Thursday, June 5, 2008

जनजातिले सिप सिके


नारायण श्रेष्ठ
डेढगाऊँ

डेढगाउ गा.वि.स.ले गत वर्षआदिवासी जनजातीको लागि छुट्टयाएको रकमबाट डेढगाउँ - ३ फेदीमा सिपमूलक तालिम दिइएको छ । पच्चीस हजार रुपैया खर्च गरी दिइएको निशुल्क घरेलु तथा सिपमुलक तालिमबाट बेरोजगारले फाइदा लिन सक्ने तालिम लिइरहेकाहरुले बताए ।
पाल्पा, बाका मलाङ्गका दल बहादुर आले मगरले डेढगाउँका वडा नं. ५ वाहेक अन्य वडाका १५ जनालाई वाँसबाट विभिन्न उपयोगी समान बनाउन सिकाइरहेका छन् । तालिम अवधीभरमा प्रशिक्षार्थीहरुले बस्ने मुडा, लुगा राख्ने ह्याङगर, बाँसको र्‍याक, चुरा स्ट्याण्ड सहितका सामाग्री बनाउन सिक्ने कार्यक्रमका उपाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
बाँसबाट उपयोगी सामान बनाउन तालिम लिइराखेकी कमला फालले जिविको पार्जन गर्न सजिलो हुने भएकाले भविष्यमा यसैलाई पेशाको रुपमा अगाडि बढाउने बताउनुभयो ।