प्रधानमन्त्री कार्यालयले उपलब्ध गराएको प्रम झलनाथ खनाल र माओवादी अध्यक्ष प्रचण्डको तस्विर |
यो फोटोबाट पनि ती दुईबीचको संवाद कस्तो थियो होला भनेर अनुमान गर्न सकिन्छ। हुन त एउटै भेट, कार्यक्रमको पनि विभिन्न भावभङ्गीका फोटो खिच्न सकिन्छ। ती मध्ये कुन बेलाको फोटो पत्रपत्रत्रिका टिभीमा आउँछन् भन्ने कुरा पनि हुन्छ। मिडियाले समाचारको विषयवस्तु हेरेर उत्साह, निरश, खुशी, आक्रामकताको फोटोहरु प्रयोग गर्छन्।
कहिलेकाहीँ नेपाली मिडियाले प्रयोग गर्ने फोटोलाई लिएर नेताहरुले दुखेसो गरेको पनि मैले सुनेको छु। एकताका घटना र विचार भन्ने पत्रिकाले माधव नेपालको चार्ली च्याप्लिनको जस्तो जुँगा भएको र ठूलो फ्रेम भाको चश्मा लगाएको फोटो मात्र प्रयोग गरेपछि नेपालले दुखेसो व्यक्त गरेका थिए।
राष्ट्रप्रमुख, देशका राष्ट्रपति, प्रधानमन्त्री, कलाकार, खेलाडी, व्यापारीहरुका फोटाले पनि पाठकमा उत्साह भर्ने र घटाउने काम गर्छन्। त्यसैले सरकारी स्तरबाट मिडियालाई उपलब्ध गराइने फोटोमा प्रधानमन्त्री कार्यालयले मात्र होइन अरु सरकारी कार्यालयले पनि ध्यान दिओस्। कम्तिमा नेताका फोटो हेर्दा उत्साह भरियोस् न।
दोस्रो विश्वयुद्धका बेला अमेरिकाका ३२ औं राष्ट्रपति फ्य्राङ्कलिन रुजबेल्ट पोलियो रोगबाट ग्रसित थिए। व्हिलचियरमा मात्र हिड्ने र समातेर उठाउनुपर्ने उनको पुरा तस्बिर पत्रिकामा छाप्दा विश्वयुद्ध लडेका अमेरिकीमा उत्साह मर्ला र विपक्षीमा उत्साह बढ्ला भनेर युद्धअवधिभर कहिल्यै पनि उनको पूर्णकदको फोटो छापिएन रे। त्यो बेलामा पनि सरकारी अधिकारीहरु, सञ्चारकर्मीहरु फोटोमा त्यतिधेरै संवेदनशील थिएर पो त्यो देशको नागरिकमा उत्साह भरिएको थियो होला।
सरकारी तबरबाट उपलब्ध गराउने विदेशका राष्ट्रप्रमुखहरुको फोटो हेर्नुहोस् त कस्ता हुन्छन्। बाराक ओवामा, भ्लादिमिर पुटिन, निकोलस सार्कोजीहरुका फोटा मात्र हेर्दा पनि उमंग भरिएर आउँछ। हाम्रा चाहिँ नेताका फोटा हेर्यो भने आएको जाँगर पनि मरेर जान्छ।
jagar maryo pheri pani yo pic le
ReplyDelete