Friday, July 2, 2010

सभासद र सिडिओ वार्ता...

इटहरीबाट फर्कने क्रममा बर्दीबासको गौतम होटलमा बास बस्न गाको। सिरहाका सिडिओ वीरेन्द्रकुमार यादवलाई तीन चार जना सभासदले थर्काको देखेर छक्कै परें :भेटका लागि दिएको समय भन्दा ढिलो आको,नमस्कार नगरेको,नचिनेर परिचय मागेको,औंला ठड्याएर कुरा गरेको र सुरक्षा व्यवस्था नमिलाको भन्दै क्या जंगिएर माफ माग्न भन्दै थे। सिडिओले मरे मागेनन्। अरु सभासद त चिनिन एक जना चाहिँ एमालेकी जुलीकुमारी महतो थिइन्। क्या मज्जाको मनोरञ्जन भयो भने एक घन्टा जति...

No comments:

Post a Comment

Please leave your comment here