Sunday, June 1, 2008

बुलीङटारको उच्च मा.वी सार्ने तयारी

काली टाइम्स संवाददाता
बुलीङटार, नवलपरासी
बुलिङ्टारको बाँझघरा स्थित त्रिभुवन उच्च मा.वि.को विद्यालय भवन भत्किने अवस्थामा पुगेको छ । ३८ वर्षपहिले बनेको विद्यालय भवन समय समयमा पुन निर्माण गरिए पनि विद्यालय वरपरको जग्गा पहिरो जान थालेपछि स्कूल सार्न पनि लागिएको छ।
स्कूलको नाममा बाँझघरामा १७ रोपनी जग्गा भए पनि पहिरोको कारण करिब १० रोपनी जग्गा समेत अहिले छैन । २०५७ सालमा उच्च मा.वी. बने यता नै विद्यालय भवन सार्ने तयारी भएको थियो । पछिल्लो समयमा ६ कक्षा देखि १२ कक्षा सम्म चन्टारमा रहेको ३७ रोपनी क्षेत्रफलको फैलिएको जग्गामा सार्ने निर्णय भएको विद्यालय व्यवस्थापन समितिका रामजी तिवारीले बताउनुभयो ।
कुमारी प्रा.वी हसौंराले २०६० साल सालमा नै विद्यालय भवन बनाउन सहयोग गर्ने भने पनि उतिबेला शसस्त्र संर्घष गरिररहेका माओवादीले विद्यालय र्सार्न अवरोध पुर्‍याएको समितिका अध्यक्ष तिवारीले बताउनुभयो ।
नौ सय ५० जना विद्यार्थी अहिले यस उच्च मा.वी मा अध्ययनरत रहेका छन् । अभिभावकहरुमा शैक्षिक चेतनाको कमी र विद्यालय व्यवस्थापन समितिको लापरवाहीको कारणले गर्दा विद्यालयका झयाल, ढोका, फर्निचर लगायत अन्य सामाग्रीहरुको दुरुपयोग भइराखेको विद्यालयका प्राचार्य बाबुराम गौतमले जानकारी दिनुभयो ।