Saturday, July 31, 2010

खिरको रेसिपी...

भात पकाइयो। प्लास्टिकाँ आउने दुई पोका दुधाँ पाँच डाडु चिनी हालेर उमालियो। पाकेको भात दुध पकाको भाडाँ उमालियो। अनि नानीहरुलाई भनियो आज साउन १५ हो खिर खानुपर्छ। डर लाइराछ,भोलिपर्सी नानी कुक भइ भने खिरको रेसिपी कस्तो बनाउँछे होला?धन्न गाउँमा आमा-हजुरआमाले फेसबुक हेर्नुहुन्न नत्र मेरो र बुढीको के हाल हु्न्थ्यो...(हास्नुपर्ने कारण धेरै छन् हा हा हा...)

Friday, July 30, 2010

चल्छ हउ संसार चल्छ

संसाराँ कति होलान् है:'यो(आफ्नो)अफिसाँ म भइन भने त पुरै बिग्रन्छ भन्ने।'यो पनि पक्कै रोग हुनुपर्छ। यो रोगको उपचार कसैलाई थाहा भए बताइदिम्न। एकदुई जना उपचार गर्न पर्ने साथीहरु छन्। यसो गफ गर्ने फुर्सद छैन यार शुक्रबार नि। तिनलाई राजा,सरकार कोही नहुँदा पनि देश चलिराछ भनेर जति बताउँदा पनि पत्याउँदैनन् त।(हास्नुपर्ने कारण धेरै छन् हा हा हा..)


के पढ्दा रैछम् यार अनलाइनमा...

www.onlinekhabar.com को 'धेरैले पढेको' भन्ने सेक्सनट हाम्ले धेरै के पढ्छम् भन्ने नि आज पत्ता लाइयो: व्यस्त सडकमा नाङ्गो जोडी; पूजा लामाको पनि अश्लील भिडियो; ब्लु फिल्मको पछि लाग्दा; चुम्बन गर्दा श्रीमानको मृत्यु; भारतीयका लागि ठूलो भयो कण्डम; इन्टरनेटमार्फत प्रेम नगर्नुहोस् है !; सबभन्दा बढी हेरिएको अश्लिल भिडियो; हर सात सेकेन्डमा सेक्स; मिनिस्कर्ट छोटो भएपछि; सेक्सीलाई प्रतिशतमा हिसाब नगरौं: करिस्मा मानन्धर (हाहाहा....)


ठूला मान्छे हुन सकेनन् रे विष्णु

रुखबाट स्याउ खसेको देखेर न्युटन ठूला बैज्ञानीक बने रे। रुखबाट आँप,भोगटे,आरु,कटहर,बेलौती खसेको जति पटक देखेनि अहिलेसअँ गुरुत्वाकषर्णको थोपो हिसाब गर्न आउँदैन। ठूलो मान्छेमा भएका धेरै बिशेषता छन:आइन्स्टाइन भन्दा भुलक्क्ड,स्टेफिन हकिङस भन्दा रोगी,बब मार्ली भन्दा धेरै गजेडी,गान्धी भन्दा ठुलो तालु खुइले। तै पनि Bishnu Pathak ठूला मान्छे बन्न खोजेर पनि सकेनन् रे। कुनै उपाय माग्दैछन्....


आत्महत्या नगरिदिनु प्लिज

संविधान दिन पनि नसक्ने, सरकार दिन पनि नसक्ने बिचरा सभासदहरुले आत्महत्या गर्छन् कि भन्ने पिरले एउटा पत्र नै लेख्न बाध्य भए यार म त। सम्पूर्ण सभासदहरुलाई लेखिएको पत्र....http://www.mysansar.com/archives/2010/07/id/12385 (हास्नुपर्ने कारण धेरै छन् हा हा हा...)

Thursday, July 29, 2010

चोर पाल्न व्यस्त साथी

एक साथीको घराँ अस्ति चोर पसेछन। हल्ला भएसी भाग्न खोज्दा एक जनाको खुट्टा भाँचिएछ। त्यल्ले अरु तीन जना चोर पक्राउन सहयोग पनि गरेछ। तर प्रहरीले कागज गरेर कि उनीहरुलाई छोड्दिन नभए खुट्टा भाँचिएको चोरको उपचार गर्न र अरु चोरलाई खुवाउने व्यवस्था गर्न भनेपछि साथी हैरान छ। ती चोरका कोही आफन्त भेट्याइएन रे। तिनका उपचार र खानामा खर्च गर्न पुलिससँग पैसा छैन रे। विचरा साथी चोरको उपचार र खानामा व्यस्त छ। नेपाल न हो...  

Wednesday, July 28, 2010

एमालेजस्तो अनिर्णयको बन्दी...

एमाले जस्तो बन्ने भनेर बेकारमा हप्काइ खाइयो यार एकाबिहानै। उठ्न नभ्याउँदै टोलका तीन चार जना आएर मन्दिर निर्माणका लागि पैसा भने। उठेर राम्रोसँग होसमा पनि आउन पाइएको थिइएन,पछि गरौंला नि के हतार छ र भनेको के हो तपाइ त एमाले जस्तो अनिर्णयको बन्दी पो हुनुहुँदोरहेछ भने। मलाई पनि रिस उठो अरु जे सुकै भन तर एमाले चाहिँ नभन है भनेझैं गरी दुई हजार रुप्पे दिएर पठाइदिएँ। हास्नुपर्ने कारण धेरै छन् हा हा हा...

Friday, July 23, 2010

सभासद डिप्रेसनका रोगी होलान्....

पिर मानेर बसिराछु यार म त। अस्ति नेकपा मालेकी एक सभासदले फिनले खाएर आत्महत्याको प्रयास गरिन्। संविधान पनि दिन सकिएन,सरकार पनि दिन सकिएन भनेर अरु सभासदले पनि भकाभक फिनेल खान थाले भने। धन्य यो आत्महत्या सरुवा रोग होइन र पो नत्र त एकपछि अर्को सभासदलाई सर्दै जान्थ्यो। गतिलो डाक्टरले गर जाँचे हुन्छ आधा तलब पार्टीमा बुझाउन पर्ने आधा भन्दा धेरै सभासद पक्कै डिप्रेसनको रोगी छन् ...


टुथपिन नभर नि...

कोही कोहीले पर्साँ छेस्को लिएर हिडेको देख्याँथे किन रच भनेको आज बल्ल थाहापाइराछु।टिभीआँ जुन जुन टुथपेस्टको विज्ञापन आउँछ,त्यही त्यही किन्दै दाँत माझ्दा नि भएन यार। एउता दाँता सानो खोपिल्टो परेछ। चाउमिन पछि खाको सोपको टुक्रा गर अड्कियाछ जिब्रो लको लई छु मरे निस्कदैन त...


ए! NGO/INGO night रे

शुक्रबारे हिमालयन टाइम्सको TGIF मा एउटा विज्ञापन रच। एनजीओ/आइएनजीओ नाइट रे..भोलिपर्सी Miss NGO/INGO, MR NGo/INGO पनि होला। जहाँ पैसा छ/जहाँट पैसा आउँछ त्यसैको त हो नि नाइट/डे जे जे भनेपनि...

दुई दिन अगाडि गुरु पूर्णिमा

गुरुपूर्णिमा पर्सी आइतबार रच। छोरीको स्कूलका मास्टर/मास्टर्नीले आइतबार बिदा पर्छ,हामीलाई खुशी पार्ने भए आज शुक्रबार नै पार भनेछन्। बच्चाको चित्त बुझाउन बिहानभर लड्डु र पेडा खोज्दैमा बित्यो। गुरुपूर्णिमा पनि दुई दिन नै अगाडि सारेर पुज्न पठाउने गुरु/गुरुमातालाई गाई/गोरु भन्न पनि मिल्दैन...
विचरा ती गौप्राणीहरुले कहिल्यै यस्तो माग गर्दैनन्।

एमालेको विश्वास...

मधेशी पार्टीका फेरि दिन आए। को को मात्रै उपप्रधानमन्त्री बन्ने हुन्,को कोले मन्त्री पाउने हुन्। कम्तिमा पनि विजय गच्छदार र उपेन्द्र यादव उपप्रम,जे जस्तो सुकै भएनि राजेन्द्र महतोले मन्त्री छोड्दैनन् होला। अनि रामचन्द्र पौडेलले नेतृत्व गर्ने सरकार पनि बहुमतीय बन्ने हुँदा पार्टी निर्णयलाई उल्ट्याएर एमालेले कुनै पनि हालतमा पौडेललाई भोट हाल्दैन भनेर एमालेको भर गरेर बसिरहेका पनि होलान् है कोही कोही...


Thursday, July 22, 2010

न संविधान - न सरकार

सभासद भनम् कि सांसद
न तिमीहरुले दिन्छौ संविधान,
न दिन्छौ सरकार
तै पनि हामी चुनाव माग्दैनौँ
किन कि धेरै नेपालीलाई
अब छैन राजनीतिसँग दरकार

(फेसबुकबाट एकजना होनाहार नयाँ कवी जन्मन्छ कि के हो? मेरो फेसबुके कवितामा यो पाँचौ नम्बर जतिमा पर्न आउँछ नि त। हास्नुपर्ने कारण धेरै छन् हा हा हा...)

क्रान्तिकारी भन्ने कि भ्रान्तिकारी

अफिस आउँदै गरेको बसका ड्राइभरले कन्डक्टर चढे/नचढेको ख्यालै नगरी बल्खुबाट बस हुत्याए। सानेपा आएपछि पत्तो पाएका ड्राइभरले कन्डक्टरलाई कुरे। कन्डक्टर दोड्दै बसमा आए,भए जतिका पैसा झिकेर ड्राइभरलाई दिएर बोल्दै नबोली हिडिदिए...ड्राइभरले बसमा को को छन् भन्ने ख्यालै नगरी मुख छोडे...म सँगैका साथीले कन्डक्टरलाई क्रान्तिकारी भने। मलाई लाग्यो उ भ्रान्तिकारी...

Wednesday, July 21, 2010

प्रचण्डको चान्स बढी(?)

छिन छिनमै समिकरण परिवर्तन भइरहेका छन्, र त छिनछिन मै अब के हुन्छ भन्ने अनुमान गर्न रमाइलो हुन्छ। तत्कालको अवस्थामा चाहिँ एकिकृत माओवादीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्ने संभावना बढेर गएको छ। कानुनी मान्यताअनुसार सुरु भइसकेको प्रधानमन्त्रीको चुनाव प्रक्रिया नयाँ प्रधानमन्त्री चयन नभइन्जेल सकिदैंन। यसमा जो जोले उम्मेदावरी दिएका हुन् ती तीले मात्र अर्को चुनावमा भागलिन पाउँछन्।
पार्टीको निर्णयअनुसार ४०१ सभासदको हस्ताक्षर संकलन गर्न नसकेका कारण एमाले अध्यक्ष खनालको उम्मेदवारी प्रस्तावक प्रधानमन्त्री माधव कुमार नेपालले आज फिर्ता लिएमा चुनावको मैदानमा काँग्रेसका रामचन्द्र पौडेल र एकिकृत माओवादीका प्रचण्ड मात्र हुनेछन्।
आजको मतदानमा कसैले पनि आवश्यक ३०० पुर्‍याउन सक्नेछैनन्। आज बहुमत नपुगे पर्सी प्रमको निर्वाचन गर्ने सहमति दलहरुले गरिसकेकाले फेरि हुने प्रधानमन्त्रीको निर्वाचनमा यी दुई मात्र  प्रतिश्पर्धी हुनेछन्।
त्यो समय ११४ सभासद भएका काँग्रेसका पौडेललाई भन्दा २३७ सभासद भएका प्रचण्डलाई प्रधानमन्त्रीमा चयन हुन सजिलो हुनेछ।
दुई तिहाईको बहुमत नभई सरकारमा नजाने भनेको एमालेले अब बहुमतकै लागि रामचन्द्र पौडेललाई साथ दिने नैतिक मान्यता रहने छैन। यदी एमालेले आज झलनाथको उम्मेदवारी फिर्ता लिएमा अबको प्रधानमन्त्री भनेका प्रचण्ड हुन्।
तर रात रहे अरगाख पलाए भन्छन्। 

पहिलेका सांसदले झै गर्न पाएनन् बिचरा सभासदले

कोही कोही सभासद‍हर्लाई क्या रिस उठिरा होला,कुन बेलाँ सभासद भइयो भनेर। २०५५/५६ सालतिर सरकार चेन्ज हुने बेलाँ सांसदहरुले कति पैसा कमाउँथे,अपहरणको शैलीमा कोही घुम्न बैंकक लगिन्थे,कसैलाई होटलाँ राखेर ब्लुफिल्म,सुरा सुन्दरीको व्यवस्था गरिन्थे। धैर्य गरो सभासदहरु यसरी छिटछिटो सरकार परिवर्तन भयो भने अब तिम्हर्को पनि पालो आउँछ पहिलेका सांसदको झै केही महिनामै...

यी झलनाथको ठाममा माधवको नाम परेछ...

हँसायो यार एमालेले। प्रमको उम्मेदवारी दिँदा हतारमा एमालेले उम्मेदवारमा माधवकुमार नेपाल र प्रस्तावकमा झलनाथ खनालको नाम हालेछ। पत्रकार किशोर श्रेष्ठका अन्सार संविधानसभाका टेकप्रसाद ढुङ्गानाले आवेदनमा त्रुटि भेट्टाएपछि सचेतक भिम आचार्यलाई फोन गरेछन् र आज बिहान अग्नी खरेल गएर सच्याएछन्। नत्र..(हास्नुपर्ने कारण धेरै छन् हा हा हा...)

झलनाथलाई अप्ठेरो...

एमालेहर्ले झलनाथ खनाललाई कति सारो अप्ठेरोमा पार्दिएछन्-दुई तिहाई नभइकन प्रधानमन्त्री हुन नपाउने रे। अब माओवादीबाट प्रचण्डले उम्मेदवारी दिने भन्ने निर्णय भएकाले मतदानका बेला माओवादीका प्रचण्डले झलनाथ ब्रोलाई समर्थन गरे भने झलनाथ खनालले दुई तिहाई हैन साधारण बहुमत ल्याएर प्रधानमन्त्रीमा निर्वाचित भए भने के गर्न लगाउने होला एमालेले? तुरुन्तै राजिनामा...

Tuesday, July 20, 2010

भोलि नयाँ प्रम बन्दैनन।

नयाँ प्रधानमन्त्रीका लागि आज तीन चार जनाले नै उम्मेदवार दिने र भोलि कसैको पनि बहुमत नपुर्‍याएर फेरि केही दिन पछि चुनाव सार्ने प्रयास पनि भइरहेको छ। प्रमको चुनाव केही दिन सार्न सकिए सहमतीको सरकार बनाउने प्रयास पनि गर्न सकिन्छ भन्नेमा केही नेताहरु लागेका छन्। त्यसो भएमा नयाँ सरकार आउन थप एक साता लाग्न सक्छ....


झलनाथको पल्ला भारी...

नयाँ प्रधानमन्त्रीमा झलनाथ खनालको पल्लाभारी देख्छु म त। एमालेको साथ नपाउने स्थितिमा बाबुराम भट्टराई प्रधानमन्त्रीमा भिड्ने छैनन्। उनी हार्ने चुनाव नलड्ने पक्षमा छन्। माओवादीको एक पक्ष पनि खनालका पक्षमा बढी नै नरम छ। भारतले एमालेमा असाध्यै धेरै हस्तक्षेप नगरेमा रामचन्द्र पौडेल बिस्तारै कमजोर हुँदै छन्। तर मधेशवादी दललाई सरकारमा नल्याएमा फेरि मधेश आन्दोलन गरेर बसि खान दिदैंनन् नयाँ प्रमलाई...


Monday, July 19, 2010

महिला वर्ल्डकप हेर्ने क्या कन्या राशी भेट भो...

 दिनभरी उघिराँ एउटालाई सोध्या के भो भनेर,वर्ल्डकप रे। वर्ल्डकप सकेको दुई साता हुन लागि सको। के को वर्ल्डकप भन्या त- महिला वर्ल्डकप पो भन्छ। पुरुष वर्ल्डकप भइन्जेल नहेर्ने साथीले महिला वर्ल्डकप त्यसमाथि पनि U20 बिस वर्ष मुनिकाको भनेपछि रातभर निन्द्रा फाल्ने गरिरा रैछ...क्या कन्या राशीको साथी भेट भो यार(हास्नुपर्ने कारण धेरै छन् हा हा हा...)


डग फुड रैछ छुर्पी त...

आज एउटा कुरा पत्ता लाइयो नि। नेपालाँ हाम्ले खाने छुर्पी त अम्रिकाँ त कुकुरको खाना (डग फुड)को रुपमा पो व्यापार भइरा रच। सुरुमा कुन‍ै खैरेलाई नेपालीले छुर्पी दियारचन। खैरेले मान्छेले खाने होइन होला यो सारो भन्दै पक्का कुकुरले दियो होला। कुकुरले मन पराएपछि त मस्तै व्यापार हुन थालेछ नि 'डग फुड'छुर्पीको...

अर्कैको राशिफल पढियारैछ र पो सबै मिलेको...

राशीफलमा लेखेको कुरा हिजो दिनभर किन मिल्यो भनेर यसो आज फेरि अफिस आएर हिजोको पत्रिका हेरेको त आफ्नो झैं मानेर अर्कै राशीको पो फल झुक्किएर पढियारैछ हिजो बिहान पत्रिका पढ्दा,आज पो थाहा लाओ। (हास्नुपर्ने कारण धेरै छन् हा हा हा...)


मलाई डुबाउन सबै मिल्छन् कि के हो...

नयाँ सरकार बन्छ कि के हो? प्रधानमन्त्रीमा काँग्रेसले सर्वसम्मतीबाट रामचन्द्र पौडेल सिफारिस गर्ने,माओवादीले प्रचण्डको विकल्पमा पार्टी भित्रबाट होस् कि बाहिरबाट जसलाई पनि समर्थन गर्ने सम्चार आयो। म त पुरै डुब्ने भएँ। नयाँ सरकार नबन्दासम्म नयाँ बजेट नआउने र बजेट नआउँदासम्म दुई पाँग्रेमा कर बढ्दैन क्यारे भनेर दशैंमा एउटा बाहन किन्ने भनेर बसिराको। मलाई डुबाउन सबै मिल्छन् कि के हो....


Friday, July 16, 2010

ठूला साङ्ला

घर साङ्ला बढेपछि एउटाले सल्लाह दियो - बनसाङ्ला ल्याएर राख्दे,ठूला साङ्लाले सबै साना साङ्ला खाइदिन्छ। ठूला साङ्ला एउटा ल्याएर हाल्दिएको घरसाङ्ला त हराए तर ठूला साङ्ला पो झन् बढे त। एक-दुईटा ठूला साङ्ला मात्र भए पो साना साङ्ला मात्र खाँदा रैछन् र। ठूला साङ्ला यति धेरै भएकी अब आफैलाई खालान् जस्तो पिर भइसक्यो..पोहोर क्लाइमेट चेन्जले गर्दा सबैतिर साङ्ला बढेको सम्चार आथ्यो। अहिले ठूलै क्याइमेट चेन्ज भर साङ्ला पनि ठूला भाका पो हुन् कि...

Thursday, July 15, 2010

लउन प्रभु सरकार बनाइदेओन

अस्ति नै संविधानसभाको म्याद थप्दिन्नम भनेर खुब घुर्क्याएपछि लउन बाबा हो अरु जे सुकै गर म्याद थप भनेर धर्ना दिन जानेहरुले खत्तम पुलपुल्याइदिए नि दलहरुलाई। अहिले तिमीहरुलाई मरे पनि सरकार बनाइदिन्नम भनेर घुर्क्याउन थाले फेरि यी पार्टीहरुले। फेरि लउन प्रभु!जे जे सुकै गर,कर्मचारी पिटे पनि भ्रष्टाचार गरे पनि,आफन्तलाई पद दिए पनि सरकार चाहिँ बनाइदेओन भनेर धर्ना दिन जान पर्ला जस्तो भो...सकिएन बा...

Wednesday, July 14, 2010

कति सर्‍या चार्लस शोभराजको मुद्दा

म विपश्यना ध्यान शिविर जाने भनेको मिति भन्दा पनि बढी सरेको सर्‍यै गर्दो रैछ त,चार्ल्स शोभराजको मुद्दा नि। पाँच वर्षदेखि विपश्यना जाने तिथि तोक्दै-पछि सार्दै बसिराछु। सर्वोच्च अदालतले नि शोभराजको मुद्दामा फैसलाको  मिति तोक्दै सार्दै गरेपछि शोभराज पाँच वर्षदेखि जेलैमा छन्। पीर त यिनको प्रेमिका निहिताको पो भो त। तिनको तिथिमिति के चल्दैछ कुन्नि आजभोलि पत्रकारहरु अरु नै कुरामा व्यस्त छन् क्यारे,सम्चार पढ्न पाइया छैन...

Made in China अमेरिकाने सामान।

अम्रिकाबाट फर्केका साथीले ल्याइदिएको अमेरिकी ल्यापटप भन्दै शिरको मतिलाई गफ देर खुशी हुँदै प्याकेट खोलेको त ल्यापटपको पछाडि स्पष्टसँगै Made in china भनेर लेखेको छ..क्या ओठ लेप्य्राई यार..(हास्नुपर्ने कारण धेरै छन् हा हा हा...)

अँग्रेज शिक्षकलाई के सिकाउने....

यतिकै सकिएन,अँग्रेजी सिकेर विश्व हल्लाउन परो भनेर अँग्रेजी पढाउने अँग्रेज नै शिक्षकको व्यवस्था भएपछि यसो सिक्न थालेको। आफूले अँग्रेजी सिक्न त त्यस्तै हो उसलाई नेपाली सिकाइएला जस्तो लागेको थियो। त्यो पनि नहुने भयो। अँग्रेज त नेपालीमा पहिल्यै पोख्तै रैछन्...(हास्नुपर्ने कारण धेरै छन् हा हा हा...)

Tuesday, July 13, 2010

अक्टोपसले झैं सन्यास लिइदिए...

पहिले पहिले गाउँमा छोरी बिग्रे नर्स छोरा बिग्रे कमर्स भन्थे। अहिले छोरी बिग्रे कमर्स भन्छन रे। त्यसैले कमर्स पढाउने क्याम्पस भर होला शंकरदेबमा त्यस्तो फेसनबल भाको। अनि ताहाचल त शिक्षा पढाउने क्याम्पस मास्टर्नीहरुले अरु पेशामा (कमर्स पढ्नेहरु लाग्ने पेशामा) लाग्नेहरुले झैं धेरै नक्कल पार्न पाउँदैंनन् कि...

बेकारको फारम भरिएछ यार...

अस्ति वर्ल्डकप फाइनलका दिन एउटा रेष्टुरेन्टमा गाको कुन टिमले जित्छ भनेर फारम भर्न लगाए। ठ्याक्कै मिलेछ। फोन गरेर हैरान पारेका छन् यार तपाइको पुरस्कार लिन आउन परो भनेर। पुरस्कार चाहिँ एउटा वर्गर रछ। पुरस्कारको दाम भन्दा जाँदा आउँदा ठूलो खर्च त्यसमाथि त्यहाँ गर एउटा वर्गर मात्र खाने कुरा त भएन। पैसा कमाउन कति जानेका यार यी पसलेहर्ले...आइटी प्रदर्शनीका बेलादेखि नै यस्तो फारम भर्दिन भन्यो फेरि भरिन्छ बेकारको फोनको टेन्सन...

Monday, July 12, 2010

फेरि प्रधानमन्त्रीको निवेदन माग्ने कि?

राष्ट्रपति रामवरण यादवलाई लाइराहोला। ज्ञानेन्द्रले त्यस्सै प्रधानमन्त्रीको लागि दरखास्त मागेको हैनरच भनेर। मरिगए प्रधानमन्त्रीको नामा लेर कोही जाँदैनन् त राष्ट्रपति निवास। कि माग्ने हो त फेरि दरखास्त प्रधानमन्त्रीको…मागे नि हुन्छ। एक-दुई दिन मजाले हास्न त पाइन्छ, आफूले सपोर्ट गर्‍या टिम हारेर बोर भइरा बेला। प्रधानमन्त्रीका उम्मेदवारले मनोरञ्जन दिन्छन्....

अब के बहाना बनाउने होला...

एक महिना सम्म त फुटबलको बहानामा बाउ-आमा/श्रीमान्-श्रीमतीलाई ठग्दै घर बाहिर सके रात नसके केही घण्टा भए पनि बिताउनेहर्लाई क्या टेन्सन भइराहा होला है आजट के चाहिँ बहाना बनाउने होला भनेर  

अक्टोपस बाबा र व्यापार...

उसै त चमत्काराँ विश्वास गर्ने हामी त्यसमाथि अक्टोपस बाबाले गरेका एकपछि अर्का सब भविष्यवाणी सफल भो। डर लाइराछ - कतै केही दिन पछि पत्रिकाँ विज्ञापन आउने हो कि - नेपालाँ पहिलोपल्ट अक्टोपसबाट आफ्नो भविष्य थाहा पाउनुहोस्। नभए कुनै व्यापारीले काठमाडौंआँ अक्टोपसको अधिकृत विक्रेताभन्दै विज्ञापन छपाउँछ कि

Friday, July 9, 2010

क्या बिन्दास...गणतन्त्र आएकै थाहा छैन।


 अस्ति पूर्व राजा ज्ञानेन्द्रको जन्मदिनको शुभकामना दिन पुगेका भुमिसुधार मन्त्रालयका एक पूर्व सुब्बाले आफ्नो पेन्सन र सुबिधा पुरा नपाएको भन्दै ज्ञानेन्द्रलाई बिन्ति पत्र हाल्दै लामो गुनासो गरे। पछि बुझ्दा थाहा लाग्यो,उन्लाई त गणतन्त्र आएको थाहा नै रैनछ...व्यङ्य गरेका त होइनन् होला.. देशमा के भइराछ भनेर पटक्कै वास्ता नगर्ने सुब्बास्तरका पूर्व कर्मचारी नेपालाँ नि रैछन्... क्या बिन्दास।।।

मलाई त यस्तै बिन्दास मान्छे मन पर्छ...

फूर्सद हुनेलाई मात्र...

राजधानी दैनिकमा रमाइलो सम्चार रैछ,उपराष्ट्रपति परमानन्द झाले काम नदिए पद खारेजको माग गर्दै भनेका-'राष्ट्रपतिलाई त दिन काट्न गाह्रो छ (मलाई)के काम दिनुहुन्छ?'अहिलेसम्म प्रधानमन्त्रीले एकपटक भेटे रे सभामुखले त भेटेकै छैनन् रे। 'नेताहरु कहाँ भेट्न आउनु?बरु म भेट्न आउँछु भन्दा पनि समय पाको छैन'भन्यारैछन्...यसो फुर्सदमा भए कोही गइदिम्न..


Thursday, July 8, 2010

कलेजका नाम जति सब विदेशी...

बिचरा कलेज प्रिन्सिपलहरुलाई कम टेन्सन रैछ र नेपाली नाम नपार,सब विदेशका नाम राख्यारैछन्:नासा,व्हाइट हाउस,क्लिन्टन,लिकंन,बर्नहार्ट,क्यारिबियन, मोर्गान, लरेन्स, जेभिएर, ओमेगा, इन्फिनिटी, प्रिन्सटन, जुबिलियन्ट, न्युटन, आइन्साटइन, ग्रिनफिल्ड, क्याम्ब्रिज, अक्सफोर्ड, चेल्सी,पिनाकल, ट्रिटन - के के हो हो। नयाँ कलेजाँ भर्नामा जाने/लाने बेलाँ अरु नबुझे नि कलेजको नामको अर्थ चाहिँ त्यहाँका प्रिन्सिपल कि डाइरेक्टरलाई सोध्नु है..बा उनैलाई पो था छैन कि।

Wednesday, July 7, 2010

म अक्टोपस हो र को प्रधानमन्त्री हुन्छ भनेर पत्ता लाउनलाई

तिमी पत्रकार केही त थाहा होला नि भन्दै विदेशाँ बस्ने केटाहर्ले नयाँ प्रधानमन्त्री को हुन्छ भन्ने सोधेर हैरानै पारे यार,मानौं म अक्टोपस हुँ जल्ले फोटो हेरेर भावी प्रधानमन्त्री चिन्न सक्छु। प्रधानमन्त्री हुने र बनाउनेलाई त अहिलेसम्म थाहा छैन नेपलाको ३४ औं प्रम को बन्ने भन्ने। बरु बिदेश बस्ने तिम्हरु यसो जर्मनी ग'र त्यो अक्टोपस भा ठाउँमा हाम्रा नेताहरु झलनाथ,प्रचण्ड,बाबुराम,रामचन्द्र,शेरबहादुर,माधव नेपालको फोटो हालेर हेरो न कल्लाई छान्दो रहेछ। फुटबलाँ जित्ने देशको खाना खाने र झण्डा वाला बाकसाँ बस्ने अक्टोपसले बा हाम्रो प्रधानमन्त्री पो पत्ता लगाइहाल्छ कि?आखिराँ हाम्रो स्वस्थानी ग्रन्थाँ पनि राजा खोज्दै हिडेको हात्तीले जल्लाई माला लाइदिओ उही राजा भाथे क्यारे।

चैत भित्र संविधान बनाउने कुरा...

राष्ट्रपतिले सहमतीको सर्कार बनाउन देको म्याद पनि आजट सकियो। अब फेरि कति दिन म्याद थप्ने हुन्?अनि यस्ता दलर्ले चैत भित्र नयाँ संविधान बनाउने भनेर फेरि निर्णय गरेर हसाँए यार। के के न तोकेको मितिमा काम गर्ने झैं..

Monday, July 5, 2010

आफूले खान छोडेपछि भाउ पो घटाएछन् त....

कुखुराको भाउ सारै बढाएर ३ सय पुर्‍याएपछि शाकाहारी भइयो। अहिले त भाउ स्वात्तै घटेर १७० रुप्पे बनाएछन्। खान सुरु अरम भने आफूले खान थालेसि फेरि बढाउने होलान्..शाकाहारी भएसी के के न छुट्टै अलिक फरक हुन पाइएला भनेको यसपालीको पूर्वाञ्चल ट्रिपमा गाका पाँच मध्ये तीन जना त शाकाहारी परिएछ। जाँड खाने त एउटै नाई...मुलाहर्ले रक्सीको पनि भाउ घटाए भने त खत्तमै पार्छन्...पछुतै पो हुन्छ त। हा हा हा...

सस्तो पाउँदा आप धेरै खाइयो

काठमाडौंआँ किलोको ४०/५० रुप्पे पर्ने आँप तराईमा १५ रुप्पेमा पाइयो भनेर जतिनाम हुसेरियो। पेट त विष्फोट होला झैं भइराछ...
Saturday at 11:33am · Comment · Like
Kamred Hulaki, Bharat Pathak, Subas Pokharel and 4 others like this.

Aakar आकार ha ha ha... AC type भइएछ नि त ! हा हा हा
Saturday at 11:37am · Like ·

Arjun Nyaupane hahahahah ajha nepali le ta sittainma paayo bhane ta अलकत्रा pani khanchha bhanchhan tara tapaile ta आँप khanubhayechha hahahahh..
Saturday at 11:52am · Like ·

राधेश्याम ढकाल BHANE PACHHI DAI KO DUTY ABA SAUCHALAYA TIRA JYADA HUNE BHAYO. TARA TYO AAP CHAHI MALDAHA TA PAKKAI HOINA HOLA. ARU NAI PRAJAATI KO PARE JASTO CHHA.
Saturday at 1:13pm · Like ·

Ajay Das Thank god you did not go to my village ! mero gaun ma ta only 10 rupiya kilo. ha ha ha ha.... !
Saturday at 3:29pm · Like ·

Subrat Acharya dhanya hos...aap ko bagan mai paugena chhan...pugya bhaye ta sittai ma paiyo bhanera inko daal, bhat, tarkai nai aap hunthyo hola.. he he he...
Saturday at 3:54pm · Like ·

नेपाली बाबु बित्याँस पर्ला है बित्याँस ।।
Saturday at 5:48pm · Like ·

Kamred Hulaki बिशादी हालेर पकाएको हुन्छ आँप, नपाउने ले केरा पायो बोक्रै समेत् खायो,
Saturday at 6:51pm · Like ·
1 person ·
Ujjwol Pokharel hasnuparne karan dherai 6an
Yesterday at 10:01am · Like ·
Om Basnet Bichar garnu paryo ni sathi.
Yesterday at 10:12am · Like ·
Gopikrishna Kaphle alkatra ko khan k re bhai testai bhayo ki k ho
18 hours ago · Like ·
Bikash Ghimire Ha ha Bhanya bhaye janai pardaina thiyo ni Tarai..... 2 - 4 bora ta yehi magaynthiyo ni...... Yeti dherai hasurnai pardaina thiyo ni......

Friday, July 2, 2010

सभासद र सिडिओ वार्ता...

इटहरीबाट फर्कने क्रममा बर्दीबासको गौतम होटलमा बास बस्न गाको। सिरहाका सिडिओ वीरेन्द्रकुमार यादवलाई तीन चार जना सभासदले थर्काको देखेर छक्कै परें :भेटका लागि दिएको समय भन्दा ढिलो आको,नमस्कार नगरेको,नचिनेर परिचय मागेको,औंला ठड्याएर कुरा गरेको र सुरक्षा व्यवस्था नमिलाको भन्दै क्या जंगिएर माफ माग्न भन्दै थे। सिडिओले मरे मागेनन्। अरु सभासद त चिनिन एक जना चाहिँ एमालेकी जुलीकुमारी महतो थिइन्। क्या मज्जाको मनोरञ्जन भयो भने एक घन्टा जति...

तराईका गाई गोरु किन सेता ?

हुन त रंगभेदी कुरो लाग्न सउछ। आफू त पहाडको मान्छे,पाहाडाँ भैंसी जस्तै गाइ-गोरु सबैजस्तो काला हुन्छन्; मान्छे बरु अलि गोरा। मधेश भन्ने कि तराई यो इटहरी आएदेखि एउटा कुरामा छक्क परिराछु यताका मान्छे र भैंसी त दुबै काला काला नै छन् तर गाई गोरु कसरी यस्ता सेता भए? ...बुझे त मार्दिनु।

अफिसको कामले एक साता इटहरीमा

इटहरीमा बस्दा अक्कल झुक्कल सातामा दुई पटक अनलाइन बस्न पाइयो। त्यही बेला लेख्या फेसबुक स्टाटस

कम दुख दिराच यो वल्डकपले। भेडेटाराँ बसेको होटलाँ टिभी नभर म्याच हेर्न धरान झर अनि राति राति उकालो लाग। इटहरीमा काम भेडेटार बसाईले त आज झन् समस्या थप्दियो। क्षेत्रीय रंगशाला इटहरीमा बनाउन लागे भन्दै धरानबासीले आज धरान बन्द गरेर आँफैले दुख भोग्दैछन्। बरु बन्दको साटो खुला गरेर पैसा जम्मा पारी रगशाला दुबै ठाउँमा बनाए हुने 


Dipak Bhattarai

Dipak Bhattarai Its cool in BHEDETAR, yesterday it was in Dharan coz, she couldn't survive in ITAHARI...


 यो भेडेटार भन्ने ठाउँमा बस्न पर्‍यो भन्ने उनी वास्तविक अफिसमा एक महिनाका लागि आएकी सम्पादक हुन्। कोही कोही त 'सी' भन्नेमा झुक्किए होलान्...


Dipak Bhattarai

Dipak Bhattarai यति धेरै गर्मी खानै परेसी के काठमाडौं बस्ने लायो केटो तराइतिर। इटहरी बजारैमा....

June 24 at 5:34pm ·  · 
यो खासमा भनेको मात्र यस्तो हो। के को काठमाडौंमा गर्मी भर तराई झरेको हुन्थ्यो र। अफिसको जागिरले गर्दा मन नलागी नलागी इटहरी जान पर्‍यो नि।