Saturday, July 30, 2011

बिहारको सुशासनमा सूचना प्रविधिको प्रयोग

नेपालसँग सिमाना जोडिएको बिहारको प्रगति र विकासका बारेमा आजभोलि नेपाली पत्रपत्रिकामा थुप्रै लेख पढ्न पाइन्छ। अझ आजभोलि राजधानीका होटलहरुमा हुने गोष्ठीमा गयो भने बुद्धिजिवी टाठाबाठाहरुको थेगो नै भइसकेको छ- नेताले चाहेमा धेरै परिवर्तन गर्न सक्छन्, हिजोको बिहार कस्तो थियो।  नितिशकुमार मुख्यमन्त्री भएपछि कस्तो भयो।

अस्पताल जीन्दगी


मानिसहरु अस्पतालमा जन्मिन्छन्। बिरामी पर्दा बेलाबेलामा अस्पतालमा जान्छन् र मर्न वा मरेको घोषणा हुन पनि अस्पताल नै पुग्छन्। बेलाबेलामा अस्पतालले छुट्टि दिन्छ, त्यो बेलामा मानिसहरु के मात्र गर्दैनन्। केही वर्ष र महिना अस्पतालले छुट्टी दिनासाथ मानिसले बाहिर आएर उपद्रो गर्न सुरु गरिहाल्छ।

Friday, July 29, 2011

बसको पछाडि

 
झम्सिखेल ललितपुरस्थित कार्यालय नजिक शुक्रबार मध्यान्ह गुडेको एउटा बस पछाडीको साहित्य हो  यो। बसमा स्कुले विद्यार्थीहरु मात्र थिए र बसको अगाडि स्कूल बस लेखेको थियो। 

Wednesday, July 27, 2011

ओखती फ्याक्ट्री बन्द / चुरोट फ्याक्ट्री खोल

कस्तो छ यार यो देशमा संसदीय समिति पनि, अब ४ वर्षदेखि बन्द रहेको ओखती बनाउने सरकारी कम्पनी नेपाल औषधि लिमिटेडलाई खोल्न केही भन्दैन/गर्दैन। सरकारी नै चुरोट बनाउने जनकपुर चुरोट कारखानालाई भने संचालनमा ल्याउन उद्योग मन्त्रालयलाई निर्देशन दिएछ। उता सरकार रक्सीमा कर घटाउने, जुसमा बढाउने, यता संसद ओखती फ्याक्ट्री बन्द गरिराख्ने, चुरोट फ्याक्टी चलाउन भन्ने के हो यो देशको चाला। वैंशमै मार्छन् कि के हो सरकार र सांसद मिलेर ? (हास्नुपर्ने कारण धेरै छन् हा हा हा...)

फटाहालाई पनि गाह्रो भा हो र

५/७ वर्ष मै २० करोड जति सम्पति जोडेका, ट्याक्स सायदै २/४ हजार भन्दा धेरै तिरका र  मैले पनि नजिकबाट चिनेका एक जना (फटाहा! अदातलते प्रमाणित नगरे पनि मेरो मनले प्रमाणित गरेको)  दाइले भनेका - नेपालमा बस्न नसकिने भो भाइ बुझ्नुभो, जम्मै फट्याइ मात्र छ जहाँ पनि। हैन फटाहालाई नि असजिलो हुन थाल्या हो र नेपालमा। (हास्नुपर्ने कारण धेरै छन् हा हा हा...)

कपालमा व्हिस्की दल्ने ?

एकजना साथीले सुनाएका महिला सुन्दरता सम्बन्धि रेडियो कार्यक्रममा सञ्चालिकाले एउटा एफएममा भनिन् रे- तेल लगाए झैं कपालमा व्हिस्की दल्नुहोस्। कपालको जरासम्म व्हिस्की दलेमा कपाल दह्रो हुन्छ। व्हिस्कीले तपाइको कपाललाई मुलायम र रेसमी पनि बनाउँछ। (हास्नुपर्ने कारण धेरै छन् हा हा हा...)

Tuesday, July 26, 2011

प्रधानमन्त्री र प्रचण्डको दिक्क लाग्दो फोटो


प्रधानमन्त्री कार्यालयले उपलब्ध गराएको प्रम झलनाथ खनाल र माओवादी अध्यक्ष प्रचण्डको तस्विर
हाम्रो देशका अहिलेका सबैभन्दा ठूला दुई राजनीतिक खेलाडीको कस्तो निरस, उत्साहबिहिन फोटो हो यो !  प्रधानमन्त्री झलनाथ खनालको यस्तो रुन्चे दिकदारीको भाव अनुहारमा भएको फोटो त मैले अन्त कतै देख्या जस्तो लाग्दैन। अब प्रधानमन्त्री कार्यालयले नै उपलब्ध गराएको फोटोमा यस्तो छ। खिचेका मध्ये सबैभन्दा राम्रो फोटो भनेर मिडियालाई दिएको होला। अरु फोटा झन् कस्ता हुँदाहुन् ...

Monday, July 25, 2011

थकाली भान्साघरमा खोई त थकाली ?

'थकाली'हरुले त कपिराइट लगाउन संघर्ष नगरी नहुने भएको रहेछ नि यो देशमा। शुक्रबार बिहान काठमाडौं बाहिरबाट काठमाडौंसम्म थकालीकहाँ खाना खाने भन्दै ४ वटा जति थकाली लेखेको भान्छा घरमा गइयो। कहीँ 'डन'हरुले चलाएको थकाली रहेछ, कहिँ बाहुनले चलाएको थकाली भेटियो। थकालीहरुले 'थकाली भान्छा घर' लेखेकाहरुसँग थकालीको प्रमाणपत्र माग्दिउन्, हामी उपभोक्ता नठगिउम्...

Saturday, July 23, 2011

माओवादी शिविरका ती दुई बालक


अँग्रेजी स्कुलबाट फर्केका बालबालिकाबीच टाइ लगाएर नाचिरहेका दिपेश घिमिरे पृष्ठभुमिमा शक्तिखोर ब्यारेक 

अखिल क्रान्तिकारीले एकिकृत माओवादीका नेताका छोराछोरीहरुलाई बोर्डिङ स्कूलबाट निकालेर सरकारी स्कूलमा पढाउने अभियान चलाइरहेका बेला दुई वर्ष अगाडि चितवनको शक्तिखोर जाँदा देखेको एउटा पाटोको सम्झना आयो।

शक्तिखोरमा माओवादी छापामारसँग एकदिन बिताउँदा भेटिएका दुई पात्र हुन्, बनेपाका दिपेश घिमिरे र प्युठानका ललित वि.क.। दुवैजना छापामार शिविरमा बस्दथे। बिहान सँगै खाने र खेल्ने भए पनि विद्यालय जाने बेलामा भने यी दुईमा भिन्नता थियो। दिपेश टाइ र पोलिस लगाएको कालो जुत्ता लगाएर अँग्रेजी बोर्डिङ स्कूल जान्थे भने ललितलाई स्कूल जान टाइ र जुत्ता चाहिदैनथ्यो।

मन्त्री दिन्छु भनेर आफ्नो पक्षमा ?

नारायणकाजीको दिन आरैछ भनिरहेछन्-कहिले प्रचण्डले तान्याछन् उपप्रधान र गृह मन्त्रालय दिन्छु भन्याछन्। कहिले बाबुराम-वैद्यले तान्याछन् उता गए भर छैन हामीले सिपी गजुरेललाई अगाडि सारेर अत्तो थाप्छम्, हामीसँग बस्यौ भने उप र गृहमन्त्री पक्का भन्याछन्। तर मलाई काजीलाई यतै तानी उतै तानी हिस्स पार्छन् जस्तो लाछ। हुन त आफ्नातिर बहुमत पुर्‍याउन बाबुरामले नै काजीलाई मन्त्री दिन थालेसी राजनीतिमा इमान त कोसँग रह्यो र...

होमवर्क नसक्ने माओवादी नेताहरू

खाली, गृहकार्य नसकेर माओवादीको मिटिङ सर्यासरै गरेको सम्चार आकोआई गरेको बेला लेख्या है। कता केटाकेटीले पनि त्यो सुनेर - बेलाँ होमवर्क नसकेका माओवादी नेताहरुले जे गरे पनि हुने, तिनीहरुलाई कसैले केही भन्दैन। हाम्लाई भने होमवर्क नगरेको भनेर कति कराको' भनेर डाइलग मार्छन् कि भनेर लुकेर टिभी रेडियो सुन्न थाल्याछु म त। बिचरा माओवादी नेताहरुले झन् भुराहरुलाई बेलाँ होमवर्क गर भन्दा तिनका छोराछोरीले के जवाफ देलान्... (हास्नुपर्ने कारण धेरै छन् हा हा हा...)

माओवादी बैठकपछि आउने वक्तव्य

माओवादीको बैठकमा सबैको ध्यान गएको देखेर पनि दिक्क लागिसक्यो। माओवादीको बैठकले गर्दा माओवादी पार्टी नै फुट्थ्यो भने झैं गरेर कोही दुःखी हुने र कोही खुशी हुने देखेर दिक्क लागिसक्यो। केन्द्रीय समितिको बैठकबाट पनि हुने केही होइन। बैठकपछि आउने वक्त्व्य आफूलाई त थाहा भइसकेको स्थिति छ।