Wednesday, May 21, 2008

बजेट पाएर पनि काम भएन

नारायण श्रेष्ठ
डेढगाउँ

डेढगाउँ गाविसले पाएको १० लाख रुपैया मध्ये डेढगाउँ ३ र ४ वडामा वाटो निर्माणका लागि छुट्टयाइएको रकम सदुपयोग नभएको गुनासो स्थानीय वासिन्दाले गरेका छन् ।

गाउँ विकास समितिको गत वर्षबसेको र्सवदलीय वैठकले डेढगाउँ गाविसको ३ नम्बर वडामा चार हजार रुपैया र ४ नम्बर वडामा छ हजार रुपैया बाटो निर्माणका लागि छुट्टयाएको थियो ।
सो रकम वडा नम्बर ४ का फत्तबहादुर स्वती र वडा नम्बर ३ मा शिवबहादर वि.क ले जिम्मा दिइएको थियो । बाटो निर्माणमा भएको ढिलाई सम्वन्धमा उहाँहरुलाई जिज्ञासा राख्दा रकम अपुग भएका कारण बाटो निर्माण हुन नसकेको बताउनुभयो । अर्को र्सवदलीय बैठकमा थप रकम माग गरी वर्षा अगाडि नै बाटो निर्माण गरिने उहाँहरुले बताउनुभयो । बाटो निर्माण नगरे वर्षामा आउने पानीले थप क्षति पुर्‍याउने स्थानीय बासीन्दाहरुले बताए ।

No comments:

Post a Comment

Please leave your comment here