Wednesday, July 16, 2008

मिथुकरम मिनाङकोट देउरालीमा नि.मा.वि.सञ्चालन

काली टाइम्स संवादाता
मिथुकरम, नवलपरासी
मिथुकरम-७, मिनाङकोट देउरालीको सिद्धि विद्यालश्रम प्राथमिक विद्यालयलाई यसै शैक्षिक सत्र निम्न माध्यमिक विद्यालय बनाइएको छ ।
७५ हजार रुपैया धरौटी राखी जिल्ला शिक्षा कार्यालयबाट अनुमति लिएर यस वर्ष ६ कक्षाको अध्यापन सुरु गरिएको हो भने धर्मात्मा माविको शाखाको रुपमा सात कक्षाको पर्ढाई पनि विद्यालयमा सुरु भएको छ ।
यस विद्यालयको प्राथमिक तहमा दुइ सय ९६ जना, कक्षा ६ मा ३६ जना र कक्षा ७ मा १५ जना छात्रछात्रा अध्ययनरत छन् । शिक्षक दरबन्दी तीन जना मात्र रहेको भए पनि यस विद्यालयमा स्थानीय स्रोतमा चारजना शिक्षकले पढाइरहेका छन् । यस्तै बालविकास केन्द्रमा एक जना शिक्षक र एकजना परिचर पनि विद्यालयमा रहेको छन् ।
यस विद्यालयमा कुमारी प्रा.वि. हसौराको सहयोगमा गत वर्षनिर्मित ५ कोठा बाहेक २०५६ सालमा निर्माण गरिएको तीन वटा कोठा रहेका छन् । विद्यालयलाई स्तरवृद्धि गरी कक्षा ८ सम्म पुर्‍याउनका लागि अरु चार कोठा थप्नु पर्ने प्रधानाध्यापक गम बहादुर रानाभाट बताउनुहुन्छ । यसका साथै विद्यार्थी संख्याको अनुपातमा फर्निचर र शिक्षक दरबन्दी पनि यस विद्यालयमा कमी रहेको छ ।