नारानघाटअड एसीवाला भनी चढाओ। रामनगर नपुग्दै बिहेमा माड घुम्ने गतिमा छ, माइक्रो जामले। एसी चलाउन छोडो। नेपालीले नि ज्याकुजी र सोनाबाथको अनुभव लिउन् भनेर होला जापानीले हायस माइक्राको झ्याल नि बिरालोको टाउको नछिर्ने बनाएछन्। 15 सिटे गाडीमा 25 जना फ्री स्टिम बाथमा छम्, हजूर।
Saturday, June 11, 2016
Thursday, June 9, 2016
शौचालयमा प्रयोग हुने सेन्ट
( विप्लव माओवादीले आव्हान गरेको बन्दका कारण ) कार्यालयसम्म डेढ घन्टा हिंडेर आउँदा पसिनै पसिना भइयो। अरुलाई गन्ध नराम्रो लाग्ला भनेर अफिसमा देखेको 'सेन्ट' जिउभरी छरें। पछि यसो घोरिएर बोतल हेरेको त शौचालयमा छर्ने 'सेन्ट' पो रहेछ। केही विखत् त नगर्ला नि...।
Thursday, June 2, 2016
माइक्रो बसको यात्रा
म - के भो?
चालक- ५ सयको चिट काट्यो। ४ सय हातमा हाल्दें। ७ जना बढी यात्रु लाँदा कमाइभएको ३ हजारमा ९ सय रुप्पे खर्च भो।
म- अनि लाइसेन्स लिए?
चालक - छैन। भए पो लिन्छ, अस्ति डुम्रेमा २ जना मान्छे मारेको भएर मेरो लाइसेन्स त अदालतमा छ। समिति ( पृथ्वी राजमार्ग माइक्रो बस सञ्चालक समिति) ले सात लाख तिरिदिएर केस मिल्यो। अब लाइसेन्स पाइन्छ।
म- राधे राधे।
पोखराबाट काठमाडौं आउँदै गर्दा १४ यात्रु बोक्न अनुमति पाएको माइक्रो बसमा २१ जना थियौं। मुङलिङ नजिकै ट्राफिकले चालकसँग लाइसेन्स मागेका थिए। गाडीबाट ओर्लिएका ड्राइभर १० मिनेट जति पछि आए।
त्यसपछि काठमाडौंसम्मको ३ घन्टाको घुमाउरो यात्रामा चालक भाइ २ घन्टा जति घरी 'काठमाडौं छु' भन्दै घरी 'पोखरा छु' भन्दै फरक फरक मान्छेसँग मोबाइल फोनमा व्यस्त भइरहे र जाममा बाहेक अन्यत्र बेतोडले गाडी उडाइरहे। एक दुई पटक 'गाडी रोकेर फोनमा कुरा गरम्न सर' भनें। 'अंकल पनि कति डराको हो, गिदी नगर्नु नि' भन्दै जवाफ फर्काए। तै पनि काठमाडौं आएर जिउ र छतमा राखेको झोला छामछुम पार्दा सबै ठिक छ हउ हजुर।

Subscribe to:
Posts (Atom)