Saturday, September 20, 2008

जनताद्वारा नै सम्पन्न हुने भयो मोटर बाटो

तारा प्र.वि.क.मिथुकरम ४, नवलपरासीमिथुकरम गा.वि.स. का वडा नं. १,३,४,५,६,७,८ हुँदै वडा नं. ९ सम्म जोड्ने भनिएको मौलाकाली मोटर बाटो हालसम्म पनि सम्पन्न हुन सकेको छैन । उक्त मोटर बाटोको सुरुवात भने २०६३ साल देखि नै भएको हो । सुरुवातमा मिथुकरम १ स्थित माक्लिङ्टार जलदेवी थानमा डोजर आइपुग्दा बजेट सकिएको भन्दै डोजर फिर्ता भएको थियो ।
पछि आर्थिक वर्ष२०६४-०६५ को वजेट -रु.२५०,०००) उक्त बाटोमा पर्ने निधो भए पछि पुन डोजर हाल्ने कुरा सम्पूर्ण जनतामा खुसी छाएको थियो ।
तर २०६४ सालमा बाटोका इन्जिनियर ल्याएर र्सर्वेक्षण गर्दा वडा नं. ५ र ६ को बीच भाग तिर पर्ने भोर्ले भिर खण्डमा निकै बलियो पहाड भएको कुरा थाहा हुन आएपछि कतै डोजरले उक्त पहाड फोर्न नसक्ने पो हो कि भन्ने शंकामा सबै जनता परे पछि मोटर बाटोको समितिको बैठक बसी जनताद्वारा नै बाटो खन्ने निर्णय गरेको हो । उक्त निर्णय भए पछि वडा नं. ४ र ५ का जनताद्वारा नै सो बाटो खन्न सुरु गरियो । हाल जौवारी हुँदै मिथुकरम देउराली र डेढगाउँ जोडिएको मोटर बाटोको देउराली खण्डमा जोडिएको छ ।
तर भोर्ले खण्डमा भएको पहाडको केही भाग भनि बाँकी नै रहेकोले बाटो सुचारु भैसकेको छैन । तर पनि उक्त पहाडलाई केही दिनमा नै फोरेर निर्माण पुरा गर्ने बाटोमा संलग्न जनताहरुले दावी गरेका छन् ।