Friday, July 18, 2008

डेढगाउँलेलाई मोटरसाइकल चोरेको अभियोग

कालीटाइम्स संवाददाता
पोखरा, कास्की
गत असारको तेस्रो साता पोखरा र काठमाडौंका धेरै पत्रपत्रिका, एफ एम रेडियो तथा टेलिभिजनमा डेढगाउँको नाम आयो । तर, राम्रो कुरामा नभएर मोटरसाइकल चोरेको अभियोगमा डेढगाउँको नाम आएको हो ।
काठमाडौंबाट प्रकाशित हुने राजधानी दैनिक, पोखराबाट प्रकाशित हुने समाधान दैनिकले घरमा पनि ढुक्क नहुनुस्, चोरिन सक्छ मोटरसाइकल शिर्ष दिएर डेढगाउँलेले पोखरा र त्यसवरपरबाट मोटरसाइकल चोरेर नवलपरासी तथा बारामा समेत पुर्‍याएकेा समाचार प्रकाशित गरे ।
यसरी मोटरसाइकल चोरेको अभियोगमा पक्राउ पर्नेमा डेढगाउँ सिंहटारीका गोविन्द खत्री -प्रकाश) र डेढगाउँ ४ का हरी सारु मगर रहेका छन् । यस्तै चोरीको मोटरसाइकल प्रयोग गरेको अभियोगमा डेढगाउँ ५ का हुम बहादुर बि.क पनि पक्राउ परेका छन् भने प्रहरीले केरमटारका अर्जुन विकलाई खोजी गरिरहेको पत्रिकाले प्रकाशित गरेको छ ।
संचार माध्ययमा आए अनुसार पोखराका ट्राफिक प्रहरी नायव निरिक्षक डम्बर गिरीको नेतृत्वमा गएको टोलीलाई डेढगाउँमा मोटरसाइकल चोरेको अभियोग लागेकाहरुले कुटपिट समेत गरेका थिए ।
पक्राउ परेकाहरुले दिएको वयानका आधारमा १० वटा मोटरसाइकललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।