यक्रमका बीच काठमाडौंमा अभिनन्दन गर्यो ।
अभिनन्दन कार्यक्रममा नवलपरासी क्षेत्र नम्बर दुइबाट प्रत्यक्ष निर्वाचन प्रणालि अन्तरगत विजयी संविधान सभा सदस्य महेन्द्र ध्वज जी सीले डेढगाउँ, रकुवा, मिथुकरम सहितका गाविसमा रहेका विभिन्न समस्याका विषयमा आफूलाई थाहा भएको बताउँदै ती समस्या समाधान गर्न आफ्नो तर्फाट पहल हुने आश्वासन दिनुभयो ।
उहाँले डेढगाउँमा मोटर चल्ने पक्कि पुल बनाउने, डेढगाउँको उपस्वास्थ्य चौकीलाई स्वास्थ्य केन्द्र बनाउने, डेढगाउँ सम्मको मोटरबाटोलाई थप सुधार गर्ने लगायतका विषयलाई आफूले प्राथमिकता दिनेमा जोड दिनुभयो ।
जि सीले पहाडी भेगको समस्या र तिनका समाधानका बारेमा आफूलाई समय समयमा सुझाव दिइरहन बुङ्ग्दी काली समाजका सदस्यहरुलाई अनुरोध पनि गर्नुभयो ।
यस्तै क्षेत्र नम्बर दुइबाटै समानुपातिक निर्वाचन प्रणालि अन्तरगत नेकपा एमालेका तर्फाट संविधान सदस्यमा निर्वाचित रोशन गाहा मगरले नवलपरासी क्षेत्र नम्बर दुइका बासिन्दाका लागि आफ्नो तर्फाट आवश्यक सहयोग सँधै रहने बताउनुभयो । क्षेत्र नम्बर दुइ अन्तरगत पहाडी भाग विकट भएको भन्दै मगरले पहाडलाई प्राथमिकता दिएर काम गर्न सकेमा मात्र आफ्नो क्षेत्रको विकास हुन सक्ने बताउनुभयो ।
कार्यक्रममा वुङ्गदी काली काठमाडौं सर्म्पर्क समितिका सल्लाहकार होमनाथ भट्टर्राईले पहाडी भेगको समस्याका बारेमा जानकारी दिदैं मधेसको थारु भिलेज देखि पोखरा सम्म पर्यटकीय मार्गको रुपमा पहाडी भेगलाई प्रयोग गर्न सके त्यस क्षेत्रको विकास हुनेमा जोड दिनुभयो । उहाँले पहाडी भेगको समस्या समेटेर संविधान सभा सदस्यहरुलाई वितरण गर्न तयार पारिएको माग पत्र पढेर सुनाउनुभएको थियो ।
कार्यक्रममा वुङ्गदी काली काठमाडौं सर्म्पर्क समितिका अध्यक्ष श्रीलाल ठाडा र प्रमुख अतिथि रकुवा गाविसका पूव अध्यक्ष दुग बहादुर राना मगरले संविधान सभा सदस्यहरुलाई अभिनन्दन गर्नुभएको थियो ।
नवलपरासी क्षेत्र नम्बर एकका संविधान सभा सदस्य शशांक कोइरालालाई पनि अभिनन्दनका लागि बोलाइएको भए पनि कार्यक्रममा उपस्थित हुनुहुन्थेन ।
कार्यक्रमा इन्जीनीयरहरु तेज प्रसाद ओझा, देवीराम थापा, वाणिज्य बैंकका उच्च पदस्थ अधिकृत ज्योति चन्द्र ओझा, नेपाल प्रहरीका डी एस पी रामप्रसाद श्रेष्ठ, सनलाइट बोर्डिङ स्कूलका प्रिन्सीपल हरी ओझा, कान्तिपुर टेलिभिजनका पत्रकार सुरेन्द्र पाण्डे अल एसीया इन्टरनेशनलका प्रवन्ध निर्देशक रामचन्द्र ओझा सहितका व्यक्तिहरुको सहभागीता थियो ।
Friday, July 18, 2008
डेढगाउँलेलाई मोटरसाइकल चोरेको अभियोग
पोखरा, कास्की
गत असारको तेस्रो साता पोखरा र काठमाडौंका धेरै पत्रपत्रिका, एफ एम रेडियो तथा टेलिभिजनमा डेढगाउँको नाम आयो । तर, राम्रो कुरामा नभएर मोटरसाइकल चोरेको अभियोगमा डेढगाउँको नाम आएको हो ।
काठमाडौंबाट प्रकाशित हुने राजधानी दैनिक, पोखराबाट प्रकाशित हुने समाधान दैनिकले घरमा पनि ढुक्क नहुनुस्, चोरिन सक्छ मोटरसाइकल शिर्ष दिएर डेढगाउँलेले पोखरा र त्यसवरपरबाट मोटरसाइकल चोरेर नवलपरासी तथा बारामा समेत पुर्याएकेा समाचार प्रकाशित गरे ।
यसरी मोटरसाइकल चोरेको अभियोगमा पक्राउ पर्नेमा डेढगाउँ सिंहटारीका गोविन्द खत्री -प्रकाश) र डेढगाउँ ४ का हरी सारु मगर रहेका छन् । यस्तै चोरीको मोटरसाइकल प्रयोग गरेको अभियोगमा डेढगाउँ ५ का हुम बहादुर बि.क पनि पक्राउ परेका छन् भने प्रहरीले केरमटारका अर्जुन विकलाई खोजी गरिरहेको पत्रिकाले प्रकाशित गरेको छ ।
संचार माध्ययमा आए अनुसार पोखराका ट्राफिक प्रहरी नायव निरिक्षक डम्बर गिरीको नेतृत्वमा गएको टोलीलाई डेढगाउँमा मोटरसाइकल चोरेको अभियोग लागेकाहरुले कुटपिट समेत गरेका थिए ।
पक्राउ परेकाहरुले दिएको वयानका आधारमा १० वटा मोटरसाइकललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
Wednesday, July 16, 2008
निःशुल्क तालिम लिने मान्छे पनि भएन
केरमटार, डेढगाउँ
पैसा दिएर सीप सिक्छु भन्दा पनि जहाँ तही सिक्न पाइदैन तर यहाँ भने निशुल्क सीप सिकाइदिन्छौं भन्दा पनि सिक्ने मानिस कोही आएका छैनन् । डेढगाउँ-३, केरमटारमा फलामको समान निर्माणको काम सिकाउने तालिम केन्द्र खोलिएको १ महिना भन्दा धेरै भइसक्दा पनि अहिलेसम्म कसैले पनि तालिममा इच्छा देखाएका छैनन् ।
डेढगाउँ ५ का विश्वकर्माहरुलाई लक्षित गरी फलामको काम सिकाउन गाउ विकास समितिले २५ हजार रुपैया निकासा गरिसकेको छ । तारा बहादुर वि.क.को अध्यक्षतामा तालिम सञ्चालन समिति गठन भइसके पनि फलामको काममा कोही आकषिर्त नभएका वि. क. ले बताउनुभयो ।
नयाँ पिढीले यो काम नसिके डेढगाउँमा फलामको समान निर्माण हुन नसक्ने र बजारको महङगो समान किन्न वाध्य हुनुपर्ने वि.क.को भनाई छ । डेढगाउँ र यस वरपर अहिलेसम्म पनि बाली प्रथामा फलामको काम गरिन्छ ।
सरकारी स्कूलमा एक कक्षा देखि नै अंग्रेजीमा पढाई
मचेडी, मिथुरकम
मचेडीको धर्मात्मा माध्यमिक विद्यालयको प्राथमिक तहमा अंग्रेजी माध्यमबाट पर्ढाई सुरु भएको छ । गत जेठमा भएको अभिभावक भेलाले गुणस्तरीय शिक्षामा जोड दिनु पर्ने भन्दै एक कक्षा देखि नै अग्रेजी माध्यमबाट अध्यापन गर्न थालिएको हो ।
जिल्ला शिक्षा अधिकारीको सहमति पछि अंग्रेजी माध्यममा पढाउन थालिएको प्रधानाध्यापक कृष्ण प्रसाद लामिछानेले बताउनुभयो । अँग्रेजी माध्यममा अध्यापन गर्नका लागि झापामा रहेको भुटानी शरणार्थी शिविरबाट ४ जना शिक्षक ल्याइएको विद्यालय प्रशासनले जानकारी दिएको छ ।
विद्यालयले गरिब, असहाय बालबालिकाका लागि छात्रवृत्तिको तथा निशुल्क पढाइको व्यवस्था पनि गरेको छ । अंग्रेजी माध्यममा पढाइ हुन थालेपछि बालबालिका र तिनका अभिभावक हषिर्त छन् । अग्रेजी माध्यममा पर्ढाई हुन थालेपछि विद्यार्थीको चाप पनि बढेको छ ।
तर केही अभिभावकले भने अँग्रेजीमा पढाउने निर्णय गरे पछि विद्यालयले निश्चित शुल्क लिन थालेकाले त्यस्ले आर्थिक स्थिति कमजोर हुने अभिभावकलाई अप्ठेरो परेको बताएका छन् ।
विद्यालयले गरीब तथा निसहाय बालबालिकालाई निशुल्क अध्यापन गराउन भने पनि आफूहरुसँग शुल्क मागेको अभिभावक बाबुराम भण्डारीले बताउनुभयो । आर्थिक कमजोरीको कारणले धर्मात्मा स्कुलमा पढिरहेका छोरछोरीलाई कृष्ण गण्डकी प्रा.वि.मा पढाउन थालेको भण्डारीको दावी छ ।
बाटो बनाएर शिक्षकलाई तलब
खर्सानटार, दरैगाउँ
डेढगाउँ गा.वि.स.का केही वडाका गाउँलेले गाउँ भित्रका भित्रि मोटर बाटो निर्माण गरेर स्थानीय शिक्षकलाई तलब दिने प्रयासमा लागी परेका छन् । गाउँलेले जनश्रमदान विकास निर्माण गरी गाविसले उपलब्ध गराएको रकम शिक्षा क्षेत्रमा लगानी गरेका हुन् ।
वडा नं. ६ बासीले भुरुङ्गे-वैडा हुदै काली पुल सम्मको मोटर बाटो खनेर त्यसबाट आएको ७० हजार रुपैयाले बाल कल्याण नि.मा.वि. मा स्थानीय तहमा शिक्षक राखेको छ ।
वडा नं. ९ बासीले ढुवाडबाट ढोड भञ्याङ्ग खण्डको बाटो निर्माण गरेर २८ हजार पाँच सय रुपैया जम्मा गरी गत वर्षपढाएर पनि तलब नपाएका शिक्षकहरु खिमु भूजेल, माया भण्डारी र भोजमाया खाणलाई पारिश्रमिक उपलब्ध गराउने भएका छन् ।
साङ्गीतिक कार्यक्रम सम्पन्न
डेढगाउँ, नवलपरासी
डेढगाउँ-३, फेदि स्थीत डेढगाउँ साथी समूहले गत महिना एक साङ्गीतिक कार्यक्रम सम्पन्न गर्यो । पछौटेपन उन्मूलन वेस पाल्पाको आर्थिक सहयोगमा गरिएको उक्त कार्यक्रममा डेढगाउँ भित्रका सम्पर्ूण्ा प्राथमिक विद्यालयहरुले भाग लिएका थिए ।
राष्ट्रिय गीतहरुमा नृत्य गरेर बालबालिकाले स्थानीय बासीमा राष्ट्रप्रेमको भावना जगाएका थिए । कार्यक्रममा संगम बाल क्लब डेढगाउँ-३, फेदि, डेढगाउँ मा.वि. निलो सदन, बाल कल्याण प्रा.वि. र डेढगाउँ मा.वि. रातो सदन क्रमसः प्रथम, द्धितिय, तृतीय र सान्त्वना पुरस्कार पाएका थिए ।
नागरिकहरुको देशप्रति सद्भाव जागोस् भनी प्रतियोगितात्मक रुपमा राष्ट्रिय भावनाले ओतप्रोत गीतको प्रतियोगिता गरिएको क्लबकी अध्यक्ष वृद्धा पाण्डेले जानकारी दिनुभयो ।
एड्स संवन्धमा छलफल
रुचाङ, नवलपरासी
बेस पाल्पाको सहयोगमा गत वर्षरुचाङमा स्थापना भएको साथी समूह विभिन्न चेतनामूलक कार्यक्रम गर्दै आएको छ ।
साथी समूहको सक्रियतामा गत असारको पहिलो साता एच आई भी एड्स सम्वन्धि जनचेतना मूलक कार्यक्रम भयो । कार्यक्रममा रुचाङ उप-स्वास्थ्य चौकीका ग्रामिण स्वास्थ्य कार्यकर्ता तारा प्रसाद थनेतले एच आई भी एड्स संविन्ध जानकारी दिनुभएको थियो ।
असुरक्षित यौन सर्म्पर्क राख्ने तथा सुइबाट लागु औषध लिनेहरुलाई एच आई भी रोग लाग्न सक्ने र यस्को निको नहुने थनेतले बताउनुभयो ।
सो अवसरमा सहभागीहरुले एड्सबाट बच्न असुरक्षित यौन सर्म्पर्क नगर्ने प्रतिबद्धता जाहेर गरेका समूहका सचिवले जानकारी दिनुभयो ।
मचेडीमा वचत ऋण संस्थाको प्रगति
मिथुकरम, नवलपरासी
१० वर्षअगाडि मंचेडीमा स्थापना गरिएको गरिव समुह लाई अहिले मचेडी वचत ऋण सहकारी संस्थाको नाममा परिवर्तन गरिएको छ । संस्थाले रकम वचत गर्ने बानी बसाल्ने तथा नयाँ कार्यको लागि इच्छुक सदस्यलाई ऋण पनि प्रदान गर्छ ।
मचेडी ऋण सहकारी संस्थाको कार्यक्षेत्र मिथुकरम गा.वि.स.को वडा १ देखि वडा नं. ५ सम्म रहेको छ । यस संस्थामा खाता खोल्न चाहने सदस्यले रु.१०० रुपियाँ जम्मा गरी प्रत्येक महिनामा ५० रुपियाँ जम्मा गर्नु पर्छ । यस संस्थाका सदस्यहरु संस्थाप्रति सक्रिय र खुशी रहेका संस्थाका अध्यक्ष पिताम्बर कण्डेल तथा सचिव नारायण ढकालले बताउनुभयो ।
माइतीघाटमा झोलुङ्गे पुल बन्ने
मचेंडी, मिथकुरम
तनहुको करुवाटार र बटौलीटारको बीच तथा मचेडीको किपेनी भन्ने ठाउँमा झोलुङ्गे पुल निर्माण हुने भएको छ । स्थानीय बासिन्दाको माग अनुसार पुल निर्माण कार्य आउँदो असोजबाट सुरु हुने बताइएको छ ।
माइतीघाटमा बन्ने पुलबाट नवलपरासीका भारतीपुर, मिथुकरम, जौवारी, नरम, रुचाङ्ग गा.वि.स. का जनता तथा तनहुँका पनि केही गा.वि.स.का जनता लाभान्वित हुन्छन् । झोलुङ्गे पुल बनेपछि कावासोती र दलदलेबाट ल्याइने खाद्यान्न तथा अन्य सरसामान तनहुँ सम्म पनि आइपुग्नेछ ।
पुल बनेपछि करुवाटार र बटौलीटारका बासिन्दा ४५ मिनेटमा नै डेढगाउँ आउँन सक्छन् । यस अगाडि खर्सानटार पुलको प्रयोग गर्दै डेढगाउँ आवत जावत गर्दा करुवाटार र त्यस वरिपरिका बासिन्दालाई दुई तीन घण्टा फेरो बाटो हिड्नुपथ्र्यो ।
पुष्पाञ्जली युवा क्लब र नरमछाप साथी समूह भए भलिबलमा प्रथम
मिथुकरम
गत महिना मिथुकरममा भएको भलिबल प्रतियोगितामा पुरुष तर्फ पुष्पाञ्जली युवा क्लब नरम तथा महिला तर्फसाथी समूह नरमछाप प्रथम भएका छन्। सिमलडाँडा पछौटेपन उन्मूलन समाजले वेस पाल्पाको आर्थिक सहयोगमा गरेको प्रतियोगितामा पुरुष तर्फसात टिम र महिला तर्फतीन टिमले भाग लिएका थिए ।
मिथुकरम गा.वि.स.का साथी समुहमा आवद्ध युवाको सक्रियतामा भलिबल प्रतियोगिता भएको हो । गा.वि.स. भरका युवायुवतीलाई गोलबन्ध गर्ने र खेल प्रति उत्साहित गराउने उदेश्यले भलिबल प्रतियोगिता गरिएको आयोजकहरुले बताएका छन् ।
प्रतियोगिता भर एक सय ५० भन्दा धेरै युवायुवतीको उपस्थिति थियो। भलिबल प्रतियोगितालाई बुढापाकाले पनि उत्तिकै उत्साहका साथ हेरेका थिए।विजय टिमलाई गाउँ बाल कल्याण समितिका सचिव विष्णु वस्यालले पुरस्कार वितरण गर्नु भएको थियो ।
अझै भएक शिक्षकको नियुक्ति
रुचाङ, नवलपरासी
रुचाङ्ग गा.वि.स. अर्न्तगत श्री र्सव प्रीय प्रा.वि. मौलाथरमा विद्यालय शिक्षक अर्जुन भूर्तेलको निधन भएको ५ महिना भइसक्दा पनि उहाँको ठाउँमा अझै नयाँ शिक्षक नियुक्ति हुन सकेको छैन ।
गत वर्षफागुन ७ गते भूर्तेलको निधन पछि भूर्तेलकी श्रीमति उमाले श्रीमानको ठाउँमा शिक्षक पाउनुपर्ने दावि गर्दै आएपनि अहिलेसम्म विद्यालय व्यवस्थापन समितिले त्यस्मा सहमति जनाउन सकेको छैन । विद्यालयकै अन्य कतिपय शिक्षकले पनि उमा भूर्तेलको नाममा असहमति व्यक्त गरेका शिक्षकको नियुक्तिमा ढिलाई भइरहेको छ ।
डेढगाउँ उच्च मा.वि.को व्यवस्थापन समिति गठन
डेढगाउ
डेढगाउँ उच्च माध्यामिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको हालै पुनरगठन भएको छ । पुनरगठित समितिका अध्यक्षमा लाल बहादुर ठाडा, महिला सदस्यमा तुल्सी श्रेष्ठ र सदस्यहरुमा क्रमशः फत्त बहादुर गाल र चन्द्रलाल दराई हुनुहुन्छ भने सदस्य सचिवमा प्राचार्य रामबहादुर श्रेष्ठ हुनुहुन्छ ।
नवगठित समितिमा शिक्षक प्रतिनिधि एकजना र अन्य तीन जना सदस्य छिट्टै गठन गरिने विद्यालयले जनाएको छ । विद्यालय व्यवस्थापन समिति पुनरगठन गर्ने कार्यक्रममा तीन सय भन्दा बढी अभिभावकको उपस्थिति थियो । पदाधिकारी चयनका क्रममा सुरुमा केही विवाद उठेता पनि पछि संवंसम्मत ढङ्गले समिति चयन गरिएको थियो ।
मिथुकरम मिनाङकोट देउरालीमा नि.मा.वि.सञ्चालन
मिथुकरम, नवलपरासी
मिथुकरम-७, मिनाङकोट देउरालीको सिद्धि विद्यालश्रम प्राथमिक विद्यालयलाई यसै शैक्षिक सत्र निम्न माध्यमिक विद्यालय बनाइएको छ ।
७५ हजार रुपैया धरौटी राखी जिल्ला शिक्षा कार्यालयबाट अनुमति लिएर यस वर्ष ६ कक्षाको अध्यापन सुरु गरिएको हो भने धर्मात्मा माविको शाखाको रुपमा सात कक्षाको पर्ढाई पनि विद्यालयमा सुरु भएको छ ।
यस विद्यालयको प्राथमिक तहमा दुइ सय ९६ जना, कक्षा ६ मा ३६ जना र कक्षा ७ मा १५ जना छात्रछात्रा अध्ययनरत छन् । शिक्षक दरबन्दी तीन जना मात्र रहेको भए पनि यस विद्यालयमा स्थानीय स्रोतमा चारजना शिक्षकले पढाइरहेका छन् । यस्तै बालविकास केन्द्रमा एक जना शिक्षक र एकजना परिचर पनि विद्यालयमा रहेको छन् ।
यस विद्यालयमा कुमारी प्रा.वि. हसौराको सहयोगमा गत वर्षनिर्मित ५ कोठा बाहेक २०५६ सालमा निर्माण गरिएको तीन वटा कोठा रहेका छन् । विद्यालयलाई स्तरवृद्धि गरी कक्षा ८ सम्म पुर्याउनका लागि अरु चार कोठा थप्नु पर्ने प्रधानाध्यापक गम बहादुर रानाभाट बताउनुहुन्छ । यसका साथै विद्यार्थी संख्याको अनुपातमा फर्निचर र शिक्षक दरबन्दी पनि यस विद्यालयमा कमी रहेको छ ।
रुपाटारमा खानेपानीको सुविधा
राम्जाकोट, तनहुँ
विजय विकास श्रोत केन्द्र र स्थानिय श्रमदानबाट तनहुँ जिल्लाको राम्जाकोट-२ रुपटारमा खानेपानीको धारा टोल-टोलमा पुगेको छ । रुपटारबाट करिब ५ किलोमिटर उत्तरमा पर्ने जुडी मुहानबाट ल्याइएको खानेपानी रुपटारको गिरी वस्ती, दरैगाउँ र सेपाङदी -१ मा पनि वितरण गरिएको छ ।
निर्माणको काम अन्तिम चरणमा पुगिसकेको र प्रत्येक टोल टोलमा पुग्ने गरी धारा राखिएको रुपटार खानेपानी आयोजनाका अध्यक्ष ऋषिराम गिरीले बताउनुभयो । विजय विकास श्रोत केन्द्र मार्फ महिला उत्थान र जागरणका लागि महिलाहरुलाई सङ्गठीत गर्ने काम पनि सुरु भएको छ ।
जागृति महिला समुहले यस गाउँलाई स्वच्छ, विकृति, विसङगति र कूलत मुक्त गाउँ बनाउन पहल गदै आएको छ भने विभिन्न सांस्कृतिक अभियानबाट आर्थिक श्रोत पनि जुर्टाई रहेको छ । यस्ता श्रोत सामाजिक सेवाका निम्ति खर्च गरिने समुहकी अध्यक्ष कोपिला गिरी बताउनुहुन्छ ।
जनताको सुरक्षा गर्न बसेको प्रहरीको सुरक्षा कसले गर्ने ?
डेढगाउँ, नवलपरासी
नवलपरासीको पश्चिमी विकट पहाडी गा.वि.स. डेढगाउँमा प्रहरी चौकी स्थापना भएको एक वर्षपुरा भए पनि अहिलेसम्म प्रहरी चौकीको भवन नहुँदा जनतालाई सुरक्षा दिन बसेका प्रहरी सुरक्षाकर्मी नै असुरक्षित छन् ।
२०६४ असार १४ गते चौकी स्थापना गर्न आएका १५ जनाको प्रहरीटोलीलाई गाउँलेहरुले भवन निर्माण नहुदा सम्मलाई बस्नको लागी सिंचाई कार्यालय डेढगाउँ र साझा संस्थाको गोदाम कोठा उपलब्ध गराएको थिए । तर, पछि १५ जना प्रहरी टोली थपिएर आएपनि भवन अभावको कारण प्रहरीहरु सिंचाइ अफीस र साझाको गोदाम तथा रकुवा स्वास्थ्य चौकीको एक कोठामा खुम्चिएर बस्न वाध्य छन् ।
सिंचाइको अफीस र साझाको गोदाम जीर्ण भएकाले वर्षाको बेला प्रहरीहरु जलाम्मे कोठमा सुत्न बस्न परेको छ भने जुनसुकै बेला भवन भत्कन सक्ने खतरा पनि छ ।
न्यूनतम आधारभूत भौतिक पूर्वाधार वीना चौकी स्थापना भएकाले यस्तो स्थीति आएको प्रहरी निरिक्षक देव बहादुर वस्ती बताउनु हुन्छ । एक प्रहरी निरिक्षक, दुई प्रहरी नायव निरीक्षक, तीन प्रहरी सहायक निरिक्षक, ६ प्रहरी हवल्दार सहित २९ जनाको दरबन्दी अहिले यहाँ रहेको छ ।
गत वर्षचौकी स्थापना हुँदा तत्कालै जग्गा किनी भवन निर्माण गरे आश्वासन तत्कालिन जिल्ला प्रहरी प्रमुख एस.पि.गोविन्द निरौला र जिल्ला प्रमुख अधिकारी गोविन्द खनालले दिनुभए पनि अहिलेसम्म त्यस तर्फकुनै प्रगति भएको छैन ।
प्रहरी चौकीको अवस्थाका बारेमा जिल्ला प्रहरी कार्यालउ देखि गृह मन्त्रालय सम्म जानकारीप् गराउँदा पनि अहिलेसम्म अनुगमन समेत हुन नसकेको दुखेको प्रहरी निरिक्षक वस्तीले गर्नुभयो ।
प्रहरी नायव निरिक्षक गोविन्द रेगमीले चौकीको वस्तुस्थितिका विषयमा धेरै निवेदन र गुनासो माथील्लो निकायमा थुप्रिएता पनि सुनुवाई नभएको भन्दै संचारकर्मीको सहयोगमा केही हुन सक्ने आशा व्यक्त गर्नुभयो ।
नवलपरासीको विकट पहाडी क्षेत्रका डेढगाउँ, रकुवा, मिथुकरम, रुचाङ्ग सहितका गाविसलाई मुख्य क्षेत्र बनाएर प्रहरी कार्यालय स्थापना गरिएको हो । जनताको उद्धार गर्न बसेको प्रहरीको उद्धार गर्न पर्ने अवस्था आउँन लागेकाले सम्वन्धित निकायले यस तर्फध्यान दिन जरुरी छ ।
Monday, July 7, 2008
"पहिरोमा परि एकको मृत्यु दूइ घाइते"
व्याधान
मोटरबाटो निर्माणको क्रममा पहिरोमा परि एक जनाको मृत्यु भएको छ भने अन्य २ जना गम्भीर घाइते भएका छन् । २०६५ साल जेष्ठ २६ गते आइतबारका दिन घटेको उक्त घटनामा रुचाङ गा.वि.स. वडा नं. १ व्याधान निवासी ५५ वषिर्य पदम सिं आलेको घटनास्तलमानै मृत्यु भएको थियो भने सोही गाउँकी श्रीमती दुर्गामाया सिंजाली र मनकुमारी वि.क. घाइते भएका थिए।
घाइते मध्ये दुर्गामायाको टाउको तथा अनुहारमा चोट लाग्नुका साथै देब्रेहातको हड्डी भाँचिएकाले उनलाई उपचारका लागि केउरेनी लगिएको छ भने मनकुमारीको देब्रे खुट्टामा चोट लागेकाले उनको घरमै उपचार भइरहेको इलाका प्रहरी कार्यालयका नायब प्रहरी निरिक्षक गोविन्द रेग्मीले बताउनु भयो ।
दलदले राइका भञ्ज्याङ्ग मोटरबाटो अर्न्तर्गत रुचाङ खण्डको वाङसा खोलामा उक्त घटना हो । बाटो खन्ने क्रममा दिनको करिब ३ वजेतिर माथिबाट ढिस्को भत्किदा करिब १०० मिटर तल खोलामा खस्दा उक्त दुर्घटना भएको थियो । वि.स. २०५५/५६ मा जर्मन संस्था जेटि जेडको कामका लागि खाद्यान्न सहयोग कार्यक्रम अन्तर्गत निर्माण सुरु गरिएको मोटर बाटो पछि उक्त संस्थाले सहयोग बन्द गरेपछि बेवारीसे अवस्थामा थियो।
जि.वि.स र गा.वि.स. को अनुदान तथा स्थानीय वासिन्दाहरुको श्रमदातमा हाल निर्माण गर्न लागिएको उक्त बाटो नरम गा.वि.स. को मधुकोट जोडने लक्ष्य रहेको छ । सडक निर्माण गर्ने कार्यमा डोजरको प्रयोग गरिएको भएता पनि कडा चट्टानको कारण मानिसले खन्नु परेको हो । करिब ६०/६५ जना श्रमदाताका लागि गएकोमा उक्त घटनाले सबैलाई मर्माहत बनायो । मृत्यु हुने पदम सी आले नरम गा.वि.स. वडा नं. ६ माझडाडाँका स्थायी वासिन्दा भएको र व्याधानकी आसमति सिंजालीसँग वैवाहिक सम्बन्ध कायम भएपछि व्याघातमै बस्दै आएका थिए । कमजोर आर्थिक अवस्था रहेको चार छोरा र एक छोरीको पिता आलेको परिवारमा उनको मृत्युले झन आर्थिक वोझ थपिदिएको छ ।
गाउँमा मोटर पुर्याउने सुन्दर सपना बोकेर जनश्रमदानमा जुटदा ज्यान गुमाउने तथा घाइते हुनेहरुलाई सहयोग गर्नेको लागि कसैको ध्यान गए पिडितहरुको पिडा कम हुने थियो।
विष प्रयोग गरी माछा मार्नेलाई प्रहरीले कारवाही गर्यो
मिथुकरम
डेढगाउँ र मिथुकरम गा.वि.स.को सिमानामा स्थीत वौदी खोलामा नियम विपरित विष प्रयोग गरि माछा मार्दै गरेका चार जनालाई इलाका प्रहरी कार्यालय डेढगाउँको गस्ती टोलीले भेटे पछि सामान्य कारवाही पश्चात आगामी दिनमा नियम विपरित माछा नमार्ने सर्तमा छाडेको छ ।
डेढगाउँमा विगत एक वर्षअघि देखी प्रहरी चौकी स्थापना पश्चात प्रहरी प्रशासन डेढगाउँले खोलामा विष हाल्न, बम हान्न, करेन्ट लगाउन नपाउने भनी र्सव साधारणलाई जानकारी गराई नियमित गस्ती गर्दै आएको थियो ।
पटक-पटक जानकारी गराउदा गराउदा पनि गत असारको पहिलो हप्ता मिथुकरम-३ का होम बहादुर वस्याल -४३, विष्णु माया गैह्रे, -३०, छविलाल वस्याल -३५ र केशव वस्याललाई माछा मारी रहेको अवस्थामा फेला पारेपछि प्रहरी कार्यालयले कडा निर्देशन दिएको छ ।
कालिटाइम्स सँगको कुराकानीको अवसरमा प्रहरी नायव निरिक्षक गोविन्द रेग्मीले भन्नुभयो - "वौदी खोला र काली किनारमा विष र करेन्ट लगाइ माछा मार्ने संस्कृति अझ कम नभएकोले प्रहरी कार्यालय कडा गस्ती टोली खटाएको छ । अझै यस्तो भेटेमा कडा कारवाही गरिने र उनीहरुलाई दण्ड जरिवाना समेत गरी सामाजिक काममा खर्च गरिने छ ।"
बन्यो झोलुङ्गे पुल
सुन्धारा तनहुँ
नवलपरासी रकूवा १ वाझोवारी र तनहुँ घिरिङ्ग सुन्धारा जगौली बीच पर्ने कालीगण्डकी सागरी घाटमा गत मंसिर ११ गतेबाट निर्माण सुरु भएको झलुङ्गे पुल निर्माण कार्य पुरा भएको छ ।
नेपाल सरकार सस्पेन्सन व्रिज.जि.वि.स. नवलपरासी, जि.वि.स. तनहुँको संयुक्त लगानीमा बनेको यस पुलले नवलपरासीको रकुवा डेढगाउँ, रुचाङ्ग नरम साथै पाल्पाको वाकामलाङ डाँडाकोट तथा तनहुँको गजरकोट घिरिङ्ग सुन्धारा र सामुङ्ग भगवतीपुर गा.वि.स.का करिब २ लाख जनता प्रत्यक्ष लाभान्वीत भएका छन् ।
धामी निलगीरी जे.वि. निर्माण सेवा प्रा.लि. वानेश्वर काठमाण्डौंले निर्माण गरेको झलुङ्गेपूलको लम्बाई २३६ मिटर र तिन सय देखी ५०० जना मान्छे धान्न सक्ने क्षमताको छ । दश वटा लठठा सहितको यस पुलमा सम्पूर्ण सामाग्री फलामद्वारा निर्मित हुने भएकाले मोटर साइकल पनि आवतजावत गर्न सक्ने ठेकेदार रामबहादुर वस्नेतले कालीटाइम्सलाई बताउनु भयो ।
कूल लागत रकम रु. ५२ लाख चार हजार रुपैयमामा ठेक्का पाएको उक्त कम्पनीको पुल निर्माणको प्राविधिक निरीक्षण गर्ने जिम्मेवारी जिल्ला विकास समिति तनहुँले पाएको थियो। यस भेगका जनता भिमाद पोखरा, दमौली, काठमाण्डौं, एवं तर्राईमा जादाँ डुङ्गाबाट नदि पार गर्दा वर्षोनी हुने डुङ्गा दुर्घटनाबाट बचिने, जति बेला पनि वारी-पारी गर्न सकिने भएकाले यहाँका जनता हषिर्त भएका पूल निर्माण उपभोक्ता समितिका उपाध्यक्ष रनबहादुर थापाले बताउनुभयो ।
Saturday, July 5, 2008
भवन बीना नै पढाई
रकुवा, नवलपरासी
रकुवा गा.वि.स. वाड नं. १ वाझोवारी कोल्यारमा भवन विना नै चौरमा राखेर विद्यार्थीलाई पढाइन्छ । गत २०६४ सालमा संचालन गरिएको श्री बाल प्रगती प्रा.वि. नामको स्कूल जि.वि.स. नवलपरासी उपेक्षित तथा उत्पीडित दलित कार्यक्रम मार्फत प्राप्त अनुदान रकम रु. ३०,०००।-द्वारा विद्यालय संचालन भएको यस ठाउँमा अधिकांश दलित र मगर जातीका झण्डै १०० जना विद्यार्थी छन् ।
हाल सम्म भवनको कुनै व्यवस्था भएकोले पानी पर्दा नजिक कसैको पिढीमा लगी पढाइन्छ कि बीदा नै गरिन्छ भने घाम लागेको समयमा चौर र चौतारीमा विद्यार्थी राखेर पढाइन्छ भन्नु हुन्छ शिक्षिका टिका सुनार ।
हाल बाल शिक्षा मार्फत कक्षा-१ बाट शुरु गरिएको यस विद्यालयमा साँगुरीघाटको पुल निर्माण पश्चात जगौली र पाल्पा भोटाहाका विद्यार्थीलाई समेत पायक पर्ने छ । यस विद्यालयको भवन निर्माणका लागी आवश्यक प्रक्रिया सहित संबन्धीत सरकारी तथा गैर सरकारी संख्या र व्यक्तिहरुलाई समेत अनुरोध गरिएको वि.व्य.स. अध्यक्ष राजन रसाइलीले द काली टाइम्सलाई बताउनु भयो ।
"खयरकाठ विक्री पछि गाउँ झलमल्ल"
भारतीपुर, नवलपरासी
विकट पहाडी गा.वि.स. भारतीपुरको वडा नं. ६ र ८ मा सामुदायिक वनको खयर काठ बिक्री गरेको आम्दानीबाट गाउलेले सौर्य विद्युत प्रयोग गरी गाउँ झलमल्ल पारेका छन् । पेट्रोलियम पदार्थको मुल्यबृद्धि पछि मट्टितेल किन्न असमर्थ गाउँलेहरु, अहिले उज्यालोमा बस्ने मौका पाएका छन् भने बालबालिकाले पनि सहज तरिकाले पढन् पाएका छन्।
देउपुर सामुदायिक वन भारतीपुर-८ को ३०१५ क्यु.फिट खयर काठ र ठूलोपाखा सामुदायिक वनको २०४१ क्यु.फिट खयरकाठ बिक्री गरी संयुक्त रुपमा नवज्योति सौर्य उर्जा प्रा.लि.सँग संझौता गरी २०६४ चैत्र महिना देखि निरन्तर रुपमा बत्ती बलिरहेको देउपुर सामुदायिक वन उपभोक्ता समूहका कोषाध्यक्ष उदयराज गौतमले बताउनुभयो।
हाल सम्म २ पटक काठ बिक्री गरिसकिएको र गत वर्षको रकमबाट बालहित प्रा.वि. भवन निर्माण गरिएको र अहिलेको रकमबाट सौर्य विद्युत ल्याइएको हो । यसबाट २ वडा का ४६ घरपरिवार लाभाम्वित भएको हलो पाखा सामुदायिक वन उपभोक्ता समूहका सचिव टक बहादुर रानाले जानकारी दिनुभयो ।
डेढगाउँ उच्च मा.वि.बाट एस एल सी उतिर्ण हुनेहरु
डेढगाउँ उच्च मा.वि.बाट ५३ जनाले एस एल सी परिक्षा दिएकोमा २८ जना उतिर्ण भएका छन् ।
डेढगाउँ उच्च मा.वि.बाट एस एल सी उतिर्ण हुनेहरु :
नियमित तर्फ उतीर्ण हुनेहरु
प्रथम श्रेणी:
०४४०००८ - बुद्धिमाया श्रेष्ठ, ००४४००१८ - किरण ओझा, ००४४००२३ - पिताम्बर राना, ०४४००२९ - सावित्रा श्रेष्ठ, ०४४००३१- सरस्वती श्रेष्ठ, ०४४००३५ - शोभालक्ष्मी माली, ०४४००३७ - सुनिता श्रेष्ठ ।
द्धितीय श्रेणी:
०४४००१ - अञ्जु राना, ०४४०००२ - भगवती घर्ती, ०४४०००४ - विजय श्रेष्ठ, ०४४०००६ - वीर बहादुर वि.क. , ०४०००१० - चोपीराम वि.क., ०४४०००११- गणेश मल्ल, ०४४००१२ - गीतामाया र्घर्ती, ०४४००२० - निर्मला श्रेष्ठ, ०४४००२१ - निष्ठा श्रेष्ठ, ०४४००२२ - पदम बहादुर सिंजाली, ०४४००२६ - प्रेम बहादुर खम्चाहा, ०४४००२७ - राधादेवी भट्टराई, ०४४००३० - सरला के.सी, ०४४००३६ - सिर्जना नेपाली, ०४४००३८ - टक बहादुर राना, ०४४००४३ - योगेश थापा, ०४४००४४ - अमर बहादुर थापा, ०४४००४५ - भोपिन्द्र सिंजाली, ०४४००४७ - डिलमाया सारु, ०४४००४९ - कल्पना श्रेष्ठ ।
तृतीय श्रेणी:
०४४००१६ - खेमचन्द्र दराई
एक्जाम्टेड तर्फ उतिर्ण हुनेहरु :
डिलमाया सिंजाली, मेनुका अधिकारी, नेत्रमाया ठाडा, - तीर्थराज श्रेष्ठ र टोपनारायण श्रेष्ठ
Friday, June 6, 2008
गाउँ परिषद सम्पन्न, सिंचाई र मोटरबाटोमा धेरै रकम
डेढगाउ
हरेक आर्थिक वर्षो पुस महिना सम्ममा बस्नु पर्ने गाउँ परिषदको बैठक डेढगाउँमा यसपटक बैशाख महिनामा मात्र बस्यो । सविंधान सभा निर्वाचनले गर्दा ढिला भएको बैठक गा.वि.स.को भवनमा बैशाख २४ र २५ गते दुइ दिन चलेको थियो ।
डेढगाउँ गा.वि.स. सचिव हरिनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले विभिन्न २१ वटा योजनामा गाविसको दश लाखको रुपैया खर्च गर्ने निर्णय गरेको छ । परिषदले गत वर्षाबाट भत्किएको डेढगाउँटार सिचांइ मर्मतका लागि दुइ लाख ७५ हजार रुपैया छुट्टयाएको छ । यस्तै गाउँ भित्रका शाखा मोटरबाटो मर्मतको लागि धेरै रकम छुट्याइएको छ ।
आफ्नो जग्गा जमिनमा मोटरबाटोले नछुने र नहरबाट पनि फाइदा लिन नपाउने कतिपय गाउँले गाउँ परिषदको यो निर्णयबाट असन्तुष्ट छन् । गाविस सचिव आचार्यले भने र्सवदलीय सहमति र बहुमतबाट गाविसको वजेट छुट्टयाइएकाले यसको कार्यान्वयनमा समस्या नआउने बताउनुभयो ।
यस पटकको गाउँ परिषदको बैठकले महिला, आदिवासी जनजाती, अशक्त अपाङ्ग र दलित सम्बन्धी कार्यक्रमका लागि तीस, तीस हजार रुपैया छुट्याएको छ ।
बैठकले रानीबेलको कालीगण्डकी प्रा.वि.मा पुस्तकालय भवन निर्माणका लागि तीस हजार रुपैया र अकला देवी प्रा.वि. गुरौटारमा भवन निर्माणका लागि २० हजार रुपैया दिने निर्णय गरेको छ । तर भवन निर्माणका लागि थोरै रकम मात्र छुट्याइएकाले ती योजना पुरा नहुने पो हो कि भन्ने शंका गाउँलेले गरेका छन् ।
गत वर्षडेढगाउँ उच्च मा.वि.मा एक कोठे भवन थप्न दिइएको रकम अपुग हुँदा अझै पनि निर्माण कार्य पुरा हुन सकेको छैन भने यसपटक पनि गाउँ परिषदले निर्माण पुरा गर्न रकम छुट्याएन ।
गाउँ परिषदले गत वर्षो वाढीबाट विग्रिएको वडा नं. ८ को सिंहटारी खानेपानी र वडा नं. १ को वाँकाखोला खानेपानी मर्मतका लागि दश, दश हजार रुपैया र वडा नं. २ को खानेपानी मर्मतका लागि आठ हजार रुपैया छुट्याएको छ ।
यस्तै शिव प्रा.वि. ढोड भञ्याङ्गमा कोठा ढलान तथा प्लास्टर र रकुवा उप-स्वास्थ्य चौकी डेढगाउँ भवन मर्मतका लागि पनि केही रकम विनियोजन गरिएको छ । अघिल्लो वर्षबजेट छुट्टयाइएका कतिपय योजनामा काम नहुँदा पनि रकम फर्र्छौट गरिएको भन्दै परिषद बैठकमा कतिपयले विरोध गरेका थिए । वडा नं. ४ र ३ मा बाटो मर्मतको लागि गत वर्ष छुट्याइएको कूल दश हजार रुपैया कामका लागि अपुग भएको भन्दै फिर्ता आएको पनि प्राविधिक सहायक नारायण ओझाले जानकारी दिनुभयो ।
अझै आएन गाउँमा किताब
डेढगाऊँ
विद्यालयमा पर्ढाई शुरु भएको एकमहिना भन्दा बढी भइसक्दा पनि नवलपरासी जिल्लाका पहाडी क्षेत्रका विद्यालयमा अझैपनि किताब आइपुगेको छैन । यसवर्षपरिवर्तन भएका कक्षा ३, ९ र १० का कुनै पनि पुस्तकहरु गाउँमा नआउँदा विद्यार्थी र शिक्षक अलपत्र परेका छन् ।
कुन कुन विषयमा के के शिर्ष पढाउने भन्ने जानकारी शिक्षकले समेत अझै पाएका छैनन् । विद्यालय खुलेको एक महिना भइसके पनि पुस्तक नपाइएकाले कमै विद्यार्थी मात्र विद्यालय जाने गरेका छन् ।
गाउँमा पुस्तक नपाएपछि कतिपय विद्यार्थी र अभिभावक किताब किन्न पोखरा, कावासोती सम्म पुगे पनि उनीहरुले सबै विषयका पुस्तक पाउन सकेका छैनन् ।
किताब छाप्ने सानोठिमी भक्तपुरको जनक शिक्षा सामग्री केन्द्रले समयमा किताब नछापिंदिदा यस्तो समस्या आएको हो । जनक शिक्षा सामाग्री केन्द्रले संविधान सभाको चुनावमा मतपत्र छापेका कारण पनि पाठ्यपुस्तक छाप्न ढिलो हुँदा देशभर नै यस्तो समस्या परेको छ ।
डेढगाउँमा पोहोर साल २-३ वटा पसलले किताब बेचे पनि यसवर्षकालीगण्डकी पुस्तक पसलले मात्र किताब बेच्दै आएको छ । कालीगण्डकी पुस्तक पसलका अनुसार वैशाखको अन्त्यसम्ममा डेढगाउँमा कक्षा ३ को पुरा सेट पुस्तक पाउने विद्यार्थी एकजना मात्र छन् । त्यसबाहेक ६० जना विद्यार्थीले चार विषयका किताब पाएका छन् ।
कक्षा ९ र १० का किताब पनि दुइ तीन विषयका मात्र फाट्टफुट्ट पाइने गरेको छ । यसैगरी कक्षा ८ को नैतिक शिक्षा र सामाजिक शिक्षाको पुस्तक पनि बजारमा प्रयाप्त पाइदैंन ।
आज भोलि पुस्तक पसलमा आउने सबैले, "किताब आउँछ आउँदैन - कहिले आउँछ - हामी कहिले आउने -" जस्ता प्रश्न सोधेर किताब पसलेलाई हैरान पार्ने गरेका छन् । तर त्यस्को जवाफ पुस्तक पसलेसित पनि छैन । अर्कोतर्फडेढगाउँ स्रोतकेन्द्रले आषाढको दोस्रो साताबाट प्रथम त्रैमासिक परीक्षा सञ्चालन गर्ने निर्णय गरिसकेको छ । किताब नपाएका बीचरा विद्यार्थीले के पढेर परीक्षा दिने होलान् । बारम्बार किताबको अभावले विद्यार्थीको पर्ढाई प्रतिको रुचि मारिदियो भने त्यस्को जिम्मेवारी को हुने
शिक्षकले तलब पाएनन्
डेढगाउ, नवलपरासी
"बुबा नमस्कार !"
"नमस्कार बाबुलाई चिनिन नि -"
"म खहरेबाट आएको"
"ए बाबु नातिनीको तलब आयो -"
२०६५ साल जेठ ४ गते विहान, शिक्षकले तलब पाए नपाएको बारेमा बुझ्न तलाड स्थित शिक्षिका भोज माया खाणको घरमा जाँदा उहाँको हजुर बुबाले यो संवाददातासँग माथिको संवाद गर्नुभएको हो ।
डेढगाउ उच्च मा.विले गत वर्षकक्षा ६ र ७ मा सेक्सन छुट्टयाएर बाल कल्याण प्रा.वि. खर्सानटामा पनि पढाउने व्यवस्था मिलाए पछि तीन जना शिक्षक भोजमाया खाण, खीम बहादुर भुजेल र माया भण्डारीलाई करारमा नियुक्ती गरेको थियो ।
गत वर्षबैशाख देखि तीनै जना शिक्षकले पढाउन थाले पनि उनीहरुले साउन महिना सम्मको मात्र तलब पाए । भदौबाट चैत्र सम्मको तलब भने २०६५ वैशाख अन्तिम सम्म पनि नपाएको गुनासो शिक्षकहरुले गरेका छन् ।
डेढगाउँ उच्च मावीका प्राचार्य रामबहादुर श्रेष्ठसँग यस विषयमा जिज्ञासा राख्दा उहाँले शिक्षकहरु विद्यालयले भर्ति गरे पनि तलब खुवाउने जिम्मा गाविसको भएको बताउनुभयो ।
गाविसका पदाधिकारीले भने सोझै शिक्षकलाई तलब दिन नमिल्ने बताए । उन्का अनुसार बाटो खन्नका लागि दिइएको रकमबाट शिक्षकलाई तलब दिने सम्झौता भए पनि बाटो नखनिएकाले अहिलेसम्म रकम दिन नसकिएको हो ।
गा.वि.स. र विद्यालय र स्थानीय बासीन्दा बीचको समन्वय अभाव हुँदा आफूहरु मर्कामा परेको शिक्षक भुजेलले गुनासो गरे । विद्यालयको नामबाट नियुक्ति पत्र दिइएकाले तलब उपलब्ध गराउन पनि विद्यालयले पहल गर्नुपर्नेमा भुजेलले जोड दिए ।
उता, यस वर्षडेढगाउँ उच्च मावीमा कक्षा ६ र ७ बाट सेक्सन हटाइए पछि एउटै कक्षा कोठामा एक सय एक जना विद्यार्थी सम्म राखेर पढाउनु पर्ने वाध्यता भएको शिक्षक चिनिलाल राजभरले बताउनुभयो ।
सभासद गाउँ पुगे
रकुवा, नवलपरासी
चुनाव पछि नेता गाउँ पस्दैनन् भन्ने जनताको गुनासोलाई चुनौति दिदैं भर्खरै सकिएको संविधान सभाका विजयी तथा पराजित नेताहरु यसपटक भने गाउँ पसे । जेठको पहिलो साता विजयी र पराजित उम्मेद्वारहरु धन्यवाद दिदैं पालै पालो गाउँ आइपुगेका थिए ।
नवलपरासी क्षेत्र नं २ का संविधान सभा सदस्य महेन्द्रध्वज जि.सी. नेपाली काँग्रेसका क्षेत्रिय अध्यक्ष दुर्गा बहादुर राना, महिला संघ सभापति लक्ष्मी पाण्डे, नेपाल महिला संघ केन्द्रिय सदस्य वेलौती देवी खनाल सहित लिएर जेठ-१ गते देखि ६ गते सम्म नवलरासीको पहाडी भेग घुम्नुभएको थियो ।
जौवारी, नरम, रुचाङ्ग, रकुवाँ, डेढगाउँ, मिथुकरम, भारतीपुर हुदै धौवादी सम्म हिड्दा सभासद जिसीलाई पार्टी पक्ति र जनताले विभिन्न गुनासा र समस्या सुनाएका थिए । गाउँलेहरुले पहाडको विकासमा ध्यान केन्द्रित गर्न र शान्ति सुरक्षाको स्थिति राम्रो बनाउन जिसीलाई भनेका थिए ।
यसै अवसरमा सभासद जि.सी.ले रकुवा गा.वि.स. वडा नं. ४ वटाङमा राइका देखि दलदले सम्मकामे मोटरबाटोको उद्घाटन गर्नुभयो । सोही अवसरमा राइका देखि पिपलटारी सम्मको तीन किलो मिटर बाटोको पनि जि.सीले उद्घाटन गर्नुभएको थियो ।
उता नवलपरासी क्षेत्र नं. २ का पराजित उम्मेदवार नेपाल कम्न्यूस्ट पार्टी एमालेका जिवन श्रेष्ठ पनि आफ्ना मतदातालाई धन्यवाद दिदै गाउँ गाउँ पुग्नुभयो ।
एमाले नेता श्रेष्ठले पराजित भए पनि जनता प्रति कुनै गुनासो नभएको बताउनुभयो । उहाँले आफ्नो पराजय जनताको कारण भन्दा पनि पार्टी कार्यकर्ताबाट समन्वय अभावको कारण भएको प्रतिक्रिया कालीटाइम्सलाई दिनुभयो ।
एमाले नेता श्रेष्ठको टोली जेठ २ गतेबाट ५ गते सम्म जौवारी, नरम, रुचाङ, रकुवा, डेढगाउँ, मिथुकरम भारतीपुर हुँदै तर्राई झरेको थियो । भ्रमण जनतालाई धन्यवाद ज्ञापन गर्न र जनताका सल्लाह - सुझाव लिनमा केन्द्रित भएको श्रेष्ठले बताउनुभयो ।
पाँचौ वर्षपनि बाल कल्याण प्रा.वि. उत्कृष्ठ
डेढगाउ
पछौटेपन उन्मूलन समाज (वेस) पाल्पाले नवलपरासीका पहाडी र पूर्वी पाल्पाका गरी चालिस वटा विद्यालयमा गरेको अनुगमनमा बाल कल्याण प्रा.वि. खर्सानटार यसपटक पनि सबैभन्दा उत्कृष्ट बनेको छ ।
वेस पाल्पाले विगत पाँच वर्षअघिबाट अनुगमन सुरु गरे यता बाल कल्याण प्रा.वि. लगातार उत्कृष्ठ ठहरिंदै आएको छ । विद्यालय प्रशासन, शिक्षक, विद्यार्थीको प्रतिभा र विद्यालय स्थितिको आधारमा बेसले उत्कृष्ठ विद्यालयको चयन गर्दछ ।
४० विद्यालय मध्यमा नमुना विद्यालय घोषणा भए पछि हाल सम्म ६२ विद्यालयका करिब दर्ुइ हजार सात सय शिक्षक विद्यार्थी यस विद्यालयको भ्रमणमा आइसकेका छन् । गत वैशाख २४ र २५ गते ताहुँ श्रोत केन्द्र पाल्पाबाट ३३ विद्यालयका प्रधानाध्यापक तीन उच्च मा.वि. र ३ वोडिङ्ग स्कूलका प्राचार्य बालकल्याण विद्यालयको भ्रमणमा आएका थिए ।विभिन्न विद्यालयका प्राधानाध्यापक र शिक्षकहरु भ्रमणमा आए पनि नवलपरासी जिल्ला शिक्षा कार्यलयका अधिकारी र जिल्ला कार्यालयका शाखा अधिकृतहरुलाई भने पटक-पटक निमन्त्रणा पठाउदा पनि अवलोकनमा नआएको विद्यालयका प्रधानाध्यापक भानु ओझाले बताउनुभयो ।
भत्किन लाग्यो कोटथरको स्कूल
डेढगाउ
डेढगाउँ वडा नं. १ कोटथरमा रहेको जनता प्रा.वि.को एक कोठा गत वर्षो पहिरोबाट जोखिममा परेको छ । कोठा भत्किन लागेको जानकारी पटक-पटक गा.वि.स. कार्यालय डेढगाउँलाई गराए पनि आवश्यक तटवन्धका लागि कुनै पहल नभएको विद्यालयका प्रधानाध्यापक छविलाल ओझाले बताउनुभयो ।
पछौटेपन उन्मूलन समाज -वेस) पाल्पाले विद्यालय भवनको संरक्षणका गत वर्ष२५ हजार रुपैया अनुदान दिए पनि उक्त रकमले आधा काम पनि गर्न नसकेको गुनासो ओझाले गर्नुभयो
कक्षा १ देखि कक्षा ५ सम्म पर्ढाई हुने जनता प्रा विमा जनजाती मगर समुदायका एक सय २५ विद्यार्थी अध्ययनरत छन् ।
Thursday, June 5, 2008
जनजातिले सिप सिके
डेढगाऊँ
डेढगाउ गा.वि.स.ले गत वर्षआदिवासी जनजातीको लागि छुट्टयाएको रकमबाट डेढगाउँ - ३ फेदीमा सिपमूलक तालिम दिइएको छ । पच्चीस हजार रुपैया खर्च गरी दिइएको निशुल्क घरेलु तथा सिपमुलक तालिमबाट बेरोजगारले फाइदा लिन सक्ने तालिम लिइरहेकाहरुले बताए ।
पाल्पा, बाका मलाङ्गका दल बहादुर आले मगरले डेढगाउँका वडा नं. ५ वाहेक अन्य वडाका १५ जनालाई वाँसबाट विभिन्न उपयोगी समान बनाउन सिकाइरहेका छन् । तालिम अवधीभरमा प्रशिक्षार्थीहरुले बस्ने मुडा, लुगा राख्ने ह्याङगर, बाँसको र्याक, चुरा स्ट्याण्ड सहितका सामाग्री बनाउन सिक्ने कार्यक्रमका उपाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
बाँसबाट उपयोगी सामान बनाउन तालिम लिइराखेकी कमला फालले जिविको पार्जन गर्न सजिलो हुने भएकाले भविष्यमा यसैलाई पेशाको रुपमा अगाडि बढाउने बताउनुभयो ।
Wednesday, June 4, 2008
अकला देवी मन्दिर र गुफाको संरक्षण खोइ ?
देवीथान अकला देवी भनेपछि डेढगाउँ मात्र होइन यसका वरपरका विभिन्न जिल्लामा समेत प्रख्यात छ । नवल परासी, पाल्पा, तनहुँ, स्याङ्गजाबासीहरुले आफूलाई दुःख परेको बेला, विसन्चो भएको बेला र कुनै पनि क्षेत्रमा सफल हुनका लागि डेढगाउँ देवी अर्थात अकला देवीलाई भाकल र प्रार्थना गर्छन् । श्रावण महिना बाहेक वर्षमा एघार महिना भरी (विषेश दिन बाहेक) यस मन्दिर भक्तजनहरु आ-आफ्नो भाकल अनुरुप बली र पूजा गर्ने गर्छन् ।
देवीस्थान स्थित अकला देवी मन्दिरको चर्चा डेढगाउँ र यस वरपर निक्कै भए पनि आवश्यक संरक्षण हुन सकेको छैन । मन्दिरको संरक्षणको लागि थुप्रै समिति, उपसमिति बने तर कुनै पनि समितिले ठोस काम गरेन ।
२०५४-५५ साल तिर स्थानीय भुवन सीं सारुको अध्यक्षमा गठित समितिले केही काम गर्ने प्रयास गरे पनि त्यस्को प्रभावकारीता लामो समयसम्म रहेन । त्यही बेला तिर स्थानीय भक्त बहादुर आलेले मन्दिरकै छेउमा गुफा पत्ता लगाएपछि त्यस्को संरक्षणमा सबैजना लाग्छन् भन्ने विश्वास सबैले लिएका थिए ।
उति बेलै गा.वि.स.को सहयोगमा भुवन सीं सारुको अध्यक्षतामा बनेको समितिलाई गुफाको पनि संरक्षण गर्ने जिम्मा दिइएको थियो । सो समितिले र्सवसाधारणका लागि गुफा प्रवेश खुल्ला गरेपनि एक वर्षवित्न नपाउदै समिति माथि आर्थीक अनमियताको आरोप समेत लाग्यो ।
त्यसपछि खिम बहादुर सोती मगरको अध्यक्षतामा अर्को समिति बनेको थियो । तर आज सम्म मन्दिर र गुफा संरक्षणका लागि ४-५ वटा समिति पटक पटक विघटन हुदै बन्दै गरे पनि न त उचित संरक्षण नै हुन सकेको छ न हिसाब किताब नै र्सार्वजनिक भएको छ ।
संरक्षणको अभावमा गुफा अहिले फोहोर फाल्ने स्थानको रुपमा प्रयोग भएको छ । गुफाकै शिरमा निर्माण गरिएको धारा अन्यत्र सार्ने चर्चा चले पनि त्यस तर्फकुनै प्रगति भएको छैन ।
झण्डै १०० मिटर लामो अकला गुफाको उचित संरक्षण नहुदा त्यो हाल छ भने उता मन्दिरको तल पट्टी पर्खाल बनाउन दर्ुइ वर्षअगाडीबाट उठाइएका सिमेन्टका पिल्लरहरु अलपत्र छन् ।
मन्दिरको हाल सम्मको आर्थिक पक्षको पनि पारदर्शि हिसाब किताब कतै पाईदैंन । भक्तजनहरुले चढाएका रुपियाँ पैसा, सुन, गर गहनाको लेखाजोखा पनि छैन । आर्थिक हिनामिनाको आरोप लागि वर्खास्त भएको समितिका सचिव तुलसी तिमिल्सनाले आफ्नो समितिले पारदर्शीताको लागि पहल गरेको बताउनुहुन्छ । उहाँले आफ्नो समितिले कार्यभार हस्तान्तरण गर्दा एक-एक विल सहितको कागजात तत्कालिन अध्यक्ष खिमवहादुर सोती मगरलाई बुझाइएको स्मरण गर्नुभयो ।
सोतीसँग पनि यस विषयमा बुझ्न खोजियो तर उहाँले आफूले धेरै अगाडि नै अध्यक्ष पद छोडिसकेकाले सबै हिसाब किताब अहिले भन्ने अप्ठेरो पर्ने बताउनुभयो । वर्तमान अध्यक्ष तिलमाया वोहोराले पनि मन्दिर र गुफाका लागि आवश्यक संरक्षण गर्न नसकिएको स्विकार गर्नुभयो ।
यो लेख लेख्ने क्रममा भेटिएका भुवन सीह सारु, तुलसी तिमिल्सिना, जित वहादुर सारुले पनि अगाडी भएका गल्तिको जिम्मेवारी स्विकार्दै अब मन्दिर र गुफा संरक्षणमा पहल गर्ने बचन दिनुभयो ।
तर मन्दिर र गुफा संरक्षणको जिम्मेवारी चार नम्बर वडा र त्यहाँका पदाधिकारीको मात्र पनि होइन, यस गाउँकै गहना बनेको मन्दिर र गुफा संरक्षणमा हामी सबैले योगदान दिन सके मात्र डेढगाउँ देवीको आशिर्वाद सँधै हामीलाई लाग्नेछ ।
खजुरीमा विद्यालय पक्की भवन
भारतीपुर
तम्सारिया फाउण्डेसन अफ निदरलैण्ड र कुमारी प्राथमिक विद्यालय हसौराको आर्थिक सहयोगबाट खजुरीमा कामधेनु प्रा.वि. मा पाँच वटा पक्कि कोठा बनेका छन् । कुमारी प्रा.वि. हसौराका प्रधानाध्यापक फरसुराम शर्माले गत माघ १८ गते विद्यालयमा थप पक्कि कोठा बनाउने कामको शिलान्यास गर्नुभएको थियो ।
विद्यालय भवन निर्माणमा स्थानीय जनश्रमदानको पनि उल्लेख्य भूमिका रहेको विद्यालयका प्र.अ. रामचन्द्र लामिछानेले बताउनुभयो
Sunday, June 1, 2008
बालीघाटमा ठाँटी निर्माण
डेढगाउ
काली नदीको किनार बालीघाटमा, वडा नं. ७ का आमा समूहले ठाँटी निर्माण गरेका छन् । जिर्ण अवस्थामा रहेको पहिलाको ठाँटी भत्काई त्यही स्थानमा नयाँ ठाँटी निर्माण गरिएको हो ।
आमा समूहको कोषबाट आठहजार रुपैया र गाउँलेबाट १७ हजार रुपैया चन्दा संकलन गरी जम्मा पच्चीस हजार रुपैयाँ खर्च गरेर ठाँटी निर्माण गरिएको आमा समूहकी अध्यक्ष ज्योतीमाया दर्राईले बताउनुभयो ।
दैनिक दुई सयका हाराहारीमा बटुवाले बालीघाटबाट काली नदी वारपार गर्छन् । डुँगा कुर्ने प्रतिक्षालयको रुपमा पनि यहाँको ठाँटी रहेको छ । सिद्धि दराइको संयोजकत्वमा निर्माण गरिएको ठाँटी वैशाखबाट प्रयोगमा आएको छ ।
नेपालबाट अब राजा रानी हटे
संविधान सभा भवन, काठमाडौं ।
संविधान सभामा निर्वाचित सभासदहरुले नेपालमा दुइ सय ४० वर्षेखीको राज गर्दै आएको राजतन्त्रको अन्त्य गरेका छन् । अन्तराष्ट्रिय सम्मेलन केन्द्र नया बानेश्वर काठमाडौंमा जेठ १५ गते बसेको संविधान सभाको पहिलो बैठकले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मूलक घोषणा गरेको हो ।
राजपरिवारलाई नारायणहिटी दरबार खाली गराउन निर्देशन दिइएको छ र त्यसलाई संग्रहालय बनाउने निर्णय पनि सरकारले गरेको छ । तर, केही मानिसहरुले संग्रहालय सगै नारायणहिटी दरबारमा नेपाली जनताबाट चुनिएर गएका राष्ट्रपति पनि बस्न दिनुपर्ने र त्यसो भए मात्रै सच्चा गणतन्त्रको महसुस जनताले गर्ने बताएका छन् ।
नेपालमा अब एक जना राष्ट्रपति र अर्को एक जना उपराष्ट्रपति बन्ने व्यवस्था पनि छ ।
भारतबाट आएका खान थरका मुसलमानका खलक मध्यको कुलमण्डन खानले शाह उपाधि लिएर पश्चिम नेपालबाट शाह शासनको सुरुवाता गरेका थिए । उन्का सन्तति द्रव्य शाह, वि.स. १६१६ मा गोरखा राज्यको राजा भएपछि नेपालमा शाह राजाहरुको दबदबा बढ्दै गयो ।
उनै द्रव्य शाहको सन्तति पृथ्वी नारायण शाहले वि.स. १८२५ मा काठमाडौं उपत्यका विजयी गरेको समयलाई नै नेपालमा शाह वंशको उदयको रुपमा लिइन्छ । त्यसयता नेपालमा ११ राजाहरुले शासन गरे पनि स्वर्गीय राजा वीरेन्द्रको छोरा दीपेन्द्रलाई भने अचेत अवस्थामा दुई दिन मात्र राजा घोषणा गरिएको थियो ।
राजा विरेन्द्रको परिवारको २०५८ साल जेठ १९ गते नारायणहिटी राजदरबार भित्र रहस्यमय हत्या भएको थियो ।
हत्या पछि राजा भएका ज्ञानेन्द्रले राजनीतिक दलहरुस"ग सहकार्य गर्नुका सट्टा २०६१ माघ १९ गते आफैं शासन सत्ता लिए । २०५२ साल देखि जनयुद्ध गरेका माओवादी र राजनीतिक दलहरु मिलेर २०६२ मंसिरमा नेपालमा निरकुश राजतन्त्रको अन्त्य गर्ने १२ सम्झौता गरेका थिए ।
२०६२ चैत २४ देखि सुरु भएको जनआन्दोलनले २०६३ वैशाख ११ गते सफलता प्राप्त गरेपछि राजाको शक्ति प्रधामन्त्री र संसदमा सारिएको थियो । २०६४ साल चैत २८ गते भएको संविधान सभाबाट निर्वाचित संविधान सभा सदस्यहरु मध्ये गणतन्त्र घोषणाको प्रस्तावमा ५६४ संभासले मतदान गरेका थिए । ती मध्ये राप्रपा नेपालका चार जना बाहेक ५ सय ६० सभासदहरुले गणतन्त्रको पक्षमा मतदान गरेका थिए ।
शाह वंशीय इतिहास
राजा जन्म मृत्यु राज्यरोहण
१. पृथ्वी नारायण शाह १७७९/९/२७ १८३१/१०/१ १७९९
२. प्रताप सिंह शाह १८०८/२/१३ १८३४ १८३१
३. रणबहादुर शाह १८३२/३/१२ १८६३/१/७ १८३४
४. गिर्वाणयुद्ध विक्रम शाह १८५४/६/१९ १८७३/८/८ १८५५
५. राजेन्द्र विक्रम शाह १८७०/८/२४ १९३८/३/३० १८७३
६. सुरेन्द्र विक्रम शाह १८८६/६/२१ १९३८/१/३१ १९०४
७. युवराज त्रैलोक्य विक्रम १९०४/४/१७ १९३४/१२/१९ नभएको
८. पृथ्वी वीर विक्रम शाह १९३२ १९६८/८/२५ १९३८
९. त्रिभुवन शाह १९६३/३/१७ २०११/११/३० १९६८
१०.महेन्द्र शाह १९७७/२/३० २०२८/१०/१७ २०११
११. विरेन्द्र शाह २००२/९/१४ २०५८/२/१९ २०२८
१२ दिपेन्द्र शाह २०२८/३/१३ २०५८/२/२२ नभएको
१३. ज्ञानेन्द्र शाह २००४/३/२३ जीवित २००७/२०५८
(दुई पटक)
बुलीङटारको उच्च मा.वी सार्ने तयारी
बुलीङटार, नवलपरासी
बुलिङ्टारको बाँझघरा स्थित त्रिभुवन उच्च मा.वि.को विद्यालय भवन भत्किने अवस्थामा पुगेको छ । ३८ वर्षपहिले बनेको विद्यालय भवन समय समयमा पुन निर्माण गरिए पनि विद्यालय वरपरको जग्गा पहिरो जान थालेपछि स्कूल सार्न पनि लागिएको छ।
स्कूलको नाममा बाँझघरामा १७ रोपनी जग्गा भए पनि पहिरोको कारण करिब १० रोपनी जग्गा समेत अहिले छैन । २०५७ सालमा उच्च मा.वी. बने यता नै विद्यालय भवन सार्ने तयारी भएको थियो । पछिल्लो समयमा ६ कक्षा देखि १२ कक्षा सम्म चन्टारमा रहेको ३७ रोपनी क्षेत्रफलको फैलिएको जग्गामा सार्ने निर्णय भएको विद्यालय व्यवस्थापन समितिका रामजी तिवारीले बताउनुभयो ।
कुमारी प्रा.वी हसौंराले २०६० साल सालमा नै विद्यालय भवन बनाउन सहयोग गर्ने भने पनि उतिबेला शसस्त्र संर्घष गरिररहेका माओवादीले विद्यालय र्सार्न अवरोध पुर्याएको समितिका अध्यक्ष तिवारीले बताउनुभयो ।
नौ सय ५० जना विद्यार्थी अहिले यस उच्च मा.वी मा अध्ययनरत रहेका छन् । अभिभावकहरुमा शैक्षिक चेतनाको कमी र विद्यालय व्यवस्थापन समितिको लापरवाहीको कारणले गर्दा विद्यालयका झयाल, ढोका, फर्निचर लगायत अन्य सामाग्रीहरुको दुरुपयोग भइराखेको विद्यालयका प्राचार्य बाबुराम गौतमले जानकारी दिनुभयो ।
Tuesday, May 27, 2008
रकुवा र डेढगाउमा मोटरबाटोको लागि साढे आठ लाख रुपैयाँ
डेढगाऊँ, नवलरासी
गत वर्षको बाढीले विगारेका मोटर बाटो, पुल, कुलेसा, नहर, खाने पानी लगायत विकास निर्माणका काम हिउँद गइसकेपछि वर्षा यामको सुरुसँगै मर्मत हुन थालेको छ ।
मोटर बाटो मर्मत तथा निर्माणको लागि आठ लाख ५१ हजार रुपैया वैशाखको अन्तिम साता मात्र आएकाले बल्ल काम सुरु गर्न थालिएको बाटो निर्माण समितिका अध्यक्ष लालबहादुर बोहराले बताउनुभयो ।
डेढगाउ र रकुवा गाविसको जेठ ४ गते बसेको संयुक्त वैठकले वौंदीखोलाबाट भुलाड हुदै वाम्दी खोला सम्म पाँच लाख २५ हजार रुपैया तथा वौंदीखोलाबाट फेदी, हटिया हुदै राइकाभञ्याङ्ग सम्मको बाटो मर्मत तथा निर्माणका लागि तीन लाख २५ हजार रुपैया छुटयाएर काम सुरु गर्ने निर्णय गरेको थियो ।
यस्तै पोहोर भदौमा बाढीले भत्किएको डेढगाउँको नहरको काम २०६५ जेठ ६ गतेबाट बल्ल सुरु भयो । नहर मर्मतका लागि आवश्यक रकम वैशाखको अन्तिम सातामा बसेको गाउँ परिषदले छुट्टयाएपछि मात्र काम सुरु हुन थालेको हो ।
नहर मर्मतका लागि गाविसले दिएको दुइ लाख ७५ हजार रुपैया बाहेक प्रति रोपनी एक सय आठ रुपैयाका दरले उपभोक्तासँग रकम संकलन गरी काम सुरु गरिएको हो । "हिउँद भरी सरकारको मुख हेरेर बसियो, अब केही नहुने देखिए पछि आफै पैसा उठाएर भए पनि काम गर्नु पर्यो डेढगाउँ जल उपभोक्ता समितिका कोषाध्यक्ष कमल दर्राईले भन्नुभयो ।
यस्तै वौंदी खोलाको झोलुङ्गे पुल मर्मतको लागि पनि केन्द्रबाट रकम निकासा भएपछि ठेकदार गाउँ आएका छन् । स्थानिय टंक पुलामीका अनुसार जेठको पहिलो सातामा आएर जाली राख्न घोल खन्ने काम र ढुङ्गा बोक्ने काम भइरहेको छ ।
पुल मर्मतको जिम्मा पाएका ठेकेदार बहादुर थिङले सात-आठ लाखको हाराहारीमा वजेट जिल्लाबाट आएको कुरा स्थानीय बासिन्दालाई बताउँदै आएका छन् ।
सो रकम मध्ये ढुङ्गा बोक्न भुम बहादुर मल्ललाई एक लाख १५ हजार रुपैया र र जाली भर्न खड्ग बहादुर शारुलाई असी हजार रुपैया दिइएको पुलामीले जानकारी दिनुभयो । पुलामीले वर्षा अगाडि नै मर्मत गर्न नभ्याइए यस वर्षको वर्षामा पुल थप क्षतिग्रस्त हुन सक्ने बताउनुभयो ।
Monday, May 26, 2008
प्रधानाध्यापकले विगारे विद्यालय
डेढगाऊँ, नवलपरासी
विद्यार्थी धेरै भएर पढाउन गार्ह्रो भएका उदाहरण थुप्रै पाइन्छन्, तर विद्यार्थी थोरै भएर पढाउन असजिलो भएको छ, डेढगाऊँ ४ को बालहित प्रा.वी .मा । बालहित प्रा.वि. मा तीन शिक्षक कार्यरत छन्, तर विद्यार्थी भने जम्मा एघार जना मात्र ।
यस विद्यालयमा यसपटक कक्षा एक र दुइमा तीन-तीन जना र कक्षा-तीनमा २ जना तथा बाल शिक्षा कार्यक्रममा तीन जना विद्यार्थी मात्र भर्ना भएकाछन् । तर, विद्यार्थी थोरै भएकाले सबै विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउने गरिएको शिक्षकहरु बताउँछन् ।
जापानी सहयोगी संस्था जाइकाले २०५६ सालमा बनाइदिएको दुइ कोठे पक्की भवन र स्थानीय अभिभावकहरुले जनश्रमदानबाट बनाएको दुइ कोठा गरी विद्यालयमा चार वटा कोठा भए पनि विद्यार्थी नहुँदा ती कोठा खालि छन् ।
विद्यार्थी थोरै भर्ना भएकाले अब ११ जना विद्यार्थी पढाएर बस्न नसकिने भन्दै बालहीत प्रावीलाई अन्यत्र लगेर गाभ्नु पर्ने प्रधानाध्यापक भूपराज पोख्रेलले बताउनुभयो । उता स्थानीय अभिभावक जीतबहादुर सारुले भने विद्यालय सार्ने कुराको विरोध गर्दै विद्यालय राम्रो सँग संचालन गरेमा विद्यार्थी थपिनेमा विश्वास व्यक्त गर्नुभयो । अभिभावकहरुले प्राधानाध्यापक पोख्रेलले अत्याधिक मादक पदार्थ सेवन गर्ने र विद्यालयमा ध्यान नदिने गरेका कारण पनि विद्यार्थीहरु सो विद्यालयमा भर्ना नगरिएको बताएका छन् ।
पोख्रलले पनि आफू विद्यालयमा अनियमित हुने गरेको र आफू मादक पदार्थको लतमा लागेको स्विकार गर्नुभयो । प्रधानाध्यापक पोख्रेल यस अगाडीको शैक्षिक सत्रमा पनि विना जानकारी ८ महिनासम्म विद्यालयमा सर्म्पर्क नगरी अन्यत्र गएका थिए ।
Wednesday, May 21, 2008
सिहटारी सामुदायिक बनमा तारबार लगाउने धोको
सिंहटारी, डेढगाउँ
सिहंटारी सामुदायिक बन संरक्षणका लागि डेढगाउँ ८ नम्बर बासीले दैनिक बनमा पहरा दिने गरेका छन् । करीब एक सय पचास रोपनी क्षेत्रफलमा फैलिएको बनको घाँस पात चोरी नहोस् र बनमा डढेलो नलागोस् भनेर पालै पालो पहरा दिने गरिएको सिंहटारी सामुदायिक बनका सचिव डोलराज खत्रिले बताउनुभयो ।
बन कुरुवा पर्ने पालोको सूचना दिन एक दिन अगाडि पालो पर्नेको घरमा एउटा लौरी आइपुग्छ । सिंहटारीबासीले एक दिनमा दुइ घर मिलेर बन कुर्ने गर्छन् । सिंहटारीमा १५ वर्षअगाडि देखि बन जोगाउन सुरु गरिए पनि चार वर्षअगाडि मात्र सिंहटारी सामुदायिक बन दर्ता भएको हो । एक्सन एडले दिएको तीन हजार सिसौका विरुवा वृक्षारोपण गरेर सामुदायिक बनको सुरुवात गरिएको थियो । यस्का साथै कालीपारबाट सालका फूल ल्याएर पनि यहाँ बन बढाइएको स्थानीय व्यक्तिहरु बताउँछन् ।
बनको दाउरा घाँस, बाँस, खर र अम्रिसो बेचेर तथा चोरी गर्नेलाई जरिवाना तिराएर सामुदायिक बन उपभोक्ता समितिले करिब ४५ रुपैया आम्दानी पनि गरेको छ । सो रकमबाट डेढगाउँ प्रा.वीको विद्यालय भवन निर्माणमा सहयोग गर्नुका साथै सिंहटारी बाल विकास केन्द्रका शिक्षिकालाई मासिक पाँच सय रुपैया उपलब्ध गराइएको सचिव खत्रीले जानकारी दिनुभयो ।
वन राम्रो हुँदै गएपछि आजभोलि डेढगाउँका अन्य क्षेत्रका मानिसहरु पनि सिंहटारी सामुदायिक बनको सेन्टारमा वनभोज जाने गरेका छन् । बन कुर्न जाँदा पानी खानका लागि धारो र कुरुवा बस्ने छाप्रो तत्काल निर्माण गर्नु पर्ने उपभोक्ता समितिका सदस्य डीलबहादुर थापाले बताउनुभयो ।
सामुदायिक बनलाई प्रभावकारी रुपमा सुरक्षा गर्न वन वरिपरि तारबार लगाउन आवश्यक सहयोग गर्ने संस्थाको खोजी भइरहेको स्थानीय बासीले बताए ।
डेढगाउँमा नै बन्ने भो पक्कि पुल
काली टाइम्स संवाददाता
काठमाडौं,
काली नदीमा मोटर गुड्ने पक्कि पुल डेढगाउको वैडा र तनहु सामुङ भगतीपुरको सिमाना मन्दहारमा बन्ने भएको छ । प्राविधिकहले उचित ठहर्याएको कारण डेढगाउँमा नै पक्कि पुल निर्माण गर्ने निर्णय सडक विभागले वैशाखको पहिलो साता गरेको नवलपरासी क्षेत्र नम्बर दुइका संविधान सभा सदस्य महेन्द्रध्वज जी. सीले जानकारी दिनुभयो ।
काली नदीमा पक्की पुल बनाउन सरकारले गत साउनमा एक करोड वीस लाख रुपैया छुट्याएको थियो । तर, बुलीङ र डेढगाउँ बीच पुल कहाँ निर्माण गर्ने भन्ने विषयमा विवाद हुँदा अहिलेसम्म काम अगाडि बढ्न सकेको थिएन । यो योजनामा जम्मा १५ देखि वीस करोड रुपैया लाग्ने प्रारम्भिक अनुमान छ ।
सडक विभागको सिनीयर डिभिजनल इन्जीनीयर कृत्यानन्द ठाकुरको नेतृत्वमा गएको प्राविधिक टोलीले डेढगाउको वैडा र तनहु सामुङ भगतीपुरको मन्दहारमा पुल राख्न उत्तम हुने निश्कर्ष निकालेको थियो । सोही अनुसार डेढगाउँमा पक्की पुल बन्न लागेको हो ।
संघीय लोकतान्त्रिक संविधान निर्माण गर्न जीसी प्रतिवद्ध
काठमाडौं
नवलपरासी क्षेत्र नम्बर दुइबाट संविधान सभा सदस्यमा विजयी नेपाली काँग्रेसका महेन्द्रध्वज जी. सीले पार्टीले घोषणापत्र अनुसार देशलाई गणतन्त्र बनाउन आफ्नो तर्फाट पहल गर्ने बताउनुभएको छ ।
विजयी भएपछि संविधान सभामा भाग लिन काठमाडौं आइपुग्नुभएका जी सीले देशभित्रै विभिन्न अधिकारसम्पन्न राज्यको स्थापना हुने संघीय व्यवस्था गर्ने संविधान बनाउन आफ्नो योगदान रहने बताउनुभयो ।
बालाजु स्थित आफ्नो निवासमा काली टाइम्ससँग भएको वार्तामा जीसीले आफूलाई निर्वाचित गराउने क्षेत्रका बासीन्दाको जीवनस्तर उकास्न आफ्ना तर्फाट सक्दो प्रयास गर्ने वचनवद्धता पनि प्रकट गर्नुभयो ।
गत चैत २८ गते भएको मतदानमा नवलपरासी क्षेत्र नम्बर दुइमा खसेको मत मध्ये १२ हजार १ सय ६६ मत पाई जि सी विजयी हुनुभएको थियो । उहाँले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका जीवन श्रेष्ठले भन्दा ३ सय ९७ मत बढी पाउनुभएको थियो ।देशका विभिन्न स्थानमा संविधान सभा मतदानमा धाँधली भएको चर्चा चले पनि डेढगाउँ, मिथुकरम, रकुवा, रुचाङमा भने त्यस्तो कुनै अप्रीय घटना भएको जानकारी आएको छैन । (संविधान सभा सदस्य जि. सी. सँगको अन्तरवार्ता पनि छ।)
विष प्रयोग गरी माछा मार्न प्रतिवन्ध
डेढगाँउ
काली गण्डकी र बौङ्दी खोलामा अब विष प्रयोग गरेर माछा मार्न नपाइने भएको छ । खोला नदीमा विष प्रयोग गरी माछा मार्दा पानीमा बस्ने सबै जचलर र विष प्रयोग गरिएको माछा खाने मानिसलाई समेत असर पर्ने भएकाले प्रहरीले खोला नदीमा विष हाली माछा मार्न प्रतिवन्ध लगाएको हो ।
डेढगाँउ वरपरका खोला नदीमा विगत २० वर्षअगाडि देखि नै विष हालेर माछा मार्ने गरिएको थियो । डेढगाँउ इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक देववहादुर वस्तीले खोला र नदीमा विषादी प्रयोग गरी माछा मार्ने काम त्रि्र भएको कारण आजभोलि खोला र नदीमा प्रहरी गस्ति समेत गर्न थालिएको जानकारी दिनुभयो ।
नियम विपरित यसरी विष प्रयोग गरेर माछा मारेको भेटिएमा नियम अनुसार कारवाही गरिने कुरा निरिक्षक वस्तीले द काली टाइम्सलाई बताउनुभयो । प्रहरीले विषादी प्रयोगमा निगरानी गरिरहे पनि मानिसलेहरुले लोकीचोरी विषादी प्रयोग गरी माछा मारिरहेका छन् ।
धर्मात्मा मा.वि.मा पहिरोको डर
मचेंडी, मिथुकरम
मिथकुरम गाविसको मंचेडीमा रहेको धर्मात्मा मा.वी को तीन तिरबाट पहिरो जान थाले पछि शिक्षक, विद्यार्थीमा त्रास बढेको छ । गत भदौमा आएको बाढीले विद्यालयको केही भाग बगाइसकेकोमा अब आउने वर्षामा बाढी आए विद्यालय भवन नै खतरामा पर्न सक्ने प्रधानाध्यापक कृष्णप्रसाद लामिछानेले बताउनुभयो ।
विद्यालयको पूर्व पश्चिममा रहेको खोल्साले विगत देखि नै विद्यालयलाई असुरक्षित बनाइरहेकामा देवकाली मोटर मार्ग पनि विद्यालय नजिकबाटै निर्माण गरेपछि विद्यालय भवन थप असुरक्षित बनेको हो ।
विद्यालय हाता भित्रको घा“स र सिसौका रुख गत वर्षो पहिरोले नै बगाएको थियो । जाली भरेर र बास रोपेर विद्यालयलाई सुरक्षित पार्न गरिएको उपाय प्रयाप्त नभएको प्रधानाध्यापक लामिछानेले जानकारी दिनुभयो । लामिछानेका अनुसार, जिल्ला शिक्षा कार्यलय तथा गाविसको स्थानीय स्रोतबाट रकम माग गरी भवन अन्यत्र सार्ने विषयमा पनि छलफल भइरहेको छ । धर्मात्मा मा. वि. मिथुकरम, भारतिपुर, जौवारीका साथै तनहुको करुवाटार, बटौलीटारका विद्यार्थीहरु अध्ययन गर्ने थलो हो ।
चोरी बढ्यो गाउँमा
डेढगाउँ
भुलाडस्थित धनन्जय लम्सालको पसलबाट गत चैत ७ गते अज्ञात समूहले तीस हजार भन्दा धेरै रुपैया बराबरको सर सामान चोरी लगेका छन् । रातको समयमा पसलको पछाडि पट्टिबाट झ्यालको रड निकालेर भित्र प्रवेश गरी चोरहरुले धनमाल लुटेका थिए ।
घटना लगत्तै डेढगाँउ इलाका प्रहरी कार्यालयबाट प्रहरी त्यस ठाउँमा पुगे पनि प्रहरीले अझै सम्म लुटेरा पक्राउ गर्न सकेका छैनन् । पसल पछाडिको झ्यालबाट सानो बच्चालाई प्रवेश गर्राई पसल लुटिएको आशंका प्रहरी नायव निरिक्षक के बी क्षेत्रीले गर्नुभयो ।
यस अगाडि गत फागुन २० गते बम्बे आँप नजिक सुलोचन लम्सालको पसलमा पनि नगद र सामान गरी करीब १५ हजार रुपैया बराबरको चोरी भएको थियो । तिनै लुटेराले भुलाडमा रहेको एस के इलोक्ट्रनीक्स पसल समेत लुट्ने प्रयास गरे पनि गाउँलेहरुले हल्ला गरेपछि लुटेरा भागेका थिए ।
डेढगाँउमा चोरीका घटना दिन प्रतिदिन बढ्न थालेपछि सुरक्षा व्यवस्था कडा गरी रातमा प्रत्येक टोल टोलमा गस्ति गरिइएको प्रहरीले जनाएको छ ।
भट्टर्राई दम्पत्तिद्वारा पुस्तक दान
डेढगाँउ
डेढगाँउका नौ का दम्पत्ति होमनाथ र तिलमाया भट्टर्राईले नवलपरासी पहाडी भेगका चार वटा माध्यमिक विद्यालय र खर्सानतार स्थित बाल कल्याण प्राथमिक विद्यालयलाइ लाई एक एक वटा पुस्तक दान दिनुभएको छ ।
माइक्रोसफ्ट देखि बाहुनडाँडासम्म नाम गरेका पुस्तक उहाँले डेढगाउँ उच्च मा.वि., वेलभञ्ज्याङ मा.वि, रकुवा, धर्मात्मा मा. वि. मचेंडी र नगरडाँडा मा. वि व्याघानलाई दिनुभएको हो । पुस्तकमा अमेरिकाको माइक्रोसफ्ट कम्पनीको जागिर छोडेर नेपाल सहित गरीब देशका विद्यालयमा दान दिदैं हिडेका एक अमेरिकीको कथा छ ।
यसैगरी भट्टर्राई दम्पत्तिले पारिवारिक वृहतकोश नामको अँग्रेजी पुस्तक पनि डेढगाउँ उच्च मा.विलाई दिनुभएको छ ।
अध्ययनका लागि शहरका विद्यार्थी गाउँमा
बुलिङटार, नवलपरासी
काठमाडौं, पुरानो बानेश्वरमा रहेको राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हेल्थ असिस्टेन्ट -स्वास्थ्य सहायक अध्ययन गरिरहेका नौ जना विद्यार्थी स्वास्थ्य स्थिति अनुसन्धान गर्न बुलिङटार आएका छन् ।
सन्देश न्यौपानेको नेतृत्वमा आएको टोलीले दुइ महिने बुलीङ बर्साईको क्रममा घर-घरमा गई पारिवारिक विवरण संकलन गर्नुका साथै यहाँको स्वास्थ्य स्थिति र वातावरणीय सरसफाईमा भएका प्रयासका बारेमा पनि अध्ययन गर्नेछ ।
सामुदायिक स्वास्थ्यका विषयमा अध्ययन गर्न आएका विद्यार्थीले विद्यालयहरुमा गएर स्वास्थ्य शिक्षा सम्वन्धि जनचेतना दिने र प्राथमिक स्वास्थ्य केन्द्र मार्फ स्वास्थ्य सेवा पनि प्रदान गर्नेछन् ।प्राथमिक स्वास्थ्य केन्द्र बुलिङटारको मातहतमा रहेर काम गर्ने टोलीले आउँदो बैशाख ७ गते सम्म अनुसन्धान गरी जिल्ला स्वास्थ्य कार्यलय नवलपरासीमा प्रतिवेदन बुझाउने छ ।
आमा समूहले विद्यालयमा गेट बनाए
डेढगाँउ, नवलपरासी
डेढगाउँ ९ नम्वर वडाका आमा समूहको सक्रियातामा डेढगाँउ उच्च मा. वि करिब पचास हजार रुपैयाको लगानीमा पक्कि प्रवेशद्वारा बनेको छ । डेढगाउमा एस एल सी सेन्टर परेपछि गेटको आवश्यकता महसुस गरी निर्माण प्रक्रिया सुरु गरिएको निर्माण समितिका सदस्य टुल्की ओझाले बताउनुभयो ।
आमा समुहका सदस्यहरु घर घर गएर चन्दा संकलन गरी ३२ हजार ६ सय ४१ रुपैया जम्मा गरेका थिए । चन्दा संकलन तथा निर्माण समितिका संयोजक लक्ष्मी ओझाका अनुसार १० रुपैया देखि २ हजार रुपैयासम्म चन्दा दिएका थिए । ३५ जनाले पाँच सय भन्दा धेरै रुपैया चन्दा दिएका थिए ।
गत वर्षफागुनको अन्तिम साता देखि काम सुरु भएकोमा अहिलेसम्म ४१ हजार ३८ रुपैया खर्च भइसकेको छ भने अझै पनि गेट निर्माण पुरा भइसकेको छैन । विद्यालय वरिपरि पर्खाल र तारबार भए पछि गेटको आवश्यकता महसुस गरेर गेट बनाइएको आमा समूहले जनाएको छ ।
उता, देवीथानमा पनि नयाँ गेट बनिरहेको छ । आफ्ना श्रीमानको सम्झनामा श्रीमती लालमती दर्राईको आग्रहमा गेट बनिरहेको हो । मुखीयाथरका नरबहादुर दर्राईका छोरा खड्गबहादुर दर्राई तीन वर्षअगाडि कतारमा वितेका थिए । गेट निर्माणमा करिब ३० हजार रुपैया लागेको गेट निर्माणका संयोजक वृन्द दर्राईले जानकारी दिनुभयो ।
बजेट पाएर पनि काम भएन
डेढगाउँ
डेढगाउँ गाविसले पाएको १० लाख रुपैया मध्ये डेढगाउँ ३ र ४ वडामा वाटो निर्माणका लागि छुट्टयाइएको रकम सदुपयोग नभएको गुनासो स्थानीय वासिन्दाले गरेका छन् ।
गाउँ विकास समितिको गत वर्षबसेको र्सवदलीय वैठकले डेढगाउँ गाविसको ३ नम्बर वडामा चार हजार रुपैया र ४ नम्बर वडामा छ हजार रुपैया बाटो निर्माणका लागि छुट्टयाएको थियो ।
सो रकम वडा नम्बर ४ का फत्तबहादुर स्वती र वडा नम्बर ३ मा शिवबहादर वि.क ले जिम्मा दिइएको थियो । बाटो निर्माणमा भएको ढिलाई सम्वन्धमा उहाँहरुलाई जिज्ञासा राख्दा रकम अपुग भएका कारण बाटो निर्माण हुन नसकेको बताउनुभयो । अर्को र्सवदलीय बैठकमा थप रकम माग गरी वर्षा अगाडि नै बाटो निर्माण गरिने उहाँहरुले बताउनुभयो । बाटो निर्माण नगरे वर्षामा आउने पानीले थप क्षति पुर्याउने स्थानीय बासीन्दाहरुले बताए ।
महिलाले सिके सीलाई कर्टाई
डेढगाउँ
गाविसले महिलालाई लक्षित गरी दिएको तीस हजार रुपैया अनुदानबाट डेढगाउँका १८ महिलाले सीलाई कर्टाई सिकेका छन् । तीन महिनासम्म चलेको सीलाई कर्टाईमा प्रत्येक वडाका दुइ दुइ जना महिला सहभागिता थिए भने ती मध्ये १७ जना विवाहित थिए ।
यस्ता सीपमूलक कामबाट रोजगार पाउन सजिलो हुने र राम्रो आम्दानी समेत गर्न सकिन्छ भन्ने उदेश्यले सो कार्यक्रमको अवधारणा ल्याइएको कार्यक्रमकी अध्यक्ष भागिरथ ओझाले बताउनुभयो ।
प्रशिक्षक धर्म मालीले प्रशिक्षण दिनुभएको तालिममा मालीलाई १८ हजार रुपैया दिइएको थियो भने, मेसीन औजार भाडा र खरिदमा सात हजार रुपैया खर्च भएको थियो । यसबाहेक धागो कैंची फिता, तेल, कपी, कलम आदिमा पाँच हजार रुपैया खर्च भएको ओझाले बताउनुभयो ।
तालिम पछि आफूले सिकेका सिपलाई व्यवहारमा उतार्ने भन्दै त्यसो नगरे कारवाही स्विकार हुने प्रतिवद्धता महिलाहरुले व्यक्त गरेका छन् ।
दलदले खैरनीटार सडकलाई वैकल्पिक राजमार्गको रुपमा विकास गर्नुपर्नेछ: महेन्द्रध्वज जी.सी.
Monday, May 12, 2008
काली टाइम्सद्वारा डेढगाउँ भित्रको चासो र सरोकार विषयमा अन्तरक्रिया
डेढगाउँ
विगत तीन वर्षदेखि साधारण सभा हुन नसकेको र नयाँ सदस्यता पनि वितरण नगरेको जनशक्ति युवा क्लबका पदाधिकारीले यसै महिना भित्र सदस्यता वितरण गरी छिट्टै साधारणसभा गर्ने बताएका छन् ।
कालीटाइम्स पत्रिकाले यही वैशाख २ गते डेढगाउँमा गरेको डेढगाउँ भित्रको चासो र सरकोकार विषयक अन्तरक्रियामा क्लबका अध्यक्ष छविलाल ओझाले क्लबमा करिब ३० हजार रुपैया भएको जानकारी पनि दिनुभयो । ओझाले साधारण सभा गरेर क्लबलाई अगाडि बढाउन नसकिए क्बलसँग भएको रकम र्सार्वजनिक हितमा खर्च गरिने बताउनुभयो ।
अन्तरक्रियामा जल उपभोक्ता समितिका सचिव नारायण ओझाले नहर पुन निर्माण गर्न जिल्ला सिंचाई कार्यालयसँग तार जालीको माग भइरहेको बताउनुभयो । उहाँले जिल्लाबाट तार जाली नआए पनि जल उपभोक्ताहरुसँग रोपनीका हिसाबले रकम उठाएर भए पनि यसपटक खेतीका लागि पानी ल्याइछाड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
विद्युत, विद्यालय र बाटो सहितका विषयमा पनि छलफल गर्न अन्तरक्रियाको आयोजना गरिएको भए पनि सम्वन्धित धेरै व्यक्तिहरुको उपस्थिति कार्यक्रममा भएन । कार्यक्रममा युवाहरु इश्वर श्रेष्ठ र सन्तोष ओझाले विभिन्न जिज्ञासा व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा सहकारीका अध्यक्ष धर्म माली, प्रतिभा अँग्रेजी स्कूलका यादव ओझा, समाजसेवी होमनाथ भट्टर्राई, लोकनाथ पोख्रेल, भागिरथी ओझा, ज्ञानबहादुर सारु, बलबहादुर सिंजाली, माओवादीका प्रतिनिधि पहल र्सींह वि.क. सहितका व्यक्तिहरु सहभागी हुनुहुन्थ्यो । सहभागीहरुले यस्ता अन्तरक्रिया समय समयमा भइरहनुपर्नेमा जोड दिएका थिए ।
खजुरीमा विद्यालय पक्की भवन
तम्सारिया फाउण्डेसन अफ निदरलैण्ड र कुमारी प्राथमिक विद्यालय हसौराको आर्थिक सहयोगबाट खजुरीमा कामधेनु प्रा.वि. मा पाँच वटा पक्कि कोठा बनेका छन् । कुमारी प्रा.वि. हसौराका प्रधानाध्यापक फर्सुम शर्माले गत माघ १८ गते विद्यालयमा थप पक्कि कोठा बनाउने कामको शिलान्यास गर्नुभएको थियो ।
विद्यालय भवन निर्माणमा स्थानीय जनश्रमदानको पनि उल्लेख्य भूमिका रहेको विद्यालयका प्र.अ. रामचन्द्र लामिछानेले बताउनुभयो ।
साँघुरीघाटमा बन्दैछ झोलेङ्गे पुल
कालीटाइम्स संवाददाता
रकुवा
रकुवा र तनहुँको घिरिङ सुन्धारा जोड्ने साँघुरीघाटमा झोलुङ्गे पुल निर्माण अन्तिम चरणमा पुगेको छ । गत मंसिर देखि पुल निर्माण सुरु भएको र यस वर्षो वर्षा अगाडि नै पुल निर्माण कार्य सम्पन्न भइसक्ने स्थानीय कुलमणी ढुंगानाले बताउनुभयो ।
आनन्दित बनौं
सन्तोष ओझा
एक पुरानो कथा बाट सुरु गरौ, के हो आनन्द - कुनै समयमा एकादेशमा एक जना निकै शक्तिशाली राजा थिए । उनी संसारकै राजा बनेर बस्न चाहन्थे । विभिन्न देशमाथि आक्रमण गर्दै अगाडि बढ्ने क्रममा उनी निकै शक्तिशाली राष्ट्रमाथीको विजय पश्चात आफ्नो राज्यमा र्फकदै थिए सारा देशवासीले स्वागत गरे र आफ्ना राजालाई बधाई दिए ।
अझै जित्दै जाने शुभकामना पनि दिए । उनलाई सारा गाउलेले फुलमाला सहित भब्यरुपले स्वागत गरेपनि गाउको एक कुटीमा बस्ने सन्यासीले त्यसको वास्ता गरेनन् । त्यस कुरा थाहा पाएपछि राजालाई अतिनै रिस उठ्यो अनि राजा ती सन्यासी भएको स्थानमा गई उनलाई हपार्न थाले तथानाम गाली गर्न थाले । तर ती सन्यासीले राजाको कुरामा केही ध्यानै दिएनन् । उनी मौन बसीरहे ।
त्यो देखेर राजाको रिस झन् बढ्यो । राजाले सन्यासीलाई झस्काए र सोध्न थाले -मैले सारा विश्व जित्न लाग्दैछु यस्तो अवश्थामा तिमी किन मलाई सम्मान गर्दै । यो सुनी सन्यासी त झन् हास्न पो थाले । उनी हासेको देखेर राजाले फेरी सोधे, किन हासेको - ती सन्यासीले जवाफ दिए, तिमी प्रति दया लागेर । अनि राजाले सोधे किन - सन्यासी बोले तिमी संसार जितेर के गर्र्छौ - राजा बोले संसार जितेर म संसारको मालिक हुन्छु । फेरी सन्यासी सोध्छन् मालिक भएर तिमी के गर्र्छौ । राजा जवाफ दिन्छन् म आनन्दमा रमाउछु ।
यी सबै कुरा सुनेर सन्यासी फेरी हास्न थाले र भने तिमी आनन्दित हुनलाई संसार जित्नु पर्दो रहेछ । तर, म त यस कुटीमा अहिले नै आनन्दित छु । एकछाक खाएर पनि मस्त छु, मलाई लाग्छ आनन्दित हुनुलाई बाहिर दौडनु पर्दैन आनन्द हामी भित्रै छ । त्यसलाई चिन्नु पर्छ । सन्यालीले भने दुनीया आनन्दको खोजिमा दौडीरहुन्, म तिनलाई हेरर यसै आनन्दीत हुन्छु ।
हो, हामी पनि सुख, खुसी र आनन्दको खोजीमा कहिल्यै पुरा नहुने दौडमा छौं । हामी पनि आफू भित्र भएको आनन्द थाहा नपाएर पैसा, पद, शक्ति र नाम खोजीमा दौडेको दोड्यै छौं । यसो भन्दैमा सबै चटक्कै छोडेर जोगी बन्नुपर्छ भन्ने होइन । तर, आफ्नो आकांक्षा र आवश्यकतालाई बढाउदै लग्यो भने त्यस्ले हामीलाई अन्तहिन दुःखको सागरमा पुर्याउछ । आफूसग जति छ, त्यस्मा सन्तोष मान्न पनि जान्नुपर्छ ।
गौतम वुद्ध हुन् की क्रिश्चीयन धर्मका भगवान जेसस क्राइष्ट वा महान दार्शनिक शुकरात हुन् वा ओशो यिनीहरुले सुख र सन्तोषका विषयमा हामीलाई सिकाएका छन् । तर, त्यतिबेलाका मानिसहरुले यिनलाई बुझ्न सकेनन् ।
संसार जलिरहेछ, सोच्नुहुन्छ होला किन - यस्को कुनै ठूलो कारण छैन । सबैलाई अर्कोभन्दा अगाडि बढ्नु छ, सबैभन्दा ठूलो मानिस बन्नुछ । विभिन्न संचार माध्यमबाट यस्ता समस्यालाई राजनीतिक समस्याको रुपमा व्याख्या गरिन्छ । तर, राजनीति अंहकारको खेल हो र राजनीतिमा लाग्ने धेरै मानिसहरु माथिको कथाका राजा जस्ता हुन् ।
आजदेखि तपाई आफूलाई आनन्दीत र प्रेमपूर्ण बनाउनुहोस् । कसैलाई आफन्त र कसैलाई पर्राई नबनाउनुहोस् । एक दिन सबै जना मरेरै जानु छ भने किन कोही नजिकको किन कोही पर्राई सबैजनालाई समान रुपमा व्यवहार गर्नुहोस् । खुसी लाग्दा मन खोलेर हास्नुहोस् र मन दुख्दा चिच्याएर रुनुहोस् । कस्ले के भन्छ भनेर चिन्ता लिनु पर्दैन, यसबाट नै तपाईको धेरै दुःख हराएर जानेछ ।
संसारमा सबैलाई प्रेम गर्नुहोस् । आफू भित्र रहेको म ठूलो, म पढेको, म धनी भन्ने अहंकार नराख्नुहोस्, सुख र प्रेमको सुरुवात त्यहीबाट हुन्छ । केही समय आफ्ना मन भित्र उठेका भावनलाई पनि हेर्ने गर्नुहोस् ।
वास्तवमा मन्दिर आफैंलाई स्मरण गर्नका लागि बनाइएको हो । तर आज मन्दिर रोइरहेछ, सुख्खा छ । वास्तवमा मन्दिरमा प्रेमको पाठ सिकाइनु पर्दछ, गीत गाइनुपर्दछ र जीवनको नाच नाचिनु पर्दछ । मन्दिरमा फूल चढाउनु पर्दैन, फूललाई पुरा आयु बा“च्न दिनोहोस्, तपाई आफूलाई फुलाउन मन्दिर जानुहोस्, हृदयलाई फुलाउनुहोस् ।
संसार भनेको तपाई हो, तपाई दुःखी हुनुभयो भने संसार दुःखी देख्नुहुन्छ र तपाई आनन्दीत हुनुभयो भने संसार र्स्वर्ग हुनेछ ।
अब मन्दिरको प्रकृति पनि फेरीनु पर्दछ । मन्दिरमा मूर्ति होइन, संगीतका धुन, कलाका साधना र जीवन दर्शनका पुस्तकहरु राखिनुपर्छ । अब हामी आफूले गरेका पाप पखाल्न मन्दिर जाने होइन, जीवनलाई आनन्द बनाउनलाई मन्दिर जानुपर्दछ ।
गीतामा भनिए जस्तै निश्काम कर्म योग, जीवनलाई कामै कामको बोझ होइन, बरु कामलाई पनि खेल झै रमाइलो मानेर जीउनुहोस् । जस्ले जीवनलाई खेल झै सम्झेर रमाइलो सग विताउछ उस्को जीवन नै सफल हुन्छ, रमाइलो हुन्छ ।
तपाईलाई जोगी वा सन्यासी हुनुस् भनेको होइन मात्र सन्यासीले जस्तै जीवनमा आनन्द लिनुहोस् भनेको हो । आनन्द हुनुलाई घर छोड्न पर्दैन । घरमै बसेर पति पत्नी, छोरा छोरी, छर छिमेक सबै सग प्रेम साटेर आनन्दीत हुनुहोस् ।
राम्रा कामका लागि फागु
राम्रा कामका लागि फागु
पाहुनै आए,
हामीलाई हैन गाउँलाई हो,
यही रमाइलो ठाउँलाई हो ।
रंगहरुको पर्व फागु पूणिर्मा फेरी एकपटक आयो । वसन्त ऋतुसँगै आउने फागु पर्व यस भेगमा बस्ने हामीहरुका लागि विशेष महत्वको छ । हामीले जसरी गीत गाउँदै घर घर घुमेर देउसी भैलो झै गरी फागु पूणिर्मा मनाउछौं, यस्तो चलन अन्यत्र देखिएको छैन ।
फागु पूणिर्मा आउनु एक साता अगाडि देखि नै रंगसँग खेल्ने र लोला हान्नेहरु तर्राई तथा शहरमा होलान् । तर, उनीहरु हामी झैं फागुका लागि घरघरमा पुग्दैनन् र नाच गान गरेर पैसा पनि उठाउँदैनन् । तिहारमा देउसी भैलो खेल्ने चलन आजभोलि गाउँमा बढे पनि २० वर्षअगाडि सम्म त्यस्तो चलन यस क्षेत्रमा एकदमै कम थियो ।
यस भेगमा भएको फागुको यो मौलिक विशेषतालाई जोगाई राख्नु हाम्रो कर्तव्य हो र यस्मा हामीले गर्व पनि गर्नुर्ुपर्दछ । फागुका अवसरमा हामीले बनाएका गीतहरु अन्यत्र कतै सुन्न पाइएको छैन ।
फागु खेलेरै विद्यालय भवन बनाएको, डेस्क वेञ्च थपेको र पुस्तकालयमा पुस्तक जम्मा गरेको सम्झना हाम्रा पाको पुस्तामा अझै छ ।
फागु खेलेर संकलन गरिएको रकमबाट क्बलहरु बनेका र तिनले जनहीतका थुप्रै कामहरु पनि गरेका छन् । तर, पछिल्लो समयमा आएर फागु पूणिर्मालाई पैसा उठाउने र एक दिन रमाइलो गरेर त्यो सबै पैसा भ्याउने चलन पनि बढ्दै गएको छ । यस्ले गर्दा फागु प्रतिको मानिसको भावना पनि राम्रो हुन सकेको छैन भने केही राम्रो सामाजिक कामको लागि रकम संकलन गर्न सकिने अवसर पनि गुमेको छ ।
तीन चार दिन नाच गान गरेर उठाएको पैसा एकै दिनमा सिध्याउँदा केही क्षणको आनन्द भए पनि त्यो उठेको रकमबाट दिगो र धेरै जनालाई फाइदा पुग्ने काम गर्दा मिल्ने आत्मसन्तुष्टि असाध्यै रमाइलो हुन्छ ।
तपाईहरुले खेलेको फागुमा उठेको रकमबाट गाउँमा कम्प्युटर ल्याउन पाए कति रमाइलो हुन्थ्यो । त्यस्तै सानै भए पनि पुस्तकालय खोल्न पाए कति विद्यार्थीले प्रगति गर्न सक्थे । कुनै खाली जमिनमा वृक्षारोपण गरी स्याहार सुसार गर्ने काममा खर्च गर्न पाए वातावरणलाई फाइदा पुग्दथ्यो । विद्यालयको छात्रवृत्ति कोषमा जम्मा गर्न पाए कति बालबालिकाले निशुल्क पढ्न पाउँथे ।
त्यसैले हामी भन्छौं
फागु खेलौन हो फागु खेलौं न
फागुको पैसाले केही गरौं न ।
काठमाडौंबाट गाउकी हजुरआमालाई चिठ्ठी
सादर नमस्कार
काठमाडौं तिर हामी सबै आरामै छौं, तपाईहरु पनि आरामै हुनुहोला । हजुरआमा देशमा चुनावको रौनक ज्यादै छाएको कुरा त तपाईलाई पनि थाहै होला । राजधानी अहिले चुनावी माहोलले तातेको छ । लाग्छ अब त सा“च्चै कै संविधानसभाको चुनाव हुन्छ ।
पचास भन्दा धेरै पार्टर्ीी कतिपय स्वतन्त्र व्यक्तिले उम्मेदवारी दिइसकेका छन् । हाम्रै क्षेत्रबाट पनि १३ जनाले संविधानसभा सदस्यका लागि उम्मेदवारी दिएका रहेछन् । पार्टर्ीी नेता कार्यकर्ता तथा उम्मेदवारहरु जिल्ला जिल्ला गाउ“ गाउ“मा गएका समाचार हामीले यहा“ पढिरहेका छौं, सुनिरहेका छौं ।
हजुरआमा, हाम्रो गाउ“ तिर पनि चुनावको प्रचार प्रसार भइरहेकै होला । संविधानसभा चुनावको महत्व र प्रक्रिया बुझ्ने बुझाउने क्रम चलिरहेकै हुनर्ुपर्छ । देशको मुख्य कानुन संविधान बनाउका लागि बन्ने हामीले भोट दिएर पठाएका मानिसहरुको सभा नै संविधान सभा हो भनेर अरुलाई बुझाइ दिनुहोला, हजुरआमा ।
रेडियोबाट पनि धेरै कुरा त सुनिरहनुभएकै होला । हजुरआमा, नबुझेको कुरा चुनावी प्रचारमा हिडेका वा गाउ“कै जान्ने बुझ्ने स“ग सोधेर भए पनि बुझ्नुहोला । मलाई विश्वास छ, तपाई लौरी टेकेरै भए पनि चुनावी सभा र प्रचारहरुमा पुग्नुहुन्छ भन्ने ।
चैत २८ गते हुने चुनाव अरु बेलाको चुनाव जस्तो होइन । देश मै पहिलो पटक संविधानसभाको चुनाव हुन लागेको हो । हाम्रो गाउ“घर तिर भोट माग्न आउने थालेको कुरा हजुरले अस्ति फोनबाट पनि भन्नुभएको थियो ।
तर, कस्तो उम्म्मेदवार उठेको छ र कुन पार्टी कस्तो नीति हो भन्ने कुरा पहिले नै सचेत हुनर्ुपर्छ, हजुरआमा । हामीले राम्रा मानिस चुनेर पठाएमा राम्रो संविधान बन्छ । खराब मानिस चुनेर पठाएमा नराम्रो संविधान बन्छ । हामीले जस्तो मान्छे पठायौं, उस्तै राज्य र नेपाल बन्ने हो ।
भ्रष्ट मान्छेलाई चुनेर पठाए नया“ नेपालमा पनि भ्रष्टलाई नै फाइदा हुने संविधान बनाउनेछ । स्वच्छ र इमान्दार मानिस चुनेर पठाउन सकियो भने उस्ले नया“ नेपालको खाका कोर्दा भ्रष्ट र बेइमानीलाई स्थान नहुने गरी संविधान लेख्ने छ ।
चुनावका बेला आफूलाई मन लागेको व्यक्ति र पार्टर्ीीई भोट दिन पाउने हाम्रो स्वतन्त्रता र अधिकार हो । त्यसैले हजुरआमा, भ्रष्ट र वेइमान मानिसलाई आफ्नो पार्टर्ीीे उम्मेदवार हो भन्दैमा भोट नखसालौं ।
मलाई त, अझै पनि डर छ, हजुरआमा † कतै हामी जस्ता गाउ“को मानिसलाई अनेक लोभ र लालच देखाई हाम्रो भोट पाएर त्यस्को दुरुपयोग गर्ने त होइनन् । दीन दुःखी र सोझा जनतालाई डर, त्रास र लोभ देखाएर मत खरीद गर्ने त होइनन् । त्यसैले हजुरआमा, सबै दल र उम्मेदवारको पहिले देखि अहिलेसम्मको चरित्र एक एक केलाएर मात्र भोट खसाल्न पर्दछ ।
हजुरआमा, हजुरलाई थाहै छ, तपाईको छोरा नातिहरु देशमा काम नपाएर विदेशमा रगत पसीना बगाउन गएका छन् । बेलामा स्वास्थ्य उपचार नपाएर छोरी नातिनीहरु अकालमा ज्यान गुमाउन परेको छ । दैनिक श्रम गर्दा पनि एक छाक खान नपुगेर विद्यालय पठाउनु पर्ने बालबालिकालाई पनि काममै लगाउनु परेको छ । विजुली बत्ति नहु“दा सधैं अन्धकारमाा बस्नु परेको छ । काली गण्डकीमा पक्कि पुल बनेमा घरसम्मै मोटरमा पुग्ने धोको त हजुरको पनि बा“कि नै छ नी ।
त्यसैले भोट माग्न आउने उम्मेदवार र पार्टर्ीी नेतालाई नया“ लेख्न लागेको संविधानमा यस्ता विषयलाई उनीहरुले कसरी समेटेका छन् भनेर सोध्न नबिर्सनुहोला । हुन त यहा“ छुटेका कतिपय कुरा हजुरले आफै पनि नेताहरुलाई सोध्नुहुने नै छ । हजुरआमा सके त्यो पावरवाला चस्मा लगाएर आफै नभए भाइ बहिनीलाई भए पनि पढ्न लगाएर यो चिठ्ठी सुन्नुहोला । सके चुनाव प्रचार कै बेलामा नभ्याए भोट हाल्न पक्कै पनि चैतमा घर आउ“छु ।
उही तपाईहरुकै प्यारी नातिनी
वृन्दा कोइराला