गएको साता शुक्रबार दिउसो २ बजे कपनबाट नयाँबसपार्क आइपुगेको माइक्रोबसमा तपाईँले चिनेका कोही थिएनन् होला। मेरा भने कलेजका दुई साथी नारायण शर्मा र हरिकुमार ढकाल थिए।
शंकरदेव क्याम्पसमा बिबिएस पढ्दै गरेका हामी तीनमा धेरै कुरा मिल्दैन होला। तर चार कुरा भने एउटै रहेछ। उपत्यका बाहिरबाट काठमाडौं पढ्न आएका, साँझमा ठमेल कहिल्यै नघुमेका र अर्काको आम्दानीमा बाँचिरहेका। अनि काठमाडौमा बाँच्नका लागि केही तत्काल सुरु गर्न पर्यो भन्ने हुटहुटी भएका।
नारायण र हरीकुमारले कपनबाट हिँड्ने बेलामा नै मलाई फोन गरेकाले हामीले धरान गरेको ठाउँ, रत्ननपार्कमा भेट भयो। पार्क भित्रै छिरेर केहीबेर गफ गरियो, घरी नजिकैको मधेशीले बेचेको चटपट खाँदै र घरी महिलाले बेचेका काँक्रो खाँदै।
करिब एक घन्टा जति हामी पार्कमै भुल्यौं। त्यहीँ हामीले फेरि निधो गर्यौं, अब जीवनमा केही गर्न पर्छ। अब पनि केही गर्न सकिएन भने एक वर्ष भित्रै तन्नामा सामान पोको पारेर गाउँ फर्कन पर्छ, जुन हामीले चाहन्नौं।
पार्कभित्र ठेलामा राखेको मःम पसल मजाले चलेको थियो। १५ दिन अगाडि यहाँ आउँदा ठेला मःम थिएन। 'हतेरिका' हामीले आफ्नै भाग खोसेर पसल गरे झैं त्यो पसलेलाई घुर्यौं ।
एउटाले मात्र केही हुँदैन अर्को पनि चल्ला भन्ने हाम्रो राय मिल्यो। मःम सँगै 'ससेज' पनि राख्न सकिन्थ्यो। पसलेको गतिविधि मजाले हेरियो। दिनमा सय प्लेट जति बेच्ने अनुमान हामीले गर्यौं। दुनामा मःम दिदोंरहेछ। पसलेसँग मन नलागी नलागी मैले सोधें, २५ रुपैयाँमा मःम बेच्ने उसले एउटा दुनालाई एक रुपैयाँ भन्दा कममा किन्दोरहेछ। यसो हिसाब गर्दा सरदर दिनको सातसय जति नाफा हुँदोरहेछ।
राजधानीमा केही गर्नलाई थुप्रै उपाय छन् तर हामीले ठेलावाला मःममा किन रुचि देखायौं भने धनकुटाका हरिकुमारले भर्खरै मात्र तीन महिने कुक तालिम सकेका हुन्। र, उनलाई मःम राम्रोसँग बनाउछु भन्ने विश्वास थियो। माल्दिभ्समा कुक काम गर्ने दाइको करले मात्र होइन आफ्नै रहले पनि हरिकुमारले तालिम लिएका थिए।
व्यवस्थापनका विद्यार्थी भएकाले ठेला पसल व्यवस्थित हुने नै भयो र हामी पैसा कमाउनका लागि सानोतिनो काम गर्न तयार छौं। रत्नंपार्क भन्दा त ठमेलमा पो ठेला राम्रो चल्ने हो कि। ठमेल रातिसम्म जागा हुन्छ भन्ने हामीले सँधैजसो काठमाडौंमा छापिने शनिबारको पत्रिकामा पढेका थियौं। खोइ किन हो, नेपाली पत्रकारहरुले ठमेलका रात्रि जीवनका बारेमा धेरै नै लेख्छन्।
रत्नकपार्कमा करिब एक घन्टाको अनुसन्धानबाट तीनै जनाले कम्तिमा १० / १० हजार रुपैयाँ उठाएमा ठेला पसल गर्न सकिने पक्का भइयो। चाहिने सामान भनेको ग्याँस, ठेला र मःम पकाउने भाँडा मात्र हो। "अब ठमेल सोझिने। पर्यो भने साँझ अबेलासम्म बसेर भए पनि ठेला पसलको निधो गर्नैपर्यो" हामीलाई लाग्यो।
ठेला पसल राख्नलाई के कानुनी प्रावधान छ र ठमेलमा कहाँ राखेर बेच्दा बढी विक्रि हुन्छ भन्ने अबको अनुसन्धानको विषय थियो। रातभर ठमेल मै वित्न सक्ने भएकाले घरमा खवर त गरिदिन पर्यो । म भान्दाइको घरमा बसेर पढेकाले डर मान्दै मान्दै फोन गरें। धन्न दाइ घरमा हुनुहँदोरहनेछ। भाउजुलाई त्यो रात साथीकामा बस्ने जानकारी गराएँ। दाइ भएका भए घर आउनैपर्ने जिद्दी गर्न सक्थे।
पाँच बजेतिर भोटाहिटी, असन हुँदै ठमेल छिरियो। ठमेल छिर्ने ज्याँठा चोकमा प्रहरी बीट रहेछ। प्रहरीलाई रातिमा आउने ठेला कति बेला आउँछन भनेर सोधियो। आठ बजेतिर आउने बताए। हामीले ठेला पसल गर्न कोसँग अनुमति लिन पर्ला भनेर उनैलाई सोधेम। नजिकै वडा कार्यालय देखाइदिदैं प्रहरीले त्यतै सोध्न इशारा गरे। साँझको साँढे ५ बजिसकेको थियो। कार्यालय बन्द रहेछ।
यसो टहल्दै थिएम। ६ बजे तिरबाटै मःम ठेलाहरु ठमेल छिरे। हरेक चोकमा एउटा/दुईटा ठेला हुने रहेछन्। कहीँ कहीँ त महिलाले पनि ठेलामा मःम बनाएर बेचेका देखियो। साँझ ढल्दै जाँदा सबैजसो चोकमा ठेला बढ्दै गए। एउटा दुईटा ठेलामा गहिरिएर हेर्दा खासै व्यापार भएको पनि देखिएन। हामी अलिक निरास हुँदै गइयो।
सजिलै व्यापार हुने भए, १०/१२ लाख रुपैयाँ खर्च गरेर केटाहरु किन विदेश जान्थे र। यो नहुने काममा किन ध्यान गएको होला भन्ने लाग्यो। मःम कुक हुने सपना बोकेको हरिकुमार बढी नै चिन्तित भयो मानौं हाम्रो पसल पुरा घाटामा चलिरहेछ।
नारायणले चाहिँ त्यसै हरेस खाइहालेन। बाबुले भारतमा जागिर खाएकाले उतै प्लस टु सम्म पढेर आएको उसले हामीलाई हौस्याउन छोडेन। "अनुभव नलिई के हरेस खाएको ?" राति आठ बजेकाले भोक पनि लागेर होला उसले बरु भात खाने प्रस्ताव राख्यो। त्यतिन्जेल त्यही २५ रुपैयाँ जतिको चटपट खाइयाथ्यो होला।
भात खानलाई ठमेलबाट निस्केर हिड्दै वीर अस्पतालतिर गइयो। महावौद्वमा गएर ५५ रुपैयाँ पर्ने दाल भात खाइयो। साधारण होटलमा खाना ठिकै थियो। ९ बजेतिर फेरि ठमेल तिर हिंडियो। कुक बन्ने हरिकुमार अझै निराशै थियो। असन चोक पुग्दा तीन जना मधेशीले ठेलामा लस्सी बेचेको देखेर छक्क परियो।
ठूला गिलासको २५ र सानो गिलासको १५ रुपैयाँमा उसको लस्सी भिडम भिड भएर चलिरहेको थियो। अब हाम्रो मन मःमबाट लस्सी तिर 'डाइभर्ट' भयो। ठमेलमा भन्दा असनमा पो ठेला मःम, रोटी, आलु पराठा पसल राम्रोसँग चलिरहेको छ।
यस्तैमा एउटा केटा (कपाल पालेको दादा भन्ने मिल्ने)ले प्रत्येक ठेलाबाट दुई दुई सय रुपैयाँ माग्दै हिडेको देखियो। एउटा ठेलावालाले दिन मानेनछ। त्यो केटाले हात हालेछ। सबै ठेलावाला मिलेर त्यो केटालाई समाते। हाम्रै आँखा अगाडि उनीहरुले त्यो केटालाई प्रहरीसमक्ष बुझाए।
निराश हरिकुमार साथै मलाई त डर पनि लाग्न थाल्यो। रातिमा व्यापार गर्नु त जोखिम पो हुँदोरहेछ। जोखिम नमोली कहाँ पैसा आउँछ र गम्दै फेरि ठमेल छिरियो। साँढे ९ बजेतिर हरेक जसो डान्स रेष्टुँरा, दोहोरीमा हामी गइयो। तीन जनालाई जाँड खान पुग्ने त पैसा पनि थिएन। यसो तीन चार मिनेट गेटमा उभिएर भित्रको हेर्यो अनि बाहिरियो।
डिस्को तिर गएर जुल्काइयो। त्यसबेला राति केटीहरु बथानका बथान डिस्को भित्र छिर्ने र निस्कने गर्दा झन् मन बिग्रियो। साला पैसा बिनाको जीवन के जीवन भन्ने हाम्रो कुराको विषय भयो। हामीसँगै क्याम्पस पढ्ने जस्ता उमेरका केटाहरु बाइकमा आउँदै राम्री केटीहरुसँग गफ गर्दै गरेका देखेर मनमा के के कल्पना आए आए। त्यो तपाईहरु धेरैले पनि त्यस्तै कल्पना गर्नुहुन्छ होला यहाँ लेखिरहन नपर्ला।
सबै जसो रेष्टुरेन्टमा भिड थियो। मानिसहरु पिइरहेका, खाइरहेका र नाचिरहेका थिए। पजेरो प्राडो जस्ता ठूला ठूला गाडीहरु ओहोर दोहर भइरहेको थियो। भौतारिदै भौतारिदैं केशरमहलबाट ठमेल छोडियो। ग्लोबल बैंक अगाडिको रेलिङमा आएर एकछिन बसियो। रातको साँढे १० बजिसकेकाले निन्द्रा लाग्न थाल्यो। त्यतातिर समलिङ्गी र तेस्रा लिङ्गी भनिनेहरुको रमिता देखियो। पत्रिकामा पढ्ने र टेलिभिजनमा देखे पनि आफ्नै आँखा अगाडि उनीहरुको गतिविधि हेर्दा रमाइलै लाग्यो।
केटाहरु आउने तिनलाई जिस्काउने र समाउने पनि गर्दा रहेछन्। ती केटा नै हुन् रे धेरैजसो तर रातिमा ठ्याक्कै केटी जस्तै मेकअप गरेर आएका थिए। अचम्म लाग्यो। यिनीहरुसँग के आकर्षण हुनेरहेछ।
यिनीहरुलाई ठूला ठूला मानिसले कारमा पनि लिएर जान्छन् रे तर हामीले त्यस्तो देखिएन। फेरि ठमेल तिर आइयो। दुई/तीन सय रुपैयाँको कोठा पाए त सुत्न हुन्थ्यो भने जस्तो लाग्यो। नयाँ नयाँ केटाहरु हामी उभिरहेका ठाउँमा आउँथे। कतिले केटी खोज्या हो भनेर सोधे।
तीन सय सम्मको कोठा पाइन्छ भनेर सोध्दा तिनीहरुले कोठा मिलाउ त नसक्ने बरु हजार, १५ सय रुपैयाँ तिरे केटी मिलाइदिने कुरा गरे। "जस्तो भन्यो त्यस्तै केटी पाइन्छ, केटी हेर्नोस् भन्दै जिद्दी गरिरहे। नारायणले हेर्ने मन पनि गर्यो तर म र हरिकुमारले मानेनम। पैसा पनि त हुनुपर्यो नि।
ठमेलबाट सपना तुहिसकेको हरिकुमारले नयाँ वसपार्क तिर ठेला पसल चल्ने हो कि भन्ने आशा ल्यायो। नारायणले नयाँ वसपार्क जाम भनेर अड्डी लियो। अब ठमेलतिरबाट नयाँ बसपार्कतिर सोझिने कुरा भए पनि रातिमा हामी बाटो अलमलियौं।
अगाडि समलिङ्गीको समूह थियो। बसपार्कको बाटो सोधेको उल्लाइरहे। तिनलाई छोडेर तिनभन्दा अगाडिका एउटा केटालाई सोधियो। उसले गल्कोपाखातिर देखाइदिदैं बाटो बताइदियो। बाटो देखाउँदा नम्र हुँदै उसले दोहोर्याइ तेहर्याइ बताइरहयो। हामीलाई भनेपछि उसले फोनमा कुरा गर्न थाल्यो। हामी उसले देखाएको गल्कोपाखा तिर लाग्यौं। गोगबुमा मनोज फुँयाल भन्ने साथी बस्थे। बसपार्कमा व्यापार बुझेर राति उतै सुत्नु पर्ला भन्ने लाग्यो।
करिब सय मिटर जति हामी हिडेका थियौं, केही कामदारहरु सडक खनिरहेका थिए। हामीलाई यिनले अवैधानिक काम त गरिरहेका होइनन् भन्ने लाग्यो। उनीहरुले पानीको लाइन सडक पार गर्न खनेको एक डेढ घन्टामा नै सडक जस्ताको तस्तै बनाउने बताए।
त्यहाँबाट सय मिटर जति अगाडि बढिएको थियो होला मलाई पछाडिबाट एकजनाले अँगालो हाल्यो। मैले त मनोज भन्ने साथी पनि ठमेल घुमेर हाम्रै पछाडि आइरहेको रहेछ भन्ने ठानें। नजिस्की भन्दा भन्दै अर्काको हातले मेरो आँखा छोप्यो। घेर घेर, समात समात भनेजस्तो सुनेपछि मैले लउ डाँकाका फेला परियो भन्ने बुझें।
भुइमा लडाउँदा लडाउँदै म जब्बरजस्ति फुत्किएर भागें। नारायण र हरिकुमारलाई पनि त्यसरी नै लडाइरहेका रहेछन्। म घरी घरी पछाडि हेर्दै भाँगे। ८/९ जना केटाहरु थिए होलान्। टुक्रा इट्टाले मलाइ हाने पनि मैले छलें।
दायाँ बायाँ हेरें। कतै खुला सटर भए भित्र पस्न र गुहार माग्न पाइन्थ्यो भन्ने लाग्यो। तर रातिको ११ बजेतिर कहाँ पसल खुला हुनु कहाँ कोही उद्दारक भेटिनु।
ती केटाहरुले साथीहरुलाई गल्लीतिर पिट्दै लगेको देखें। आफूले बल्ल ज्यान जोगाएर भागेको मैले केही गर्न सकिन। सामाखुशीतिरबाट एउटा ट्याक्सी आउँदै थियो। हात उठाएँ, रोक्यो। उसलाई घटना सुनाएर सहयोग मागें। ट्याक्सी ड्राइभरले मैलाई डाँका झै मानेर घुर्यो। आनकानी गर्दै उसले ती साथीहरु लगेतिर नजाने बरु प्रहरीकोमा पुर्याइदिने भयो।
ट्याक्सीले ठमेल छिर्ने अस्कल क्याम्पस नजिकको चोकमा लगिदियो। प्रहरी बीटमा गएर मैले घटना सुनाएँ। चार जना प्रहरी थिए। सायद सबैभन्दा ठूला भनेको हवल्दार हुँदा हुन्।
तिनीहरु मसँग साथी खोज्न जाने आँट गरेनन्। एक प्रहरीले मोबाइलबाट एक सय नम्बरमा डायल गर्नुस् भन्यो। मैले गर्दा फोन लाएन। एकजना प्रहरीले पनि एक सयमा डायल गरेर मेरो कुरा बताइदिए। ५ मिनेट भित्रै प्रहरी भ्यान आयो।
भ्यानमा प्रहरी असइ थिए। उनले मलाई भ्यानमा राखेर घटनास्थल तर्फ लगे। तर त्यहाँ कोही थिएनन्। पाँच सात मिनेट गल्ली घुमाइरहे। एकजना जड्याँ भेटियो। तिनलाई प्रहरीले आमा चकारी गाली गर्दै भ्यानमा कोचे। "साथीको घर यही हो। उनीसँग मेरो मोबाइल फोन छ" भन्दै ती जड्याँ कराइरहेका थिए। साथीको फोन नम्बर कति हो भन्दा उनले आफ्नो र साथीको मोबाइल नम्बर बताउन सकेनन्।
प्रहरी भ्यान म्हेपी तिर लाग्यो। त्यहाँ प्रहरी बिट रहेछ। बिट पुग्ने बेलामा १२ जति बज्याथ्यो होला। साथीहरु कतै नभेटिँदा मारे की भन्ने डर पनि लाग्यो। हात काट्यो होला भन्ने पिर। मनमा के के कुरा आउन थाले थाले।
त्यतिबेलै साथीहरु त रगत पिच्छे भएर प्रहरी भ्यान तिर आएको देखें। दुबै जना बाँचेका रहेछन्। ओ हो असाध्यै खुशी लाग्यो। भ्यान रोकेर तिनलाई पनि हालियो। उनीहरु मलाई देखेर झन् खुशी भए झैं गरे। मलाई ती लुटेराले मार्यो भन्ने उनीहरुलाई परेको रहेछ। म फुत्किएको उनीहरुले चाल पाएका रहेनछन्। केटाहरुको टाउका काट्दा पनि 'नर्मलै' जस्तो लाग्यो।
नारायणको त जुत्ता र जिन्स पाइन्ट पनि खोसेछन्। बिचरा कट्टुमात्र लगाएर लजाइरहेको थियो। खुब भकुर्याइ खाएछन् दुबै जनाले। जे जे छ लैजानोस् भन्दा पनि पिट्न छोडेनछन्। तीन चार जना डाँका मिलेर एकजनालई कुट्ने, इट्टाले हान्ने गरेछन्। भएभरको पैसा, मोबाइल सबै लुटेछन्। नारायणसँग हजार रुपैयाँ जति थियो रे। हरिकुमारसँग डेड दुइ सय रुपैयाँ रहेछ।
हरीकुमारलाई भन्दा नारायणलाई धेरै पिटेका रहेछन्। त्यस्को टाउकोबाट रगत बगिरहेको थियो। उनलाई म्हेपी बिटका प्रहरीले जाँगे दिए। खाली खुट्टा त्यही जाँगे भए पनि लगाएर उनी बसे। प्रहरीले भ्यानमा राखेर हामीलाई दुई चार वटा गल्ली डुलाए। कहाँ भेट्नु ती लुटेराहरु। प्रहरीले निकै कोशिष गरेका थिए। हरेक साइकल, मोटरसाइकल, माइक्रोबस रोक्दै हामीलाई यी हुन् लुटेरा भन्दै सोधेका थिए।
प्रहरीले १५ मिनेट जति घुमाएर ठमेलमा मनमोहन मेमोरियल अस्पताल लगेर छोडिदियो। त्यहाँ नर्सहरुले साथीका टाउका हेरेको त हरिकुमारको पो धेरै ठाउँमा काटेको र गहिरो घाउ भएको हुनसक्ने शंका तिनले गरे। टाउकाको भित्रीभाग सम्म चोट पुगेको हुनसक्छ भन्दै उनीहरुले सिटी स्क्यान गर्नुपर्ने सल्लाह दिए।
मसँग ६ सय रुपैयाँ जति थियो। करिब सय रुपैयाँ अस्पतालमा बुझाएँ। सिटी स्क्यान गर्न महाराजगन्ज शिक्षण अस्पताल जानुपर्ने भयो। घाइते साथीहरुसँगै मैले ट्याक्सी ड्राइभरसँग वार्गेनिङ गर्न थालें। ट्याक्सी ड्राइभरले तीन चार सय रुपैयाँ मागेपछि मैले त्यही रहेको प्रहरी भ्यानलाई महाराजगन्ज पुर्याइदिन भनें। प्रहरीले आफूहरु अन्यत्रै जान पर्ने भन्दै ट्याक्सी ड्राइभरलाई एक सय रुपैयाँमा नै अस्पताल पुर्याइदिन दबाब दिए।
शिक्षण अस्पताल आएपछि सिटी स्क्यान गर्न २२ सय रुपैयाँ लाग्ने थाहा लाग्यो। पैसा थिएन, पैसा नभएपछि स्क्यान हुन नसक्ने डाक्टरले बताए। हाम्रा घटना बिबरण सुनेपछि नाइट ड्युटीका प्रमुख चिकित्सक भोलिपल्ट बिहान रकम तिर्ने गरी सिटीस्क्यान गर्न राजी भए। हामी विद्यार्थी भएका र त्यसो नगरिए भोलिपल्टदेखि सडकमा विरोध हुनसक्ने भएकाले उनी राजी भएको हुनुपर्छ। मेरो विद्यार्थी परिचय पत्र चाहिँ अस्पतालले धरौटीमा राख्ने भयो।
राति ३ बजेतिर सिटी स्क्यान भयो। चार बजे रिपोर्ट आयो। जति चोट छन् सबै हड्डी बाहिरकै रहेछ। अप्रेसन गर्नुपर्ने केही देखिएन। टाँका लगाउनलाई औषधि किन्न पर्यो । करिब पाँच सय जतिको औषधि किन्न पैसा पुगेन। मैले अस्पताल कम्पाउन्ड भित्रैको औषधि पसलमा मोबाइल धरौटीमा राखें, बिहान ६ बजे भित्र पैसा तिरेर मोबाइल लिने सर्तमा। दाइहरुलाई खवर गर्न पनि डर लाग्यो। त्यसबेला राति झन् गाली खाने डर थियो।
दुबैको टाउकामा टाँका लगाउनु पर्यो। डाक्टरले हरिकुमारका १२ र नारायणकामा ४ वटा टाँका लगाइदिए। अन्यत्र ठूलो चोट कहीँ नलागेको थाहा भयो। बिहान पाँच बजेतिर मैले साथी देवेन्द्र उप्रेतीलाई फोन गरेँ। उ एक हजार रुपैयाँ र एकजोर सर्ट, पाइन्ट, चप्पल लिएर साँढे ६ बजेतिर अस्पताल आइपुग्यो। मेरो मोबाइल फिर्ता लिइयो। हरिकुमारका कपन बस्ने दाइलाई फोन गरियो।हिड्दा हिड्दै चिप्लिएर लडेकाले टाउकोमा चोट लागेको भनेर ढाँटियो।
दाइ दिनेश ढकाल आएर सबै पैसा तिरिदिए। औषधि पनि किनिदिए। बिचरा हरिकुमार डराइरहे पनि दाजुले उति विघ्न गाली गरेनन्। हाम्रो अगाडि भएर होला। डेरा पुगेपछि कति गाली खायो होला। रातभरको अनिदोले चुर्लुम्म डुबेको म साथीहरुलाई छोड्न कपन गएँ। घर आइपुग्दा मध्यान्ह १२ बजेको थियो। भोलिपल्ट सोर्हुखुट्टे प्रहरी कार्यालयमा गएर पाँच रुपैयाँको टिकट टाँसेर निवेदन दिएँ। प्रहरीले फोन गर्छौं भनेका थिए तर अहिलेसम्म फोन आएको छैन।
साथीहरुसँग पनि यसबीच एकपटक मात्र भेट भयो। टाँका काट्न आएका दिन। एक अर्कालाई हेरेर हामी हास्यौं। ठमेलको ठेला सपना पुरा होला/नहोला तर अहिले भने हामी तीनै जना दशैंमा घर जाने र त्यो रातलाई एउटा नमिठो सपना मानेर भुल्ने प्रयासमा छौं।
गत साता बुबाको कानको अपरेसनपछि हरेक रात शिक्षण अस्पताल महाराजगन्जमा बस्नुपर्थ्यो। अस्पतालमा भेटिएका हुन् यी 'म' पात्र पोखराका वर्ष २२ का रमेश खरेल।
(August 21, 2009 मा http://archives.nagariknews.com/2010/blog/a-a-a-a-a-a-a-a-a-a--4210.html?blogger=deepak मा छापिएको यो लेख आफ्नो ब्लगमा पनि संकलन गरिराखेको हो )

No comments:
Post a Comment
Please leave your comment here