Saturday, July 7, 2012

सरकारी कार्यलय कि भगवानको फोटो बेच्ने ठाउँ


काम छ भने त दिक्कै हुन सक्छ तर काम छैन भने नेपालका सरकारी कार्यालय घुम्न रमाइलै हुन्छ। एउटा सरकारी कार्यालयको दर्ता चलानी (रिसेप्सन) शाखा। देश धर्म निरपेक्ष भनेर के गर्नु यहाँ दर्ता भएका चिठ्ठी भगुमान् कै खोपीमा पुग्ने झैं गरी फोटा टाँसेका छन्...

हरिवंश र धराबासीको बिहेले उत्साह थप्यो

श्रीमती बितेदेखि नै शोकमा डुबेर ११ वर्ष विधुर बसेका गाउँले काकाले फोन गरेका छन् - बिहे गर्न महिला खोजेर सहयोग गर्न सक्लास् केटा ? हरिवंश आचार्य र कृष्ण धराबासीको बिहेको खवरले उत्साह थप्यो होला।

कमनिस्ट नेतालाई सेतो कपालको पिर

हैन! कमनिस्ट नेताहरुलाई अझ त्यसमाथि पनि एकिकृत माओवादी नेतालाई सेतो कपालको कति पिर हो ? माउवादी नेता लेखराज भट्टपछि पार्टी प्रवक्ता दिनानाथ शर्माले नि कपाल रातै रङ्गाएछन्। घरको टिभी बिग्रेर कपाल रातो देखिएको हैन होला त...

Friday, July 6, 2012

प्रहरी व्युख्याँचा ?


सामाखुशी नजिकको खेतमा यो फोटो देखेदेखि मनमा एउटा कुरा खेलिराछ। प्रहरी पोशाकलाई वुख्याँचा बनाएर यिनले मान्छेलाई तर्साएको कि, चराचुरुङ्गी, जनावरलाई तर्साएको कि प्रहरीहरु वास्तवमा वुख्याँचा जस्तै भए भनेर प्रहरीलाई व्यङ्ग्य गरेको ?

Wednesday, July 4, 2012

सामान जति सब चिनीयाँ औपनिवेशवाद भारतको

ड्यास माउवादी कमरेडहरुले साह्रै भारतीय औपनिवेशवादको कुरा गरेपछि यसो आफूले प्रयोग गर्ने सामान हेरेको जीउ ढाक्ने कपडादेखि, बिहान उठेपछि गर्ने बुरुस, भान्साका राइसकुकुर, थर्मस, लसुन होस् कि अन्य कोठाका टिभी, फोन कार्यालयका कुर्ची, सोफा अनि राति सुत्ने ओछ्यान, ब्लाके‌ट, बोक्ने झोला, मोबाइल सबका सब चिनियाँ सामान पो रहेछन् त हउ। राजनीतिमा भारतीय औपनिवेश भए पनि आर्थिक औपनिवेश चिनतिर छ कि के हो कामरेड!

ठमेलको ठेला

गएको साता शुक्रबार दिउसो २ बजे कपनबाट नयाँबसपार्क आइपुगेको माइक्रोबसमा तपाईँले चिनेका कोही थिएनन् होला। मेरा भने कलेजका दुई साथी नारायण शर्मा र हरिकुमार ढकाल थिए।

शंकरदेव क्याम्पसमा बिबिएस पढ्दै गरेका हामी तीनमा धेरै कुरा मिल्दैन होला। तर चार कुरा भने एउटै रहेछ। उपत्यका बाहिरबाट काठमाडौं पढ्न आएका, साँझमा ठमेल कहिल्यै नघुमेका र अर्काको आम्दानीमा बाँचिरहेका। अनि काठमाडौ‍मा बाँच्नका लागि केही तत्काल सुरु गर्न पर्यो भन्ने हुटहुटी भएका।

Saturday, June 30, 2012

आफ्नो माग आँफैलाई राखिदियो भने

'जनयुद्ध' सुरु गर्नु अघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई अहिलेका प्रधानमन्त्री बाबुराम भट्टराईले बुझाएको ४० सुत्रीय मागको ३३ नम्बर बुँदा ‘मल, बीउ सस्तो र सुलभ हुनुपर्छ। किसानहरुलाई उत्पादनको उचित मूल्य र बजारको व्यवस्था गरिनुपर्छ।' क्या सजिलो हुन्छ है माग राख्न...

मल सहयोग माग्ने कि?

बाबुराम सर! 'चाहेजस्तो सहयोग दिन भारत तयार' भनेर भारतीय प्रधानमन्त्रीले यहाँलाई ब्राजिलमा भनेका छन् भनेर यहाँले उतै भन्नुभाथ्यो । अहिले तत्कालका लागि चाहिँ विकासे मल सहयोग माग्ने कि ? राष्ट्रपति, काँग्रेस, ड्यास माउवादीले सरकार ढाले पनि नढाले पनि किसान जति सडकाँ उत्रेर मलकै कारण यहाँको सरकार ढाल्ने पो हुन् कि जस्तो ला'र भनेको हुम्...

Friday, June 29, 2012

'जनयुद्ध'मा मर्नेहरु बढेको बढ्यै

कतिको ख्याल गर्नुभएको छ कुन्नि! माओवादी 'जनयुद्ध' मा मर्नेहरुको संख्या आजभोलि दिनदिनै बढ्याबढ्यै छ। पहिले १२ हजारको मृत्यु भन्थे, त्यसपछि १३/१४/१५/१६ हुँदै अहिले १७ हजार भन्दा धेरै नाघिसकेछ। थाहा छ नि किन यसरी किन मरेका मरै छन् भनेर, विद्रोहमा परेर मरेकाका आफन्तलाई सरकारलाई राहत दिंन्छ। त्यही पनि सुरुमा एक लाख हुँदै अहिले ३ लाख पुगिसक्यो। भविष्यमा पनि तिनका परिवारलाई अझ राहत रकम दिने भन्दै आइरहेको छ, माओवादी सरकार...। प्रचण्ड सरकारले सशस्त्र विद्रोहमा मरेका ७ हजार भन्दा धेरै विद्रोहीलाई शहीद घोषणा गरेको थियो। त्यसपछि माधव नेपाल सरकारले पनि विद्रोहका बेला मरेका अन्य दलका दुई हजार भन्दा धेरैलाई शहीद घोषणा गर्यो। शहीदलाई त दश लाख दिने चलनै छ नेपालमा, अहिलेसम्म तिनका परिवारले तीन लाख रुपैयाँ मात्र पाएका छन्। बिस्तारै 'जनयुद्ध'मा मरेकाहरुलाई दिने राहतसँगै त्यसमा मर्नेहरुको सख्या पनि बढ्दै जाला।

परशुराम बस्नेतले पत्रिकामा लगानि गर्ने

एउटा दैनिकको पूर्वाञ्चल संस्करणका लागि पर्शुराम बस्नेतले लगानी गर्ने समाचार आएपछि अब पत्रिका पनि डनका हातमा जाने भए भन्दैछन्। (पर्शुराम चिन्नुभो नि उनै विराटनगरका युथफोर्सवाला, नागरिक दैनिकका पत्रकार खिलानाढ ढकाललाई कुटपिट गरे भनेर समाचार खुब आयो नि एकताका)। मलाई चाहिँ अब हतियार भन्दा कलम बलियो रहेछ भनेर कोही कलमै पट्टि लाग्छ भने राम्रै हो नि भन्ने जस्तो लागेको छ, छन त तर पनि म अलि बढी नै सकारात्मक सोचतिर लागेंकी के हो..

Thursday, June 28, 2012

बाबुरामलाई कस कसले सल्लाह दिए

ब्रजिल जानुअघि दलहरुले सहमतीय उम्मेदवार ल्याए प्रधानमन्त्रीको पद छाड्ने भनेका बाबुराम भट्टराईले फर्केपछि 'अर्को निर्वाचित सरकार नआएसम्म यही सरकार रहन्छ' भने। ब्राजिलमा यिनले ककस्को सुझाव लिएछन् भनेर खोजिपस्दा पत्ता लाका नामहरु भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंह, टर्कीका प्रधानमन्त्री रिसेप तायिप एरडोगान, श्रीलङ्काका राष्ट्रपति महिन्दा राजपाक्ष, क्युबाका राष्ट्रपति राउल क्यास्ट्रो, नर्वेका प्रधानमन्त्री जेन्स स्टोल्टेन्बर्ग, पेरुका राष्ट्रपति ओलान्टा मिमला र अस्ट्रेलियाका प्रधानमन्त्री जुलिया गिलार्डल। यी मध्ये कसकसले के के सल्लाह दिए कुन्नि, प्रचण्डले नै भने पनि पद छाडिहाल्दा अनिष्ट आइहाल्छ भन्याछन्...

डन - पत्रिकाको नाम

परशुराम बस्नेतको लगानीमा पूर्वमा पत्रिका निस्कने रे भन्दा कसैकसैले 'डन' राख्नेहोला पत्रिकाको नाम भन्दै थिए। 'डन' नामको पत्रिका त पोखरामा निस्किसकेको रहेछ। लागनी चाहिँ कस्को छ त्यो भन्ने बुझ्न पाइएको छैन।